बिर्खे, क्यानाम इन्डिया ठूलो कि आइडिया ठूलो । लु भन् भन् त ! लाउरे बाले आफ्नो बौद्धिकता प्रदर्शन गरे । मलाई त इन्डिया ठूलो लाग्यो, लाउरे बा । बिर्खेले सहज जवाफ दियो।
यी यत्रा इन्डिया ठूलो हो । आइडिया ठुलो हो, बुझिस् । क्यानाम आइडियाले नै इन्डिया बनाको । तँ कालो अक्षर भैंसी बराबरलाई के थाह । हामी नाइन्टिन फाउन्टिनमा युद्ध हुँदा आइडियाले नै इन्डिया हारबाट बचेको ।
’लाउरे बा सानसँग बोले । बिर्खे लाउरे बाको अनुहारतिर हेरेर टोलायो ।
– क्या हेरेको, कहिले नदेख्याझै । लु आ लुँडो खेलु । यसमा ट्रिक लाउनुपर्छ बुझिस् । भरयाङै भरयाङ चढेर माथि जानुपर्छ । क्या नाम नेपालको राजनीतिमा नेताहरू अरूको भरयाङ चढ्दै सत्तामा पुग्छन् नि, हो त्यस्तै । हुन त तँ राजनीतिको र नबुझेको पाजीलाई के था !
– धेरै हेंला नगर है, लाउरे बा । चुनावमा मैले पनि झण्डा बोकेर जुलुसमा ग’को छु । सुँगुर र ठर्रा त कति हो, कति।
– लाउरे बा लामालामा धेरै भरयाङ चढे । बिर्खे भने छोटाछोटा भरयाङ मात्रै चढ्छ । दुई पटक त सर्पको मुखमा परयो । लाउरे बा खुब हाँसे । खेल जारी थियो । लुडो खेल र नेपाली राजनीति उस्तै – उस्तै हो । मजस्तो ट्रिकले खेल्न जान्यो भने मालामाल छ नत्र जीवन गोलमाल छ।
लाउरे बा चौरानब्बे पुगे । अब सयमा पुग्ने चालवाजी खोज्दै थिए । यो खेलकै सबैभन्दा धेरै पटक र लामा भरयाङ चढ्दै बिर्खे पनि एकानब्बे पुग्यो । लाउरे बा तर्से । बिर्खे उत्साहित भयो । लौ त लाउरे बा म पनि सँगसँगै आएँ । को पुग्छ, सयमा हेरौ।
लाउरे बाको चाल् । गोठी मजाले घुमाए । घुमाए । फ्याँके पाँच अंक परयो । गन्दै जाँदा उनान्सय पुग्यो । सबसे लामो सर्प रहेछ । छेरेर दुईमा पुरयाइदियो । बिर्खे खुब हाँस्यो । बिर्खे फ्याट्टै फाल्यो छ अंक परयो । गोटी सन्तानब्बेमा गयो । लौ है लाउरे बा । तीन पर्छ तीन । फेरि गोटी फ्याँक्यो दुई परयो । गोटी चाल्दा उनान्सयमै पुग्यो । स्वाट्टै दुईमै झरयो । यसपालि लाउरे बा खुब हाँसे र भने – बिर्खे जहाँ थिइम् हुइँ पुगिम् ।