थाहै नपाई बितेछ बाह्र वर्षे शैक्षिक जीवन । अलग्गै संसार, छुट्टै अनुभूति विद्यार्थीसँगको निकटता । सबै सिनिक्कै बढारिन्छन् समस्याको कसिंगरहरू स्कूलको प्राङ्गण टेक्नेबित्तिकै । बाह्र वर्षको अस्थायी शैक्षिक पेसाले स्थायीको उमङ्ग पाएँ आज यो वयसमा आइपुग्दा ।
प्रअको दरबन्दी लिएर जाँदै छु, पहाडी भेगको दुर्गमतिर । शैक्षिक अनुभव लामै भए पनि जिम्मेवारीलाई अलिक अप्ठ्यारो महसुस गर्दै छु । यद्यपि मनका असजिलो फोक्टा फोक्टीलाई सम्याउने प्रयास गर्छु विगतको अनुभवी दाँदे तानेर । मेरा प्रेरणाका अंकुसे बन्न सक्छन्, हेड सरले वास्ता नगरेका केही मेरा इच्छाका भेट्नुहरू । यसो गरे अझै, स्कूल र विद्यार्थीको पक्षमा राम्रो हुन्थ्यो भन्ने सुनुवाइ नभएका खट्मरो प्रस्तावहरू ।
उकालो बाटो टन्टलापुर वसन्ती घामले मलाई हेप्न खोजे पनि शरीरलाई प्रबल ऊर्जा प्रसारण गर्दै थियो जिम्मेवारीको प्रत्युष कालले ।
लक्ष्यमा पुग्छु । मेरो अगाडिका दृश्यहरू प्रशान्त छन् । डाँडा खारेर निर्माण गरिएको चारकोठे स्कूल भवन । तीन कोठामा कक्षा एकदेखि कक्षा आठसम्म सञ्चालन हुँदो रहेछ । निमावि स्तरको पढाइ । अर्को कोठामाचाहिँ कार्यालय । त्यो स्कूललाई सञ्चालन गर्नु छ भोलिदेखि । सोचे थेँ, जहाँ जाँदै छु त्योसम्मै होला । तर, यहाँको परिस्थिति त ढडेनझैँ लाग्दै छ । सोच्छु— ‘कसरी चास पुग्ला यो स्कूलको ।’ मनमा परेड खेल्छन् रङ्गीविरङ्गी घोडाका टापहरू । पहिलेको प्रअले घरपायक सरुवा लिएपछि स्थानीय विष्णु सरले कार्यभार लिनुभएको रहेछ । लम्कन्छु क्लास कोठातिर । यिनै कोठाका मुनाहरूलाई परिपक्व बनाउँदै आफ्नो जागीर पकाउनु छ । व्यक्तिगत धारे समस्याहरूलाई बोध्याउनु छ, विद्यार्थी भाइबहिनीहरूका हर्षालु मुस्कानको आरन थापेर ।
कोठाभित्रको दृश्य परिदृश्यले पोल्यो सिस्नुपानीले झैँ । कक्षा एकदेखि कक्षा तीनसम्मको विद्यार्थी, मात्रै आठ जना । गरङ्गो पाइला सार्छु, दोस्रो कोठातिर । झनै खुरमुरिएँ त्यहाँको परिस्थितिले पाँचजना विद्यार्थीले जुरुक्क उठेर स्वागत गरे । साधारण परिचयले स्पष्ट पारयो, चार कक्षाका तीन जना र पाँच कक्षाका दुई जना विद्यार्थी रहेछन् । दुई कोठाको विद्यार्थी उपस्थितिले स्पष्ट भएँ अन्तिम कोठाको स्थिति कस्तो होला । अन्तिम कोठामा पसेँ, औपचारिकता पूरा गर्न । कक्षा आठ र कक्षा सातका दुइजना विद्यार्थी निकै अनुशासित भई सलाम ठोक्छन् । प्रतिउत्तरमा फ्यास्स हासेँ । ती विद्यार्थीले पनि ओँठमा एकसरो मुस्कान छरे ।
कार्यालयमा गएर हेरेँ विद्यार्थीका उपस्थित रजिष्ट्रर । एक सय पैँतीस जना विद्यार्थीका नामदर्ता छ । उपस्थिति पन्ध्र जना । किन यस्तो छ विद्यार्थीका उपस्थिति, म विष्णु सरसँग प्रश्न गर्छु ।
‘विविध कारणहरू छन् सर’ विष्णु सर भन्नुहुन्छ ।
घोत्लिनँ विवश हुन्छु । पुनः कार्यालयबाट बाहिरिएर त्यो स्कूलको बाह्य आवरणलाई अध्ययन गर्छु । पुरानो स्कूल भवनको दुई कोठा भत्काएर पाँचकोठे नयाँभवन निर्माणावस्थामा छ । झ्यालको तल्लो सतहसम्म गारो लाएर छोडेको धेरै दिन भए जस्तै लाग्छ, गारोको रङ्ग रूपलाई हेर्दा ।
कारण कोट्याएँ ‘स्कूल भवन किन समपन्न भएन विष्णु सर !’
भन्नुहुन्छ—‘बजेट पर्याप्त छ । ठेकेदार अल्याङ्टल्याङ् गर्दै छ । समानको भाउ बढ्यो, पुनः सम्झौता गरौँ भन्छ ।’
कार्यालयम पसेर ठेकेदारसँग सम्झौता गरेका कागजात हेरेपछि विव्यस र ठेकोदारलाई डाकेर छलफल गरी तीव्र गतिमा स्कूल भवन सम्पन्न गर्ने निष्कर्षमा पुग्छु ।
भोलिपल्ट सखारै स्कूल पुगेर सबै कागजहरूलाई अध्ययन गर्छु । पुनः विद्यार्थीका उपस्थिति रजिष्ट्ररलाई हेर्दा तर्सन्छु । समयअनुरूप छन् विद्यार्थीका उपस्थिति । विगत वर्षका रजिष्ट्ररहरू पनि हेरेँ, त्यस्तै न्यून उपस्थिति माघदेखि वैशाख महिनासम्म ५०% छ, त्यसपछि विद्यार्थीका १२, १३ प्रतिशतमा सीमित । ‘विद्यार्थीका पढाइको गुणस्तर कस्तो छ सर ?’
‘के भन्ने सर, आठ कक्षामा पढ्ने विद्यार्थीलाई छुट्टीको निवेदन लेख्न आउदैन ।’ विष्णु सरको स्वरमा सुस्तता थियो ।
लख्या’ थिएँ, स्कूल उपस्थिति कमजोर भए पनि घरमा ट्युसन पढ्दा हुन् । पढाइको स्तर छैन, स्कूल उपस्थिति न्यून छन् अनि आठ कक्षाचाहिँ कसरी पुग्थे विद्यार्थीहरू ?’ फ्यास्स हाँस्दै विष्णु सर भन्नुहुन्छ —‘कम्पलसरी पास गरेपछि ..... ।’
‘ए ! ..... हो त !!’ आकस्मिक म लघुस्वरमा खच्किन्छु । पुनः पल्टाउन थालेँ उही भावी कर्णधारका हाजिरी रजिष्ट्ररलाई । पुनः विद्युतीय प्रवाहमा परेझैँ भएँ । पाँचदेखि आठ कक्षाका विद्यार्थीहरू झनै उपस्थितिमा हरेसलाग्दा छन् । उस्तै छन् शिक्षक उपस्थिति पनि बिदै बिदा । दरबन्दी छ, मास्टर छैनन् । एउटा विषयको शिक्षकले धेरै विषय भ्याउनुपर्ने । सोच्छु— ‘नेपाली विषयको शिक्षकले अंग्रेजी विषयलाई पढाउनु पर्दा कस्तो होला त्यो विषयको गुणस्तर ?’
भोलिपल्ट सबै शिक्षक बसेर आन्तरिक छलफल गरयौँ । विगतलाई शिक्षा र आगतका कार्ययोजनालाई बनाउँछौँ —‘स्कूल र विद्यार्थीका उज्ज्वलताको कामना गर्दै ।’ अन्तमा अझै म स्पष्ट बन्न नसकेको विषयलाई चिमोठेँ—‘समयअनुरूप किन तलमाथि छन् विद्यार्थीका उपस्थिति । अनि ठूला क्लासका विद्यार्थी गयल हुँदा रहेछन्, सानो क्लासका विद्यार्थीको अपेक्षा । ‘विष्णु सर ! तपाईँ यहाँकै भूमिपुत्र, यहाँको हरेक स्थिति, परिस्थितिलाई च्यात्दै, फेर्दै आउनुभएको छ । कारण के हुन सक्छ ?’
पीरो सुस्केरा फ्याँक्नुहुन्छ विष्णु सर—‘खै के भन्ने सर यसलाई भौगोलिक अभिशाप भन्ने या व्यवस्थाको लुलोपन । यस भेगका प्रत्येक विद्यार्थीहरू पढ्न सक्षम छन् । तर स्कूलतिर लम्कने विद्यार्थीका पाइलाहरू बिच बाटोमै छप्काइदिन्छ समस्याका खुँडा, तलवार र खुकुरीहरूले । सुन्दर सपनाहरू विवशताका पिँजारमा छटपटाउन बाध्य छन् । ‘सुन्नोस् त सर ! पारि वनमा चरी रोयो गुँडमा भन्दै गीत गाउने केटा हाम्रै स्कूलका कक्षा सातका विद्यार्थी लघु तामाङ हुन् । भोकै मर्छन् वस्तुहरू घाँस नकाटे । कक्षा आठका सन्तु गोतामे र विन्दास आलेले बोकेका ढुङ्गाले निर्माण भएको हो यो अपुरो स्कूल भवन । आज पनि उनीहरूका पसिना चुहेनन् भने भोकै मर्छन् भाइबहिनी । यस्तैयस्तै छन् यहाँका गोज्याङ्ग्रा समस्याहरू ।’ विष्णु सर टाउको कन्याउँदै थप्नुहुन्छ—‘मंसिरदेखि देखि चैतसम्म बाली उठाउने र लगाउने याम हुन्छ । त्यो बेला हाम्रो स्कूलमा अनिकाल पर्छ । त्यो सिजनमा भाइबहिनी हेर्न, घर रुँग्न, एक मुठो घाँस, एक अँगालो दाउरा काट्न, वस्तुभाउ चराउन आदिमा अल्मलिन्छन् हाम्रो भविष्यका कर्णधार विद्यार्थीहरू ।’
मनमा अझै हुँडुलिरहेछ—‘पाँच कक्षा माथिका विद्यार्थीहरू किन स्कूल छोड्छन् ?’
विष्णु सर दोस्रो सुस्केरा प्रसार गर्नुहुन्छ—‘यहाँको भौगोलिक समस्यानुरूप हिँड्न सक्ने भएपछि मात्रै स्कूल भर्ना हुने गर्छ । पाँच कक्षा पुग्दा यहाँका विद्यार्थीका उमेर तेह्र, चौध वर्षका भइसकेका हुन्छन् र अभिभावकहरू यी उमेरका छोराछोरीलाई सहयोगी बनाउँछन्—कर्मको । प्रतिफल स्कूल छोड्न बाध्य हुन्छन् विद्यार्थीहरू ।’
स्थितिले मेरो छातीमा गतिलो घोचो गाडियो । के गर्दा रोकिएला विद्यार्थीका विस्थापित समस्या । फेरि फर्कने वातावरण बन्न सक्ला ? भूपू विद्यार्थीका पक्षमा म भित्रभित्रै छटपटाउँछु दाम्लीमा परया कालिजजस्तै । थुम्थुम्याएँ विपर्यय मनलाई । परिणामः विव्य समितिको बैठकपछि तुरुन्तै डाकेँ अभिभावकको साधारण भेलालाई ।
अभिभावक भेला स्मरणीय बन्यो । यो स्कूलको संचालन भएको समयलाई याद गर्दा आजै हो पूर्ण रूपले अभिभावक भेला भएको । नत्र तल पसलमै बस्यो स्कूलको स्थिति बुफ्यो त्यहीँ भेला भए, त्यहीँ बाटै फर्कन्थे ।’ एकजना विव्य समितिका सदस्यले खकार्दै भने ।
अर्कोले निर्क्योल ग¥यो— ‘नयाँ हेडसर आउनुभएको हुनाले होला ।’
भेलामा मैले स्कूलका थारकिर्नाहरू सविस्तार देखाउँदै भनेँ— ‘स्कूल बचाउनु छ भने नानीहरू पठाउनुहोस् स्कूलमा । नत्र यहाँको दरबन्दी अर्कोतिर जाला । जीवनको दह्रो लौरो चाहिन्छ भने छोराछोरीलाई पठाउनुहोस् । शिक्षित बनाउनुहोस् सन्तानलाई । शिक्षित समाजले चलाको समाज उज्यालो हुने गर्छ, जुरुक्कै उठ्छ हाम्रो स्तर ।’
बृहत करताल हुन्छ । म लोसिएको मान्छे ठिङ्गिने अवस्थामा पुग्छु, ती श्रवण र दृश्यले । भोलिपल्ट एक सय उनन्न्चालिस जना विद्यार्थीको उपस्थितिले म हुलुक्कै मौलिएँ— ‘अब पो मजा हुने भो शिक्षाको खेती गर्न ।’
‘नूतन अभिव्यक्तिको कथा, कलाकारका मौलिक कला र उपयुक्त निर्देशन पाए किन लोकप्रिय नहुनु सडक नाटक पनि ।’
छ महिनाभित्रै स्कूलका अस्तित्व नै फेरियो । आठ कोठाको नयाँ भवनले हामीलाई अझै ऊर्जा प्रसारण ग¥यो लागि पर्न । वरपर चर्चा हुन थाल्यो । हाम्रो स्कूल अब गरिब रहेन भन्ने विषयको । त्यो चर्चाको पुच्छरमा मेरो नाम झुम्काको रूपमा झुन्डेको सुन्दा मेरो हर्षले कावा हाल्थ्यो ।
तर ......!! धेरै दिन रहन सकेन स्कूलको सम्पन्नता । बिस्तारै ढुसी पर्न थाल्छ, मक्किन थाल्छ, टुक्रिन थाल्छ स्कूलेका उन्नत पानाहरू, टिफिनमा विदा लिने रोगले चाप्छ विद्यार्थीहरूलाई । कारण पत्ता लगाउन आफैँ पुगेँ अभिभावक कहाँ । अभिभावक आफ्नै विवशता भट्याउनु हुन्छ— ‘सर ! मेरी छोरीलाई टिफिनमा छोडिदि नै पर्छ । छोरी आइन भने थलोमै मर्छन् मेरा वस्तु । श्रीमती रोगी छिन्, एक जना टुसुक्क बसेका रोगीतिर इसारा गर्दै भन्नुहुन्छ—‘म खेतबारीमै ठिक्क हुन्छु । सर कसलाई मन छैन र छोराछोरी पढाउनु , तर हाम्रो भविष्यभन्दा वर्तमान निस्लोट छन् ।’
अलिक शिक्षित अभिभावक पनि यस्तै व्यक्त गर्छन् । यस्तो समस्या प्रायः जसो सबैका थिए । साँँच्चै समस्या पनि उकालो, ओरालो, भिरालो, भीर, पहिरो, छाँगा, भत्केको बाटो, सुकेको रुख, रोएको अनुहार, टालेका लुगा, धस्केको बारीको ढिकजस्तै सत्य र यथार्थ थिए । स्थितिहरू मेरै अगाडि रुँग्न अवस्थामा थरथराई रहेका देख्दा केही भन्न सकिनँ ।
एक दिन पुनः हामी शिक्षक बिच आन्तरिक बैठक गरी गाउँगाउँमा निःशुल्क ट्यूशन पढाउने निर्णय गरी छुट्टाछुट्टै गाउँमा डेरा लिई पढाउन थाल्यौँ । परिणाम राम्रो हुँदै थियो । यसै बिच एक जना मित्रले फोन गर्नुभयो— ‘छवि सर ! तपाईँको गाउँको स्कूलमा दरबन्दी खाली भो । तुरुन्तै सदरमुकाममा सम्पर्क गर्नोस्’ भन्दै । म धेरै खुशी थिएँ । त्यो दिन । तुरुन्तै सदरमुकाम सम्पर्क गरेँ । ‘साविकको स्कूलले सहमति दिन्छ भने जानोस् पायक पर्ने ठाउँमा’—भन्ने विभागीय आश्वासन पाएपछि तुरुन्तै फर्केँ कार्यरत स्कूल ।
आफ्नै व्यक्तिगत समस्या पनि दयनीय नै छन् । असी वर्षकी वृद्ध आमाले घर धान्नुपरेको छ, अपहिज लाटो दाजुलाई लिएर । सुइरोमा कलेजा उनेर श्रीमती र दुई वटा छोरालाई सदरमुकाम राख्न विवश छु । आजको प्रतिस्पर्धी शैक्षिक युग, छोराहरूलाई गुणस्तरीय शिक्षा हासिल गराउनु परेको छ । एकातिर सन्तानको भविष्य अर्कोतिर आमा र दाजुलाई हेर्न पर्ने आवश्यक । यो मौकाले मलाई दुवै समस्याको समाधाननिर पु¥याएको थियो ।
विव्यसलाई डाकेर आफ्नो सबै समस्या दर्शाएँ । आमा र दाजुको शारीरिक परिस्थितिलाई मोवाइलमा भिडियो रेकर्डिङ ग¥या दृश्यहरू देखाउँदै सहमति दिन आग्रह गरेँ । अध्यक्ष अलिक खकुलिनुभयो । तर अन्य सदस्य भने मान्दैनन्— ‘तपाईँको व्यक्तिगत समस्या, यो स्कूलको समस्याभन्दा ठूलो होइन । यो स्कूललाई तपाईँजस्तो शिक्षकको खाँचो रहिरहने छ । अतः हजुरलाई सरुवा गर्ने सहमति दिनु भनेको आफ्नै खप्परमा होत्रोले ठोक्नुजस्तै हो ।’
फेरि जम्ले हात गर्दै भन्छु— ‘यो मेरो जीवनको प्रथम र अन्तिम मौका हो । ओरालो लाग्या घामजस्तै भइसकेकी मेरी आमालाई सेवा गर्ने मौका दिनुहोस् । दिसापिसाब जाँदा पनि सहारा दिनुपर्ने मेरो बहिरो, लाटो अपाहिज दाजुलाई पालनपोषण गर्ने समय पाएको छु । तपाईँहरूको एउटा सहीछापले मेरो जीवनलाई ठूलो परिवर्तन गर्न सक्छ । मलाई छोड्दिनुहोस् हजुर !’
त्यो बेला समिति मौन थिए । म सबैलाई हेर्दै थिएँ । अनुनयपूर्ण मुद्रामा कसैबाट सकारात्मक अभिव्यक्ति पाउँछु कि भन्ने आशयले ।