सूर्य एक अक्षरकर्मी
०५ चैत्र २०७७
•
५ मिनेट पाठ
सूर्य एक अक्षरकर्मी

तारा केसी  

पनौतीको एउटै   माटोमा जन्मिए पनि  अक्षरकर्मले नै परिचय गराएको हो  सूर्य प्रसाद लाकोजूसँग मेरो। एउटै माटो, एउटै बाटो र अक्षरकर्मको एउटै उदेश्य बोकेर पनौती साहित्य समाजसँग  मिसिन पुगेको थिएँ म पनि आजभन्दा दस वर्ष पहिले। पनौती साहित्य समाजका अध्यक्ष  हुनुहुन्थ्यो  त्यो समय सुर्य सर। शालीन व्यक्तित्व  नम्र स्वाभाव र सहयोगी बानीले गर्दा थुप्रै अक्षरकर्मी उहाँका साथी थिए त्यतिबेलादेखि नै। म पनि उहाँको व्यक्तित्व र कृतित्वबाट प्रभावित  भएर मित्र बन्न पुगे। धेरै चोटि माइतीघर पुग्दा  म उहाँको घरमा पनि पुगेको छु।  सविता म्यामले बनाउनुभएको  मिठो चिया खाजा  उहाँकै भान्सामा बसेर खाएको छु। त्यो परिवारसँग  एक  किसिमको आत्मीयता छ मेरो। कुनै कृत्रिम रंग पटक्कै छैन त्यो परिवारसँग। 




सविता म्यामको  ठूलो  त्याग तपस्या र सहयोगले गर्दा सूर्य  सर अक्षरकर्मी सुर्य बन्न सक्नुभएको हो। पनौतीमा बसेर अक्षरको खेती  गर्दै थुप्रै कवि र लेखक उत्पादन गरिसक्नु भएको सूर्य सरको प्रेरणाले नै मैले पनि २०७० सालमा अक्षरमार्गबाट बालकविता संङ्ग्रह प्रकाशित गरेको थिएँ। थुप्रै राष्ट्रिय  र अन्तरास्ट्रिय  पुरस्कार र सम्मानबाट सम्मानित भैसक्नुभएका सूर्य सरको दुई दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। पछिल्लो समय प्रकाशित भएको मुक्तक संङ्ग्रह ‘स्वर्णिम धुन’ को कृति परिचय शीर्षकमा मैले यो लेख तयार पारेको छु। 

मुक्तलयमा लेखिएको काव्यात्मक रचनालाई मुक्तक भनिन्छ । यो कविता विधाअन्तर्गत पर्ने एक उपविधा हो । मुक्तकलाई  कविताको लघु रूप  पनि भनिन्छ। मुक्तकको संरचना चार पक्तिको हुन्छ । पहिलो दोस्रो र चौथो  पक्तिको अन्त्य अनुप्रास अर्थात् तुकू मिल्नुपर्ने  र तेस्रो पक्तिले यस्तो प्रवृत्ति  भङ्ग गरी मुक्तक रचना भएको पाइन्छ। यस्ता मुक्तक रूवाई शैलीका मुक्तकहरू हुन।

‘स्वर्णिम धुन’ भित्र समावेश भएका मुक्तकहरू पनि  यिनै शैलीमा लेखिएका छन्। यो कृतिलाई  पनौती साहित्य समाजले प्रकाशन गरेको छ। २०७७ सालमा प्रकाशन  मिति रहेको उक्त  कृतिको मूल्य २५० रहेको छ। यो कृति प्रकाशनार्थ सहयोग गर्नुभएको छ मुक्तककार सूर्यप्रसाद लाकोजू सरको जीवनसंगीनी सविताकुमारी श्रेष्ठ म्यामले। मिलन श्रेष्ठको सजावटमा सजिएको आवरणले किताब सुन्दर बनेको छ। किताबको सुरूको पेजमा मुक्तकारले  आफ्ना मातापिताको फोटो राख्दै यो कृति उहाँहरूमा समर्पण गर्नुभएको छ।  ‘जीवन्त मुक्तक’ भन्दै आफ्नो भूमिकाका डा. शैलेन्दुप्रकाश नेपाल सरका भनाइहरू यस्ता छन्  । उहाँ लेख्नुहुन्छ–   सूर्यप्रसाद लाकोजूको  मुक्तक संङ्ग्रहमा  व्यंग्यत्मक प्रधान मुक्तकको बाहुल्य छ। नेपालको राजनीतिक परिदृश्य धुमिल अस्पस्ट र निराशाजनक भइरहेको  वर्तमान परिस्थितिलाई विशेष रूपमा  स्रष्टाले चित्रण गरेको पाइन्छ। अहिलेको परिवेसमा राजनीतिले पारेको अस्तव्यस्तता, अकर्मण्यता, अराजकता,जिम्मेवारीहिनता, स्वेच्छाचारिता जस्ता पक्षप्रति असन् जनाउँदै  जीवनप्रतिको आशावादितालाई सुन्दर ढङ्गमा मुक्तकले चित्रण गरेको पाइन्छ ।

स्वर्णिम धुन फ्लाँक्ने धुनमा कवि  सूर्यप्रसाद  भनेर कवि मोहन दुवालले लेखकीय भनाइमार्फत कृति सफलताको शुभकामना दिनुभएको छ। खै के लेखुँ  भन्दाभन्दै  मुक्तकमा नवरस प्रयोग गरी सुन्दर कृतिका रूपमा स्वर्णिम धुन तयार पार्नुभएको छ  मुक्तकारले। प्रकाशकीय भना राख्नुभएको छ पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा सरले। १०१ उम्दा मुक्तक  संङ्ग्रहभित्र समावेश छन्। क्रम संख्या १ मा रहेको पहिलो यो मुक्तक ,                

१)  खबरदार शक्तिको मात्रै भक्ति गर्नेहरू ,  

पैसाकै वरपर मात्र सधै फूल छर्नेहरू ।

अवश्य ढल्ने छौ एक दिन रावणजस्तै,

सत्य मारेर असत्यको घडा भर्नेहरू।

अहिलेको राजनीतिप्रतिको कडा व्यंग्य छ यस मुक्तकमा।  

क्रम संख्या ४६ मा  भने मुक्तकार प्रेमिल बन्नुभएको छ ।  

४६)  देखेपछि तिमीलाई समाजको डर भाग्छ ,

नदेख्दा कतै तिमी मनभरि छटपटी जाग्छ ।                                        

देखेको छु थरिथरिका फूलहरू फुलेको मैले ,          

ती फूलभन्दा मलाई तिम्रो मुस्कान प्यारो लाग्छ ।

क्रम संख्या ५० मा रहेको मुक्तकले राष्ट्रिय  प्रेम बोलेको छ।                  

५०) आफूभन्दा पनि मलाई नाम प्यारो लाग्छ  ,  

आफू जन्मेको सुन्दर गाम प्यारो लाग्छ  ।

प्यारो लाग्ने जिन्दगीमा कुरा धेरै छन्  ,

तीभन्दा नेपाल जस्तो धाम प्यारो लाग्छ ।

समाजमा रहेका बिभिद मान्छेको सोच र चरित्रलाई  उद्वरण गरेको छ क्रम संख्या ८० मा रहेको यो मुक्तकले ।                     

८० )  माया गर्ने मान्छेको लर्को  यहीँ छ  ,

गाली गर्ने मान्छेको झर्को यहीँ  छ   ।

लर्को, झर्को र फर्को बिचबिचमा  ,  

फाइदा उठाउने दुष्ट अर्को यहीँ  छ ।  

नेताहरूको कुर्सी बद्लियो मान म्मानको कद अग्लियो । तर ,देश र जनताप्रतिको जिम्मेवारी  बहन नेताले गरेनन्। उ नीद्मरहेको पुरानो हैकमवादी सोच बद्लिएन भन्दै खबरदारी गरेका छन् मुक्तकारले क्रम संख्या ८८ मा।                                          

८८ )  कद अग्लियो तर विचार अग्लिएन  ,

ढुङ्गा पग्लियो तर मन पल्लिएन  ।  

रगतमै बग्ने रहेछ हैकमवादी सोच  , 

पत्र बद्लियो तर प्रवृत्ति बद्लिएन। 

आवरणको पछिल्लो पृष्ठमा  प्राज्ञ  वियागी बुढाथोकी लेख्नुहुन्छ – स्वर्णिम धुन नामै काफी छ। यसभित्रका मुक्तक पढ्दै जाँदा  पढौं –पढौं लाग्ने हृदयस्पर्शी , मनमोहन र हृदयलाई उद्धेलित गर्ने क्षमताका शब्दहरूलाई सलाम भन्न मन लाग्छ भन्दै शुभकामना दिनुभएको छ। समग्रमा  स्वर्णिम धुनभित्रका मुक्तकहरू चोटिला , पोटिला र  च्वास मन छुने छन्। मुक्तकले जीवन र जगतका सम्पूर्ण  मुद्दा  उठाएको छ। यो सुन्दर कृतिका लागि मुक्तककार सूर्यप्रसाद लाकोजूप्रति हार्दिक शुभकामना र बधाई ।     
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस