प्राण तोडेर गइसकेको दाजुलाई
आमाले तेल घसीघसी बनाइदिएको हातले
कसरी भिरिदिऊँ घाँटीमा सयपत्री फूलको माला
प्राण तोडेर गइसकेको दाजुलाई
मुटुभरि प्यार बोकेर
आँसुमा डुबेर
भाँचिएको हात र ढुङ्गाले खोपिएको अनुहार हेर्न
र हात सुमसुम्याउन म कसरी जाऊँ
म कसरी जाऊँ दाजुको सामु
आँखा बन्द भएको हेर्न र शरीर सुन्निएको हेर्न
दाजुले प्राण तोडेर गइसक्नुभएको छ
१२ बजेको रातमा बाकसभित्र ल्याएको दाजुलार्ई हेर्न
म कुन बेला जाऊँ, कतिबेला जाऊँ
ब्लडले अनुहार रातै छ म कसरी देखूँ
दाजुका उज्याला र चम्किला अनुहार
आज दाजुले हामीलाई छोडेर जानुभएको छ
दाजु त हिँडेर होइन
गाडीमा होइन
बाकसभित्र पो आउनुभएको छ
प्राण तोडेर गइसकेको दाजुलाई
आमाले तेल घसीघसी बनाइदिएको हातले
खेै कसरी भिरिदिऊँ घाँटीमा
सयपत्री फूलको माला !
आमाले तेल घसीघसी बनाइदिएको हातले
कसरी भिरिदिऊँ घाँटीमा सयपत्री फूलको माला
प्राण तोडेर गइसकेको दाजुलाई
मुटुभरि प्यार बोकेर
आँसुमा डुबेर
भाँचिएको हात र ढुङ्गाले खोपिएको अनुहार हेर्न
र हात सुमसुम्याउन म कसरी जाऊँ
म कसरी जाऊँ दाजुको सामु
आँखा बन्द भएको हेर्न र शरीर सुन्निएको हेर्न
दाजुले प्राण तोडेर गइसक्नुभएको छ
१२ बजेको रातमा बाकसभित्र ल्याएको दाजुलार्ई हेर्न
म कुन बेला जाऊँ, कतिबेला जाऊँ
ब्लडले अनुहार रातै छ म कसरी देखूँ
दाजुका उज्याला र चम्किला अनुहार
आज दाजुले हामीलाई छोडेर जानुभएको छ
दाजु त हिँडेर होइन
गाडीमा होइन
बाकसभित्र पो आउनुभएको छ
प्राण तोडेर गइसकेको दाजुलाई
आमाले तेल घसीघसी बनाइदिएको हातले
खेै कसरी भिरिदिऊँ घाँटीमा
सयपत्री फूलको माला !