रुझेका आँखा
१६ चैत्र २०७७
•
१ मिनेट पाठ
रुझेका आँखा
विष्णुमायाले गर्भे टुहुरो छोरो हुर्काइन् । बाबु बितेको चार महिनापछि हरिलाल जन्मेका थिए। छोरो हुर्काउँदा विष्णुमाया सुकुम्बासी भएकी थिइन् । सम्पत्तिको नाममा छोरोबाहेक उनीसँग केही थिएन।




हरिलालले नेपालीमा विद्यावारिधि गरे। उनले डा.हरिलाल लेख्न थाले। उनलाई डा. उपाधि गुथाउन उनकी आमाले कति पापड बेल्नुपर्यो त्यो त हरिलाललाई पनि थाहा थिएन।  

हिजोआज गाउँघर जताततै विष्णुमायाको गुणगान नगाउने मान्छे भेटिन्नन् । उनी पनि प्रफुल्ल छिन् । विगतलाई कोट्याएर दुःखी हुन पटक्कै चाहन्नन् ।

समयसँगै हिँड्न सकिन विष्णुमाया । छोराको बिहे गर्न चारैतिर कन्या खोजिन् । देखेर हुँदैन लेखेको चाहिन्छ भन्छन् हो रहेछ।

हरिलालको विवाह भयो । हरिलाल कलेजमा पढाउँथे भने फुर्सदमा यसो पुरेत्याइँ पनि गर्थे। सबैले उनलाई ठुलो विद्वान मान्थे।

बुढेसकालमा बुहारी पढाएर के दुःख बेसाएको होला भन्थे गाउँले। तर, उनले कसैको कुरा सुनिनन् । तिललाई पहाड बनाएर एक दिन सासूबुहारीको भनाभन भएछ ।

सानी नानीको पो निहुँ रहेछ भन्थे छरछिमेकीले।

हरिलाललाई आमाको कुरा जहर हुन थाल्यो । दुलहीका कुरा सुनेर बेलाबेला आगो हुन्थ्यो । चित्त नबुझे आमा पनि किन पानी हुन्थिन् र । स्वर्ग बनाउन पो समय लाग्दो रहेछ । नर्क हुन त केहीबेर नै नलाग्ने।

साँझमा विष्णुमायाको गेटमा एउटा ट्याक्टर आएर अडियो । छिनभरमै सरसामान भरेर हरिलालका परिवार घर छोडेर हिँडे । हरिलालले आमालाई गयौँ पनि भनेनन्। विष्णुमाया रुझेका आँखाले ट्याक्टर गएको बाटो देखुन्जेल हेरिरहिन् ।उनका आँखा कहिल्यै ओभाएनन् ।
अर्को समाचार
रुझेका आँखा
२० फागुन २०७७
•
१ मिनेट पाठ
रुझेका आँखा
विष्णुमायाले गर्भे टुहुरो छोरो हुर्काइन् । बाबु बितेको चार महिनापछि हरिलाल जन्मेका थिए ।छोरो हुर्काउँदा विष्णुमाया  सुकुम्बासी भएकी थिइन् । सम्पत्तिको नाममा छोरोबाहेक उनीसँग केही थिएन।




हरिलालले नेपालीमा विद्यावारिधि गरे। उनले डा. हरिलाल लेख्न थाले। उनलाई डा. उपाधि गुथाउन उनकी आमाले कति पापड बेल्नुपर्यो । त्यो त हरिलाललाई पनि थाहा थिएन।

हिजोआज गाउँघर जताततै विष्णुमायाको गुणगान नगाउने मान्छे भेटिन्नन् । उनी पनि प्रफुल्ल छिन् । विगतलाई कोट्याएर दुःखी हुन पटक्कै चाहन्नन् ।

समयसँगै हिँड्न सकिन विष्णुमाया । छोराको बिहे गर्न चारैतिर कन्या खोजिन् । देखेर हुँदैन लेखेको चाहिन्छ भन्छन् हो रहेछ।

हरिलालको विवाह भयो । हरिलाल कलेजमा पढाउँथे भने फुर्सदमा यसो पुरेत्याइँ पनि गर्थे । सबैले उनलाई ठुलो विद्वान मान्थे। बुढेसकालमा बुहारी पढाएर के दुःख बेसाएको होला भन्थे गाउँले । तर, उनले कसैको कुरा सुनिनन् । तिललाई पहाड बनाएर एक दिन सासू र  बुहारीको भनाभन भएछ।

सानी नानीको पो निहुँ रहेछ भन्थे छरछिमेकीले।

हरिलाललाई आमाको कुरा जहर हुन थाल्यो । दुलहीका कुरा सुनेर बेलाबेला आगो हुन्थ्यो । चित्त नबुझे आमा पनि किन पानी हुन्थिन् र । स्वर्ग बनाउन पो समय लाग्दो रहेछ । नर्क हुन त केहीबेर नै नलाग्ने ।

साँझमा  विष्णुमायाको गेटमा एउटा ट्याक्टर आएर अडियो । छिनभरमै सरसामान भरेर हरिलालका परिवार घर छोडेर हिँडे । हरिलालले आमालाई गयौँ पनि भनेनन् ।

विष्णुमाया रुझेका आँखाले ट्याक्टर गएको बाटो देखुन्जेल हेरिरहिन् ।उनका आँखा कहिल्यै ओभाएनन् ।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस