पुरुषको पाठेघर
२४ फागुन २०७७
•
११ मिनेट पाठ
पुरुषको पाठेघर

  सिमलको भुवा र उडेको मन

         अनामिका सजल  

 

–  ओइ नेप्टी  

म झसङ्ग भएर यताउता हेर्छु ,कोही  देख्दिनँ ।

– यता हेर न ।  

म आवाज आएतिर आँखा तन्काउँछु ।  

रातै भएर झपक्क फुलेको सिमल रुख नखरा पारेर हाँसे जस्तो लाग्छ ।

निलो आकाशमुनि रातो फूलबुट्टा ‘‘म मोहित हुन्छु ।  

हातले भेटिन्न, आँखाले छुन्छु र आँखैले चुप्पा गर्छु ।  

–  उचाइमा फुल्नु पनि कस्तो अभिशाप है सिमलु  

म मनमनै आफ्ना ओठहरुमा कोमल गुच्छाहरुको स्पर्श लिन नपाएकोमा एक प्रकारको कुण्ठा पोख्छु ।

प्रतिक्रियामा सिमलु खिस्सी हाँस्छ र भन्छ – मेरो यौवनमा पनि तिमी आफ्नो प्रियतम भेट्छौ र ।

– तिमी त पैँयु र आरुका कोमल पत्रहरुमा पो प्रेम खोज्छ्यौ  ।

सायद आँगनका राता गुलाफहरुमा पनि प्रियतमको सुगन्ध अनुबन्धित् गरेकी हुँदी हौ है ।  

– अ हँ होइन , मैले सारेको गुलाफले कहिल्यै हाँगा हालेन ।

मेरो आँगनमा त क्याक्टसको झाँग छ , छुस्स छोइयो कि काँडा रोपिन्छ । यी हेर त । म हत्केलामा क्याक्टसका काँडा बिझेर बनेका खील देखाउँछु ।  

– अनि पारिजात पनि त छ नि ।  

तिमीलाई मसिना फूलहरुमा सौख छ हो ।

सायद  

– त्यसैले त मेरो यौवनका  कविता लेखिनौ  

म मौन हेरिरहन्छु , नाङ्गिएरै आकाश अंगालिरहेको राता फूलहरुको बैँस ।  

– सिमलु के मैले मेरै यौवनको कविता लेखेँ र ।  

– हेर त के म फुलेकी छैन  तिमी जस्तैः  

मेरो हत्केलामा तप्लक्क चिसो शीत खस्छ ,सायद सिमलुको आँसु ।

– प्रिय सिमल ,तिम्रो र मेरो नियति एउटै छ , उस्तै छ । तिम्रा कविताहरू कालो कोया प्याट्ट फुटेर हावाका वेगहरूसँग उड्दा ,अल्झिँदा कताकति उडेका मनहरुले भेटेछन् भने लेख्नेछन् । सिमलको भुवा भन्छन्, फूल भन्दैनन् । यहाँ आफू अनुकुल परिभाषा हुन्छ । तिमी फूल हुँदा आकाशमै हुन्छौ, भुवा भएपछि जो कसैको मुठ्ठीमा खस्छ्यौ अनि लेखिन्छौ । यहाँ लेखिन पनि खस्नुपर्छ सिमलु ।

– अनि तिम्रो कविता ।  

म कविकै मनमा खसेकी छु सिमलु ,लेख्ने नलेख्ने उसको मर्जी  ।

र म सिमलको प्रतिक्रिया प्रतीक्षा नगरी अघि बढ्छु ।

         महिला मुक्ति

               त्रिलोचन ढकाल

 

रामप्रसाद शर्मालाई निकै हतार थियो । उनले अन्तर्राष्ट्रिय नारी दिवस आठ मार्चको कार्यक्रममा प्रमुख अतिथि हुनु थियो । सभामा महिला मुक्तिका बारेमा मन्तव्य प्रस्तुत गर्नु थियो ।

आयोजकहरू उनलाई लैजान भनेर घरमै आएका थिए । विलाशी गाडी थियो उनीहरूसँग ।

– जाउँ हजुर ! सभा सुरु हुने समय हुन थाल्यो ।

तोकिएको समयमा कार्यक्रम सुरु भयो ।  

मञ्चमा केही महिलाहरू थिए ‌। पुरुषको संख्या ठुलै थियो ।

सबैले प्रस्तुत गरे विचार । त्यहाँ नारी दिवसको इतिहास बताइयो । महिला आन्दोलनका बारेमा सुनाइयो । महिला हिंसाको अन्त्य गरिनुपर्ने कुरा भनियो । सती प्रथाको अन्त्य भएको कुरा गरियो । बालविवाह, अनमेल विवाह, करकाप विवाह गर्न नपाइने भनियो । बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरियो । छाउपडी प्रथा, देवकी प्रथा, दाइजो प्रथा, बोक्सी  प्रथा, आदिको विरोध गरियो । बालिकालाई दास बनाउन नपाइने कुरा पनि सुनाइयो । 

अन्त्यमा प्रमुख अतिथिको मन्तव्य दिने समय आयो । उनी उठे । माइकको अगाडि पुगे । भाषण सुनाउन थाले । उनले बालिकाहरूलाई कामदार बनाउन नहुने कुरा गरे । दासी बनाउने त कल्पनाभन्दा बाहिर हुनुपर्ने कुरा बताए । 

श्रोता समूहमा घुमाउँदै जाँदा पछाडि पट्टि पुगे उनका आँखा । जानकीमाथि ठोकिए उनका नजर । उनले जानकीलाई मञ्चमा आउन माइकबाटै अनुरोध गरे । प्रमुख अतिथिले मञ्चमा बोलाएपछि खुशीले उमङ्गित हुँदै पुगिन् जानकी ।

रामप्रसादले नजीकै बोलाएर भने– किन आएकी गइहाल् । मालिक्नीलाई सघाउने, भाँडामा माझ्ने, घरको सरसफाइ गर्ने, कपडा धुने काम गर्न परेन ।  म आउँदा सबै कुरा ठिकठाक पारेर राखेस् ।

       बघिनी बुढी  

             लक्ष्मण अर्याल  

 

टेबलमाथिको कफीको ग्लासबाट उडिरहेका टर्रा बाफतिर एकोहोरिएर अलखनन्दाले भाइलाई हेरी ।  

आज वीराको पुण्यतिथि । अलखनन्दा र मानस दुवैले गम्भीर भएर आमा वीराका प्रतिमूर्तिमा सम्झनाका पुष्पहार चढाइरहेका छन् ।  

अलखनन्दाले विस्तारै भनी — बघिनी बुढी ।

गहभरिका आँसुभित्र पसेर मानस र अलखनन्दा दुवै अतीतमा पुगे ।  

हरिहर वीराका पति थिए । थिए — यसकारण कि उनी अहिले छैनन्, अभौतिक स्वरूपमा मात्र उनी मानिसका मानसपटलभित्र रहेका छन् । दमले खायो उनलाई । कलकत्ता जाँदाको जुल्फीवाल लोर्के फोटो मात्र छ उनको भित्तामा । सात सात छोराछोरी हुर्काउनु सजिलो काम थिएन तर हुर्काइन् । तिनै सातमध्येकी थिइन् — अलखनन्दा । श्यामश्वेत समय थियो त्यो । 

पैंतीस वर्षकी मात्र थिइन् — वीरा । वीराका सेता जीवनमा कताकताबाट एउटा फौजी आयो — रङ्गीन सपना बोकेर । उसले बाँसुरी बजायो । बाँसुरीको मीठो धुनमा लहराउनु मनको स्वभाव हो । मनको स्वभावलाई कसले पो छेक्न सक्छ र रु परिणाम — वीराका हृत्तलमा फौजी पस्यो फौजीका अन्तर्मनमा वीरा । 

त्यो सुदूर समय — पूर्व पतिकै घर नव पति भित्र्याउनु वीराको साहस थियो । साहस जीवन हो र त्रास मृत्यु । मान्छेले जानाजान मृत्यु रोज्दैन । साहसकै टेको टेकेर जीवन गतिशील बन्यो वीराको । फौजी र वीराबाट दुई सन्तान भए । तिनै दुई सन्तानमध्येको जेठो हो — मानस । अर्थात् मानस र अलखनन्दा दुवैकी साझा आमा हुन् — वीरा । ‘एक फूल दो माली’ — भनौं आमा एक बाबु फरक ।  

दुबै बाबुका सन्तानलाई ममताका समान आँचलमा छोपेर हुर्काउनु वीराको वीरता थियो । यसैले वीराबाट हारेको समाजले तिनलाई उपनाम दिएको थियो — ‘बघिनी बुढी’ ।  

अलखनन्दा र मानस दुबैले आज एकसाथ सम्झिए — बघिनी बुढीलाई ।  

भित्तामा ‘वीर भोग्या वसुन्धरा’ लेखिएको स्वर्णपदक झुन्डिएको थियो भने टेबुलमा कफीको तातो ग्लास नजिकै मानस लिखित औपन्यासिक कृति — ‘बघिनी बुढी’ । हो, भित्ताको स्वर्णपदक ‘बघिनी बुढी’ले सर्वोत्कृष्ट वर्ष पुस्तकको रूपमा पाएको सबैभन्दा ठूलो सम्मान थियो ।

   

         मोजाको दुर्गन्ध

                        हेमलता उप्रेती

 

नारी दिवसको दिन । बिहानै सुटबुट कसी नारी दिवसका कार्यक्रमहरुमा आसन र भाषण गर्दै हिंडेका हर्कमान लखतरान परेर अपरान्ह तीन बजेतिर घर आइपुगे । अरु सवै कामधन्दा सकेर श्रीमती मिना सरसफाई गर्दै थिइन् । श्रीमान भित्र पस्दा मोजाको नमिठो दुर्गन्ध उनको नाकमा ह्वात्तै पस्यो । उनलाई गाह्रो भयो र नरम स्वरमा भनिन् ‘सारै मोजा गन्हायो । यसो खुट्टा धोएको बेलामा आफ्ना मोजा पनि मिच्माच् पारेर सुकाउँदा हुनेथियो नि हजुरले ।’

हर्कमानले मुख बिगार्दै भने, ‘तिम्रो तीन बित्ताको नाकै उस्तो । आउन पाको छैन निहुँ खोज्नु पर्छ होइन रु बरु यसो दुइचार पैसा कमाइहुने काम गरेपनि हुने नि । काम नभएका आइमाइले निहुँ खोज्न मात्र जान्दा रछन ।’

मिना केही बोलिनन् । उनले मोजा फुकाएर ढोकाकै अगाडि फ्याँके। अनि  आजको कार्यक्रममा मेरो भाषण कस्तो भयो ’ भन्दै कसैसँग फोनमा कुरा गर्न थाले । मिना उनको लागि खाजा लिएर आइपुगिन् र दिदैं सोधिन्, ‘के कार्यक्रम थियो आज ? ’  

हर्कमानले मिनातिर नहेरी जवाफ दिए– थियो एउटा । तिमी बुझ्दिनौ ।’  

मिना मुसुक्क हाँसिन् ।  

घरभरि फैलिएको मोजाको दुर्गन्ध हराएन । मिनालाई गाह्रो भएपछि उनले चिम्टाले च्याप्पेर पर बाटामा पुग्नेगरी दुवै मोजा हुँइक्याइदिइन् । अनि बजारतिर लागिन् ।  

केहीबेर पछि हर्कमानलाई कतै जानुपर्नै भयो । उनी धुइँधुइँती मोजा खोज्दै थिए । बाहिर नारा जुलुसको आवाज सुनेर झ्यालबाट हेरे । पर बाटामा उनका मोजा कुकुरले खाइरहेको देखे । केहीपर नारी दिवसको जुलुस र जुलुसबाट आवाज आइरहेको थियो ‘नारी पुरुष एक हौ, नारी हिंसा अन्त्य गरौ ।’  

उनले अचम्म मानेर हेरिरहे किनकि त्यो जुलुसको नेतृत्व मिनाले गरिरहेकी थिइन् ।

         पुरुषको पाठेघर

                 रचना शर्मा  

 

नारी दिवसको अवसरमा सिर्जनशील युवा समूहले वादविवाद प्रतियोगिताको कार्यक्रमको आयोजना गरे । सोही बमोजिम खानपान कार्यक्रम सकेर चौतारी पार्कमा वादविवाद कार्यक्रम शुरु हुन थाल्यो । प्रमुख अतिथि , सभापति , निर्णायक सबै तयारी अवस्थामा बसिसेकेका थिए।  

प्रमुख अतिथिको मन्तव्य सकिएपछि एकजना प्रमुख व्यक्तिले माइकम सुचना राख्दै भने –

ल अब तीन मिनेटपछि कार्यक्रम शुरु हुन्छ है ।  आफ्नो आफ्नो बोल्ने बिषयमा क्रमशः आइदिनुहोला  अनि सबैजना सहभागीहरू तयारी अवस्थामा हुनुहुन्छ ।– कुर्सीबाट हात उठाउँदै सबैले एकएक गर्दै भने– छु सर ।

–  ल आजको वादविवादको बिषय रहेको छ नारी र पुरुष बराबर हुन् । यो नारालाई पक्ष र विपक्षमा आफ्नो पालोमा आफ्ना तर्क  राखेर अगाडि बढ्नुहोला ।

त्यसपछि उनले पालैपालो नामावली हेरेर प्रतियोगीलाई बोलाए । नारी र पुरुष बराबर हुन्  भनेर  मीठो तर्क दिए प्रतियोगी सुमनले । सबैले परर्र ताली बजाए । यसै गरी नारी र पुरुष बराबर हुन सक्दैनन्  भन्ने विषयमा पनि अर्का प्रतियोगिले आफ्नो विचार प्रस्तुत गरे। विचार प्रकट गर्ने क्रममा छैटौं प्रतियोगीको रुपमा आइन् शारदा अनि आफ्नो राय प्रकट गरिन् शिर्षकको विपक्षी वक्ता बनेर । प्रतिद्वन्दीका विचार खण्डन गर्दै भनिन् – मेरा प्यारा विपक्षी साथीहरु, नारी र पुरुष बराबर हुन् भनेर चर्को भाषण गर्दा र त्यो सुनेर ताली बजाइदिने स्रोता देखेर मलाई ज्यादै दुख अनि दया लाग्यो । कुन अर्थमा छन् नारी पुरुष बराबर ।  कुन कोणबाट नाप्नुभएको छ र नारी र पुरुषलाई । बराबर हुने भए छोरी जन्मँदा किन एउटी आमाको मन झसङ्ग र सिरिङ्ग हुन्छ । नारी वा पुरुष जतिसुकै शिक्षित होऊन् , अहँ हुन्नन् कहिल्यै बराबर। 

फेरि टेबुल ठोक्दै भनिन्  – बराबर हुने भए किन छोरालाई जस्तै छोरीलाई पनि ढुक्क भएर कुनै ठाउँमा पठाउन सक्दैनौं ।

त्यसैले म के भन्न चाहन्छु भने जबसम्म ईश्वरले मानव सृष्टि गर्ने क्रममा नारीलाई जस्तै पुरुषलाई पनि बच्चा गर्भधारण हुने गर्भाशयको सृष्टि गर्नुहुन्न  अथवा पुरुषमा पनि सन्तान धारण गर्ने पाठेघरको सृष्टि गर्नुहुन्न तबसम्म नारी र पुरुष बराबर हुन् भनेर गला च्यात्नु बेकार हो।

उनको यो तर्क सुनिरहँदा पछाडि  बसेका केही महिलाले आँखाबाट झरेको आँसु पुछ्दै थिए ।

     नारी दिवश  

         आचार्य प्रभा  

 

शिक्षित, शहरीया,बुझक्कड भनिने महिलाहरू विश्व नारी दिवसमा नारी हक अधिकारका नाराकासाथ कार्यक्रम चलाइरहेका थिए। सब नारी अधिकारको भाषण छाँटिरहेका थिए। तालीको गड्गडाहटको आवाज घन्किरहेको थियो। सब जोसिंदै, उफ्रिंदै कार्यक्रममा रमिरहेका थिए।  

परबाट एउटा पुरुष निन्याउरो मुख लाउँदै आएर भन्न थाल्यो। हजुर आज नारी दिवश रे। लौन मेरो श्रीमतीलाई पनि यसको अर्थ बुझाइदिनोस्।  

उनले त नारीलाई हेप्न पाइन्न भन्दै मनपरी गर्न थालिन्। 

मन्चबाट प्रश्न आयो– कसरी हेप्न थालिन् ? के गर्छिन् तपाईलाइ ?

उसले जवाफमा भन्यो– ऊ त्यँही छिन् सोध्नुहोस् न । रातदिन कार्यक्रम छ भनेर हिँड्छिन्। हरेक हप्ता नयाँ लुगा फेर्नुपर्छ। श्रीमानको एकजनाको कमाइले कसरी पुरयाउने । बालबच्चा सानै छन्। केही भन्यो कि नारीलाई हेप्न पाइन्न भन्छिन्। नारी अधिकारको धम्की दिन्छिन्। कि यस्ताहरूले मनाउने नारी दिवश हो आज !

आफ्नो श्रीमानको कुराले लज्जित बन्दै मन्चबाट उत्रिएर श्रीमानलाई भकुर्न थाली निर्मलाले र भन्न थाली – तिमी पुरुषहरू लोग्ने भएकै स्वास्नीलाई राम्रोसँग सुखसयलमा पाल्न हो। नत्र पुरुष हुनुमा के गर्व गर्छौ ! जाऊ यहाँबाट नत्र धक्का दिएर यहाँबाट हामी लखेट्छौ ।

निर्मलाको कुराले कार्यक्रमकै बेइज्जत भयो। उसैलाई त्यहाँ सामेल भएका केही नारीहरूले धक्का दिँदै भन्न थाले– जाऊ तिमी खुरुक्क । तिमीहरू जस्ता सोंच भएकै नारीहरूको कारणले हामी र नारी सशक्तीकरणको  बेइज्जत भएको हो।

आफ्नी श्रीमतीलाई सबैले गलहत्याएको देख्दा निर्मलाको श्रीमानलाई असह्य भयो र आफ्नी श्रीमतीलाई अँगालो मार्दै उसले त्यो भिडबाट निकाल्यो।

 परीक्षण

   प्रभादेवी पौडेल  

 

नारी दिवसको दिन थियो। सपनाले आफ्ना पतिसँग कुरा राखिन् – आज माइती नेपालबाट महिला अगुवा आउने रे उद्योग बाणिज्य संघमा केके भन्दा रहेछन् म पनि साथीहरूसँग जान्छु नी है हजुर । हुन्छ तर खाजा बनाउने बेलामा आउनुपर्छ नि।  पति परमेश्वरले सर्त राखि बिदा दिए पनि उनी फुरुङ्ग थिइन् , नहुन पनि कसरी उनी आज सम्म कुनै कार्यक्रममा गएकी थिईनन्।   

छलफलमा गर्भमा रहेको भ्रुण हत्यादेखि लिएर बुढेसकालमा छोराबाट अपहेलित भै बृद्धा आश्रम लगेर छाड्नेसम्मका महिला हिंसाका विषयहरूको  मुद्दा उठेको थियो। हामी नारीहरुलाई कुनैं न कुनै रुपमा हिंसा भईनै रहेको छ, ल भन्नु त अर्को जुनिमा पनि नारीनै भएर जन्मी उही पतिसँग बिहे होस् भनि क कस्ले चाहना राख्नुभएको छ भन्दै महिला नेतृले समुहमा कुरा राखेपछि अरू कोही  उठेनन्,  सपना मात्रै उठेर भनिन्–  मलाई लागेको छ, एक जन्म त के सात जन्मसम्म पनि  । कसरी  भगवानजस्तो पति पाएकी छू, मलाई निक्कै मायाँ गर्नुहुन्छ।

पतिको पेशाको बारेमा सबै कुरा भनेपछि भर्खर अबकाशमा निस्केका पति ,जागिरको क्रममा श्रम बिभाजन थियो पतिले कमाउने उनले सन्तान जन्माउने हुर्काउने तथा घरको अन्यकाम सम्हालेकी थिइन् र पो कुरा मिलेको थियो। अब त पति फुर्सदिला छन्, कुनकुन काममा सघाउनुहुन्छ भनी  सोधे । उहाँलाई केही पनि गर्न आउॅदैन ।  त्यसैले म आफै गर्छु भन्ने उत्तर दिइन्। यो सुनेर उनीहरुले भने – तपाईले अहिलेसम्म परिस्थिति एकैनासको बनाउॅदै लानुभएको छ र त उहाँ खुसी हुनुभएको छ ,घरमा गएर सानो परीक्षण गर्नुहोस् ।

उनले त्यसै गरिन्। त्यो दिन पतिले बिरामी भएको बाहना बनाई खाना नखाई उठे। त्यो ठुलो कुरो पनि थिएन, बुढाले खाना खाँदै आएको चरेसको थालमा आफ्नो लागि खाना र आफूले खाने गरेको चरेसको थालमा बुढाको लागि खाना पस्केकी थिइन्। उनलाई बल्ल थाहा भयो कि उनी बिरामी परेको बेलामा छोरीले उनले खाने गरेको चरेसको थालमा आमालाई खाना दिंदा तुरुन्त आफ्नो लागि नयाँ चरेसको थाल किनेर ल्याई त्यसैमा खाना खाँदै आएका थिए।  
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१४ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस