मेरो देश
२२ फागुन २०७७
•
१ मिनेट पाठ
मेरो देश
मेरो देश नेपाल  




उत्तरमा छ हिमाल  

मेरो नेपाल हिमालको काखमा  

हरियो छ डाँडा र पाखामा  

नेपालीकी छोरी म  

नेपाल मेरो देश  

धेरै पढीलेखी गर्नु छ

देशको विकास

नेपालका सन्तत्ति  

सानासाना नानी

नेपाललाई माया गर्ने

बसालौँ है बानी ।
अर्को समाचार
यो निर्वाचन देश बचाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हो: महासचिव पोखरेल
०९ माघ २०८२
•
२ मिनेट पाठ
यो निर्वाचन देश बचाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा हो: महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ‘देश जलाउने र देश बचाउने शक्तिबीचको प्रतिस्पर्धा’का रूपमा चित्रण गर्दै युवाहरूलाई देश बचाउने शक्तिको पक्षमा उभिन आग्रह गरेका छन् ।




राष्ट्रिय युवा संघ नेपाल दाङले घोराहीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै दाङ क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेलले पछिल्ला दिनमा बढ्दो लोकप्रियतावाद (पपुलारिजम) ले देशलाई दुर्घटनातर्फ धकेलिरहेको दाबी गरे ।  

उनले समाजलाई विग्रह र विभाजनतर्फ लैजाने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत र संगठित हुन युवालाई आह्वान गरे । ‘यो निर्वाचनलाई समान्य रुपमा लिनु हुँदैन । निर्वाचन मुलुकका लागि अत्यन्तै महत्वपूर्ण छ । निर्वाचन देश जलाउने र देश बचाउने शक्तिबीचको प्रतिस्पर्धा हो’, महासचिव पोखरेलले भने, ‘तपाईँ युवाहरूको काँधमा देश बचाउने जिम्मेवारी रहेको छ । इतिहासले सुम्पिएको यो जिम्मेवारी बहन गर्दै आशन्न निर्वाचनमा देश बचाउने शक्ति नेकपा एमालेको पक्षमा उभिन म युवा साथीहरुलाई आग्रह गर्दछु ।’

पोखरेलले षड्यन्त्रलाई चिरेर मुलुकको रक्षा गर्ने जिम्मेवारी एमालेको रहेको उल्लेख गर्दै समाजलाई विभाजन गर्नु भनेको राष्ट्रलाई कमजोर बनाउनु भएको बताए । ‘अराजकता र पपुलारिजमबीचको यो प्रतिस्पर्धामा राष्ट्रहितका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्छ,’ उनले भने ।

लोकप्रियतावाद लोकतन्त्रको विकल्प नभई अराजकतावादतर्फ धकेल्ने खतरा रहेको उल्लेख गर्दै उनले अहिले पुरानो र नयाँ पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गरी समाज र देशलाई विभाजन गर्ने प्रयास भइरहेको बताए ।  

‘नेपाली समाज सधैं पुस्तागत सहकार्यबाट अघि बढेको हो’, उनले भने, ‘विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताले मात्रै समृद्धिको बाटो खोल्छ ।’

महासचिव पोखरेलले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भइरहेका षड्यन्त्रविरुद्ध देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । साथै लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी शासनमाथि चुनौती बढ्दै गएको उल्लेख गर्दै राज्यलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरे । युवा संघ दाङका अध्यक्ष विवेक योगीको अध्यक्षतामा भएको भेलाको सहजीकरण प्रदेश इञ्चार्ज देवु बस्नेतले गरेका थिए ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस