काठमाडौं — एक ताका झ्याम्म... झ्याम्म गाएर चर्चित बनेको पोखरेली पप ब्याण्ड डिमोर्चा आधा दशकपछि फेरि फर्केको छ। केही ब्याण्ड सदस्यहरु विदेश पलायन र कोही अन्य पेशातिर लागेपछि एक्लिएका भाष्करध्वज श्रेष्ठले फेरि ब्याण्डलाई सक्रिय पारेका हुन्।
टोली पुनर्निर्माण गरी ६ बर्षपछि डिमोर्चाले 'कोही छ किन्ने 'एल्बम ल्याएको छ। ब्याण्डका नयाँ सदस्यहरुमा बेष्ट गिटारमा बुद्धि थापा, गिटारमा दिनेश विक, अनिल गुरुङ, ड्रममा जोनी तामाङ रहेका छन् भने श्रेष्ठ भोकलिष्ट हुन्। यो नयाँ एल्वममा ७ वटा कमेडी गीत छन् भने झ्याम्मै चौतारी बोलको गीतको म्युजिक भिडियो आइसकेको छ। अन्य गीतको म्युजिक भिडियो ल्याउने तयारी भैरहेको श्रेष्ठले नागरिकन्युजलाई बताए।
'कुनै समय पोखरामा टोलै पिच्छे पप ब्याण्डहरु थिए। तर आज ती सबै सेलाएका छन्। पोखराको सांगीक माहोललाई पुनर्रताजगी दिन हामी फेरि आएका हौं,' भाष्करले भने।
तारा खास्यौली, झ्याम्म झ्याम्म, खैलाबैला भो, एक दुई तीन जस्ता गीतले एक समय डिमोर्चा चर्चित थियो। एल्बमका साथ साथै लाइभ कन्सर्ट पनि यो सांगीतिक ब्याण्डको अर्को विशेषता हो। कमेडी र रमाइला गीतका लागि पहिचान बनाएको डिमोर्चाले फेरी पोखरामा लाइभ कन्सर्टको तयारी गरिरहेको जानकारी श्रेष्ठले दिए।
'एउटा समय त्यस्तो पनि थियो पप संगीतको राजधानी भनेको पोखरानै हो। अहिले त्यो छाप मेटिन खोज्दैछ भाष्करले भने– 'अब हामी पोखराको पुरानो पहिचानलाई अस्तित्वमा ल्याउने पहलमा लागेका छौं।
नेपथ्यका अमृत गुरुङ काठमाडौं बाटै निरन्तर सांगीतिक अभियानमा छन्। 'बस सुन्दरी' जस्तो लोक प्रिय गीत ल्याउने ब्रोसीस ब्याण्ड पनि सेलाएको छ। कन्दराका बिविक श्रेष्ठ बेलायत पुगे पछि यो ब्याण्ड पनि मौन रह्यो। देउराली, मध्यान्त, परिवेस, स्काई जस्ता चर्चित गीत ल्याउने पप ब्याण्ड अहिले निस्त्रीय नै छन्। लेकाली ब्याण्ड भने पुन जुर्रमुराउने प्रयासमा छ।