जनता र राष्ट्र
२४ फागुन २०७७
•
२ मिनेट पाठ
जनता र राष्ट्र
उच्च अध्ययन गर्न धेरै देशमा प्रयास गरिरहेका थिए रामकुमारले।  बुबालाई ‘चिता नगर्नुस बुबा । म जसरी पनि खर्च पुरयाउँछु ’ भन्दथे ।  उनी निम्न मध्यम परिवारको जेठो छोरा थिए । उनको   भाइ र  कान्छी बैनी थिए । बुबाको हैसियत बुझेको उनले सकेसम्म टियुसन पढाएर भए पनि आफ्नो पढाइ खर्च आफै जुटाउँदै आएका थिए । भाइ हरिकुमार पनि दाइबाट प्रभावित  थिए । उनी ‘दाइ मेरो पनि म आफै  खर्च जुटाउँछु ’ भन्दै प्रयत्नरत तिर  ।न उनीहरू  मिलेर बैनीको शिक्षादीक्षाको जिम्मा पनि लिएका हुनाले बुबा सन्तुष्ट थिए ।




अमेरिकामा छात्रवृत्ति  पाएर रामकुमार त्यता र भाइ  क्यानाडातिर लागे । विदेश पसेका दुवै भाइले आमाबुबा र बैनीलाई कुनै कुराको अभाव हुन दिएनन्  । आलोपालो जन्मभूमि  आउजाउ गरिरहन्थे। बुबाआमालाई सुविधा सम्पन्न घर बनाएका थिए।  केही वर्षअघि आएको महाभूकम्पले बुबाआमाको घर भत्त्कियो । फोनमा ‘बुबा सुर्ता नलिनुस् ।  हामी दुवै भाइ आउँदै छौ’ भनेर उनीहरू  बेलैमा पुगे पनि । गएर बस्ने ठाउँको व्यवस्था  गरिदिए ।

सर्वत्र देशभरिका जनताले रोग,   भोग, अभाव  र व्याध खप्नुपर्यो । संसारभरिबाट राहतको सहयोग आए पनि त्यो पीडित  जनतासम्म पुग्न सकेन । बर्सौ भैसक्दा पनि भूकम्पले सर्वसाधारणको  पुरयाएको क्षतिको पुनर्निर्माण  हुन सकेको छैन । रामकुमारका दाजुभाइले बुबाआमालाई  त्यसबेला पनि लागि केही कुराको अभाव हुन दिएनन्  । भत्किएको घरको पुननिर्मामाण गरे ।

यो पटक सात समुन्द्रपारि  अमेरिकाको टेक्सस भन्ने राज्यको एउटा शहरमा  स्थायी रूपले त्यहीको नागरिक भएर बसेको रामकुमारलाई  त्यस्तै प्राकृतिक प्रकोपको सिकार बन्न पर्यो । टेक्सस राज्य जहाँ  सधै जसो गर्मी हुन्छ । हिउँ  पर्दै पर्दैन ।तर  अविश्वसनीय रूपले  बाक्लो  हिउँ  परेर , शून्य डिग्री ताप हुन पुग्यो  ।  यस्तो प्रकोपको सामना नगरेको राज्यप्रशासन सयौं घन्टासम्म पनि  जनतालाई बिजुली बत्तीको सप्लाई दिन असमर्थ भयो ।धाराको पाइपहरू बरफद्वारा थिचिएर वितरण बन्द भयो ।  जाडो र हिउँले पसलहरू पूरा समय खुलेनन् ।

सहयोगी हातहरूले टोलटोलमा हिउँ र जाडोको पर्वाह नगरीकन  खानेकुरा ,पानी वितरण गर्न थाले ।हिउँको थुप्रोले थिचेर ,हिमहावाले बजारेर धेरै घर भत्किए भने रुखले थिचेर र जाडोले कठाङ्गिएर धनजनको  नाश भयो ।  एकजना  नातेदार अर्को शहरमा त्यही प्रकोपको  सिकार बनेको खबर पाएर रामकुमार त्यता गएका बेला घरमा  सबै  धारा खुला रहेछन् । पानी आएपछि रातभरि सबै धाराबाट  पानी बगेर उनको पूरै  घर जलमग्न भएर  घर बस्न अयोग्य ,पूरा मर्मत गर्नुपर्ने भयो । सम्बधित  निकायबाट मान्छे निरीक्षण गर्न आयो।बिग्रेको घरको निरीक्षणपछि निशुल्क पूरा मर्मतका लागि दुई हप्ता समय र त्यो समय  निशुल्क  बस्नको लागि  केटाकेटी सहित उनीहरूको अनलाइन स्कुल , अफिसको काम गर्न सुविधायुक्त्त  होटेलको परिचयपत्र  जनतामाथि रास्ट्रको दायित्व पूरा गर्दै रामकुमारको हातमा थमाइदियो ।  
अर्को समाचार
राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति नेपालको प्राथमिकता: प्रधानमन्त्री
११ असार २०७८
•
६ मिनेट पाठ
राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति नेपालको प्राथमिकता: प्रधानमन्त्री
नेपाल सरकारले राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति, समृद्धि र विकासलाई नै त्यसले विशेष जोड दिएको बताएका छन्।




परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सम्पादन एवं प्रकाशन गरेका चारवटा पुस्तक आज यहाँ विमोचन गर्दै उनले समानता, पारस्परिक लाभ र सम्मानका आधारमा स्पष्ट मार्गचित्रका साथ वर्तमान सरकारले बाह्य सम्बन्ध विस्तार गरिरहेको बताए। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको तथा त्यसै अनुरूप काम गरिरहेको पनि उनले बताए।

मानव अधिकारको संरक्षण एवं प्रवद्र्धन, गरिबी, भोकमरी र जलवायु परिवर्तनका असर घटाउने, महामारी, आतङ्कवाद नियन्त्रण तथा विधिमा आधारित न्यायपूर्ण, समावेशी र निष्पक्ष विश्वव्यवस्था निर्माणका लागि सहकार्य, क्षेत्रीय सहयोग, शान्ति र सहकार्य प्रवद्र्धनलाई नै नेपालले परराष्ट्र नीतिको गन्तव्य बनाएको उनको कथन थियो।

“नेपालको राष्ट्रिय हित र स्वार्थलाई सर्वोपरि राखेर बाह्य सम्बन्ध विस्तारलाई हामीले प्राथमिकता दिएका छौँ, नेपाल र नेपालीको उन्नयन, छिमेक सम्बन्धको सुदृढीकरण, सहकार्य, संवाद र साझेदारीबाट असमझदारीको अन्त्य गर्ने हाम्रो चाहना हो”, भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने तथा एउटाका विरुद्ध अर्को ‘कार्ड’ प्रयोग गर्ने नेपालको नीति कहिल्यै नरहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले भने। ‘वसुधैव कुटुम्बकम्’ अर्थात् धर्ती नै परिवार हो भन्ने मान्यताका साथ देशको परराष्ट्र नीति सञ्चालन भएको र त्यसले सामाजिकता, सहअस्तित्व, समन्वय, प्रेम र सद्भावलाई आत्मसात गरेको बताउँदै उनले कसैसँग वैरभाव नराख्ने तथा सबैसँग मैत्री कायम गर्ने सरकारको नीति दोहोर्‍याए।

“वसुधैव कुटुम्बकम्को ऐतिहासिक मान्यतालाई राष्ट्रिय हितमात्र होइन, सार्वभौम समानता, न्याय र अन्तरराष्ट्रिय उत्तरदायित्वसँग पनि जोडिनुपर्छ। सबै सानाठूला सबै राष्ट्रका लागि विश्वमा शान्ति कायम गर्ने र साझा समृद्धिका लागि प्रयास केन्द्रित गर्नुपर्छ”, मानवजातिको कल्याण, विश्वशान्ति र आमविनाशका हातहतियारहित विश्वको पक्षमा नेपाल रहेको अभिमत प्रकट गर्दै प्रधानमन्त्री ओलीले भने। आणविक हातहतियारसहित सबै किसिमका शस्त्रास्त्रको निर्माण, सङ्कलन र सङ्ग्रहको विपक्षमा नेपाल रहेको उनले स्पष्ट गरे।

नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने स्थिति बन्नुपर्छ भन्ने नेपालको मान्यता मुखरित गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन त्यसलाई पुनःपरिभाषित एवं पुनःरचना गर्ने मनसायले नै दुवै देशका प्रधानमन्त्रीले इपिजी गठन गरी प्रतिवेदन तयारीको जिम्मेवारी दिइएको बताए।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिथिल र गतिहीन बनेकामा चिन्ता व्यक्त गर्दै उनले त्यसलाई पुनर्जीवन दिन पारदर्शीरूपमा परामर्श गरेर अघि बढ्नुपर्नेमा जोड दिए। “अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय सङ्गठन स्थापना हुन्छन्, तिनको उपादेयता सकियो भने विघटन पनि गर्न सकिन्छ, तिनलाई शिथिल एवं गतिहीन बनाउनु हुँदैन”, सार्क सम्मेलन अन्य सदस्य राष्ट्रमा आयोजना हुन नसके वर्तमान अध्यक्षका नाताले नेपालले आयोजना गर्नसक्ने बताउँदै उनले भने।

क्षेत्रीय सङ्गठन, द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय संयन्त्रलाई पनि पारस्परिक हितका आधारमा अघि बढाउनुपर्ने तथा उपादेयता रहेनरहेको पारदर्शी रूपमा निर्क्याेल गरेर अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे।

प्रधानमन्त्री ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने स्पष्ट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमूलक क्षेत्रका लागि मात्र विदेशी ऋण र अनुदान स्वीकार गरिने बताए। उनले भने,“हामी हाम्रा आवश्यकताका र प्राथमिकताका आधारमा सावधानीपूर्वक अनुदान र ऋण लिन्छौँ, ऋणको पासोमा हामी पर्दैनौँ।”

मुलुकलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन संयुक्त राष्ट्रसङ्घले गरेको सिफारिसको सन्दर्भ सुनाउँदै उनले नेपाललाई विकासशील देश बनाउन, कोरोना महामारीबाट देशलाई पार लगाउन तथा दिगो विकासका लक्ष्य हासिल गर्न सम्पूर्ण कूटनीतिक सामर्थ्य परिचालन गरिने दृढता व्यक्त गरे।

हालै पाँचजना पूर्वप्रधानमन्त्रीले नेपालमा ‘बाह्य हस्तक्षेप हुनसक्ने’ विचार सार्वजनिक गर्नु र तीमध्येका एकजनाले एक टेलिभिजन बहसमा ‘नेपालमा सूक्ष्म व्यवस्थापन होइन, ठूला र नीतिगत विषयमा हस्तक्षेप गर्न’ आह्वान गर्दै विरोधाभाष एवम् हास्यास्पद अभिव्यक्ति दिएको कटु यथार्थ प्रस्तुत गर्दै आफूले राष्ट्रहित विपरीत कुनै काम नगरेको स्पष्ट गरे। “मैलै प्रजातन्त्र र संविधानविरुद्ध केही गरेको छैन,” बाह्य हस्तक्षेप कदापि स्वीकार्य नहुने दोहोर्‍याउँदै प्रधानमन्त्रीले भने।

एक पृथक प्रसङ्गमा उनले आफूलाई लोकतन्त्रका हिमायती भन्नेहरूले राष्ट्रपतिलाई लाञ्छना लगाउने, अमर्यादित गतिविधि र व्यवहार गर्नुले गणतन्त्रप्रतिका वैरभाव मुखरित गरेको विश्लेषण सुनाए। राजनीतिक फैसला अदालतमा नभई राजनीतिक दलमा हुनुपर्ने आफ्नो मान्यता रहेको पनि प्रधानमन्त्रीले बताए। 

पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो सवा तीन वर्षको कार्यकालमा नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत धारणा, सार्थक साझेदारीका निम्ति विश्व समुदायसँग भएका साझेदारीका प्रयास, लगानी प्रवद्र्धन, व्यापार सहजीकरण एवं विस्तारलगायत नेपालको राष्ट्रिय छवि उजिल्याउन गरिएका प्रयत्नबारे जानकारी दिए।

आफूले राष्ट्रिय हितबारेमा बोल्नु हुँदैन भन्ने भाष्यलाई परिवर्तन गर्ने प्रयास गरेको, विश्व रङ्गमञ्चमा नेपाल सबै राष्ट्रझै समान र सार्वभौम हो त्यसमा लघुताबोध गर्नुपर्दैन भन्ने सशक्त आवाज मुखरित गरेको उनले बताए।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आर्थिक एवं सार्वजनिक कूटनीतिलाई केन्द्रमा राखेर राष्ट्रिय हित प्रवद्र्धनका खातिर मन्त्रालयका इमानदारीपूर्वक लागेको बताए। प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले प्रतिष्ठानले स्थापनाकालदेखि हालसम्म सम्पादन गरेका काम र भावी योजनाबारे चर्चा गरेका थिए।

सामाजिक, आर्थिक, राजनीतिक एवं कूटनीतिक दृष्टिकोणले नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन अनुसन्धान गर्नेहरूका लागि आज विमोचन भएको ‘फरेन पलिसी अफ नेपालस् ओरिएन्टेशन एन्ड प्रायरिटिज्’ कृति उपयोगी हुने अपेक्षा गरिएको छ। उक्त पुस्तक मन्त्री ज्ञवालीले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेकाे सम्बोधनको सँगालो हो।

आज सार्वजनिक गरिएका प्रकाशनमा कोभिड–१९ को महामारीले नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिलगायत क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा खोजमूलक अध्ययन अनुसन्धानात्मक लेखहरूको एकीकृत सङ्ग्रह ‘कोभिड–१९ मल्टिडिसिप्लेनरी न्यारेटिभ्स् : कन्ट्रिब्युसन टु नेपाल्ज फरन अफेयर्स’, नेपाल सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका लागि अन्तर्राष्ट्रिय सहकार्य र सङ्कटको अवस्थामा दातृराष्ट्र एवं अन्यसङ्घ संस्थाबाट प्राप्त  सहयोग विवरणहरूको अभिलेख सङ्ग्रह ‘नेपाल्स् इफर्ट टु एड्रेस कोभिड–१९ क्राइसिस् थ्रु इन्टरनेश्नल इन्गेजमन्ट’ र प्रतिष्ठानको पहिलो प्रकाशन ‘जर्नल अफ फरन अफेयर्स’ छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस