छोटी लाइन र बडी लाइनमा चल्ने ट्रेन अलगअलग हुन्छन्। तर, यो 'चेन्नई एक्सप्रेस' छोटी र बडी दुवै लाइन ओगट्दै आइपुगेको छ। 'राजधानी एक्सप्रेस'को सवारी हुँदा अरु लोकल ट्रेनहरु साइड लाग्छन्। 'चेन्नई एक्सप्रेस'ले यस्तै राजकीय सत्कार पायो।
अरु ट्रेनहरु ड्राइभरले हाँक्छन्। 'चेन्नई एक्सप्रेेस'को पागलपन हेर्दा चाहिँ यो टिटि (टिकट टेलर)ले हाँकेको ट्रेन हो। टिटि पनि चानचुने होइन, सुपरस्टार टिटि अर्थात् शाहरुख खान। किनभने यो ट्रेनमा सवार हुने धेरैजसो यात्रुको उद्देश्य नै चेन्नई पुग्नुभन्दा पनि टिटिसँग घुलमिल गर्नु देखिन्छ।
निर्देशकभन्दा हिरो हाबी भएको फिल्मलाई टिटिले हाँकेको ट्रेनसँग तुलना गर्न सकिन्छ भन्ने उदाहरण 'चेन्नई एक्सप्रेस' नै हो। फिल्ममा रोहित शेट्टी निर्देशक छन्। तर, उनले जुन किसिमले फिल्मको प्याकेजिङ गरे, त्यसबाटै पुष्टि हुन्छ, फिल्मलाई शाहरुखकै टाउको देखाएर बिकाउन खोजिएको छ।
ट्रेनको डिब्बामा राखिएको इमरजेन्सी चेन जहीँतहीँ तान्न पाइँदैन। आपतकालीन अवस्थामा बाहेक चेन तान्नेलाई नगद र कैद दुवै सजाय हुनसक्छ। यो 'चेन्नई एक्सप्रेस' बाहिरबाट जति झकिझकाउ देखिन्छ, यात्रा गर्दा भित्रपट्टि त्यति नै खटारा महसुस हुन्छ। यात्रा यति दिक्दारी लाग्छ कि बीचमै 'चेन खिचेर' टे्रनबाट झर्ने सनक चल्नसक्छ।
रोहित शेट्टीका अघिल्ला फिल्महरु हेर्ने हो भने 'चेन्नई एक्सप्रेस'मा कुनै खँदिलो खुराकको आशा पक्कै हुँदैन। तैपनि रोहितभन्दा सात वर्ष जेठा शाहरुख (४७)को हातेमालोले फिल्ममा कुनै चमत्कार छ कि भन्ने अपेक्षा सबैलाई थियो। हृषिकेश मुखर्जीको क्लासिक 'गोलमाल'को रिमेक भन्दै 'बोल बच्चन' जस्तो बेतुकको फिल्म निर्देशन गरेका रोहितले यसपालि पनि 'हावामै महल' बनाएका छन्।
शाहरुखलाई बलिउडका अरु दुई खान सुपरस्टार सलमान र आमिरको मध्यमार्गीको रूपमा लिन सकिन्थ्यो। सलमानको चटपटे र आमिरको गम्भीर छविको मिश्रण शाहरुखमा पाइने धेरैको मूल्यांकन थियो। तर, 'चेन्नई एक्सप्रेस' आएपछि शाहरुखले सलमानको ठाउँ रोजेर सलमानलाई आफ्नो छवि सुम्पिदिन खोजेको देखिन्छ। 'रा वन'देखि 'जब तक है जान' हुँदै 'चेन्नई एक्सप्रेस'सम्मको समीक्षा गर्ने हो भने शाहरुखको नियति ओरालो लागेको हरिणकै भएको छ।
मध्य ४० मा दौडिरहेको पुरुष र भर्खर बिहे गर्ने उमेर छोएकी युवतीको प्रेमलाई उतार्न निर्देशक रोहितले शाहरुख र दीपिकालाई 'प्ले' गराएका छन्। तर, यो 'एज–ग्याप'को केमेस्ट्री दर्शकलाई विश्वास लाग्नेगरी 'कन्स्ट्रक्ट' गर्न निर्देशक सफल भएका छैनन्।
हिरोहिरोइनको प्रेम गाढा बनाइएको भए उनीहरुको सम्भावित विछोड वास्तवमै कष्टकर हुनसक्थ्यो। तर दुईको प्रेम जति सतही छ, उनीहरुबीच आइपर्ने तगारोले पनि खासै डर पैदा गर्दैन। बरु हिरोले जितिहाल्छ, बीचका लन्ठ्याङमन्ठ्याङ छिटोभन्दा छिटो सकिए हुन्थ्यो भन्ने लाग्छ। हिरोहिरोइनका भोगाइ र हन्डर पीडादायी हुनुपर्थ्यो। त्यसका लागि दृश्य बुनोट अझ सुक्ष्म बनाइनुपर्थ्यो। गाह्रो र सजिलोमध्ये सजिलो बाटो रोज्दै निर्देशकले सबै महत्त्वपूर्ण 'टर्निङ प्वान्ट' संवादबाट बुझाउन खोजेका छन्। यसले फिल्मको हैसियत रेडियो नाटकमा झारिदिएको छ।
बलिउडका निर्देशकहरुसँग ६०–७० करोड भारु खर्चिने क्षमता छ। बजेटकै कारण 'चेन्नई एक्सप्रेस'मा 'फिजिकल रियालिटी' भव्य र सशक्त छ। तर, पैसा होइन रचनात्मकताले निर्माण हुने 'इमोसनल रियालिटी' भने यसमा निकै जीर्ण छ। पात्रहरुको 'इमोसनल जर्नी' सन्तुलित नभएकाले उनीहरुले जति आँसु खसाले पनि तिनले पिरोल्दैन।
पछिल्लो समयमा बलिउडले दक्षिणका कलाकार र पात्रलाई लिएर फिल्म बनाउने लहड चलेको छ। दुवैतिरका बजार कब्जा गर्ने रणनीति हो यो। 'चेन्नई एक्सप्रेस'मा यो स्वार्थ छताछुल्ल पोखिएको छ। दक्षिण र उत्तरका भारतीयबीच रहेको खाडललाई पुर्ने प्रयास हो भने पनि त्यो परिपक्व हुन सकेको छैन। बरु द्रविड मूलका मान्छेलाई खलपात्र देख्ने रामायणकै मनोविज्ञान यसमा अपनाइएको छ।
पटकपटक हेलिकप्टर सट प्रयोग गरी प्राकृतिक सुन्दरतालाई चित्रण गरिएको छ। ट्रेन रोकिने ठाउँको विशाल झरना र जंगलमा ट्रेन कुदिरहेका दृश्य हेलिकप्टरबाट खिचिएको छ। तर, उक्त प्रकृति र पात्रहरुबीच कुनै सम्बन्ध कथामा खोतलिएको छैन। प्रकृतिको हरियालीलाई पात्रको मानसिक स्थितिसँग तालमेल गर्न सकिन्थ्यो। निर्देशकले त्यति जाँगर पनि चलाएका छैनन्। फलस्वरुप ती दृश्यहरु काठमाडौंकै स्टुडियोमा हङकङको पोस्टर टाँसेर खिचिएका स्टिल फोटोजस्तै भएका छन्।
प्रशंसालायक मार्मिक वा नयाँ दृश्य 'चेन्नई एक्सप्रेस'मा छैन भन्दा हुन्छ। बरु बेलाबेला शाहरुखले 'दिलवाले दुल्हनिया ले जाएंगे'कै ब्याज खान लागेका हुन् कि भन्ने लाग्छ। शाहरुख र दीपिकाको सट्टा कुनै अपरिचित नयाँ कलाकारले खेलेका भए यस फिल्मलाई स्वयं रोहित शेट्टीले नै 'सि' ग्रेडको मान्यता दिन्थे होला। इन्जिन थोत्रो भए पनि नयाँ डेन्टपेन्ट गरिएको ट्रेन हो, 'चेन्नई एक्सप्रेस'।
शाहरुख खान किङ अफ बलिउड हुन् भने त्यो बलिउडका लागि दुर्भाग्य हो। शाहरुखका पछिल्ला फिल्महरुले बलिउडको खोक्रोपन उदांगो पारिदिन्छ। फिल्ममा कलात्मकताको वकालत गर्नेलाई 'चेन्नई एक्सप्रेस'ले लोप्पा खुवाइदिएका छन्। दुःखका साथ भन्नुपर्छ, बलिउडमा सुपरस्टारको पिठो बिक्छ, अरुको चामल पनि बिक्दैन। बलिउडका सुपरस्टारहरु एक हदसम्म सुन्दर अनुहार देखाएर दर्शक झुक्याउने लुटेरा हुन्।
शाहरुखकै फिल्म 'दिल से'को 'चल छैया छैया' गीतमा ट्रेनलाई निकै कलात्मक र प्रयोगात्मक रुपमा दृश्यांकन गरिएको थियो। 'चेन्नई एक्सप्रेस'ले 'छैया छैया'मात्र होइन लुमियर ब्रदर्सको फिल्म (फुटेज) 'अराइभल अफ अ ट्रेन एट अ स्टेसन'ले स्थापित गरेको फिल्म र ट्रेनबीचको आत्मीयताको बेइज्जत गरेको छ।