गिद्ध रेस्टुरेन्ट
१८ चैत्र २०७७
•
४ मिनेट पाठ
गिद्ध रेस्टुरेन्ट

 हरिप्रसाद भण्डारी  

 




बुबाआमाको कुरा सुनेर म बिउँझिएँ । बहिनी अझै उठेकी थिइन । बुबाले आमासँग ‘आज सपरिवार गिद्ध रेस्टुरेन्टमा जाने’ कुरा गरिरहनुभएको थियो ।  

उज्यालो भइसकेको थियो । छेउछाउका रूखमा बसेका चराचुरुङ्गीहरू बिउँझिएर चिरबिराइरहेका थिए । साहै्र रमाइलो थियो बिहानको वातावरण ।

हामी गिद्ध जातिका चरा हौँ । ठूलो रूखको टुप्पोमा हाम्रो गुँड छ । गुँडबाट टाढाटाढासम्म देखिन्छ । परिवारमा बा, आमा, बहिनी र म छौँ । बहिनी र म सानै छौँ, त्यसैले हाम्रो सबै हेरविचार बाआमाले गरिरहनुभएको छ ।  

सधैँ यस बेला बाआमा बाहिर जानुहुन्थ्यो र एकैछिनपछि चारो लिएर आउनुहुन्थ्यो । हामी रमाईरमाई चारो खान्थ्यौं र दिनभरि आनन्दले बस्थ्यौं ।  

हाम्रा प्वाँख पनि नजिकनजिक उड्न सक्ने गरी उम्रिसकेका छन् । दिनमा एक–दुईचोटि उडेर ओल्लोपल्लो रूखमा पनि जान्छौँ । त्यसरी उड्दा साह्रै रमाइलो लाग्छ ।

आज बुबाले हामीलाई पनि बाहिर लैजाने कुरा गरेको सुनेर खुसी लाग्यो । तर यो रेस्टुरेन्ट भनेको के हो ? मलाई केही थाहा भएन । बुबासँग सोध्नै लागेको थिएँ । आमाले नै सोध्नुभयो—हामी गिद्धहरूका लागि रेस्टुरेन्ट खुलेका छन् । त्यहाँ पेटभरि खान पाइन्छ । यो गिद्ध रेस्टुरेन्ट हाम्रा लागि मान्छेले खोलिदिएका हुन् ।

आमाले फेरि जिज्ञासा राख्नुभयो— तर, उनीहरूले हाम्रा लागि किन खोलिदिएका ? मैले त कुरै बुझिनँ !

–पहिलेपहिले मान्छेहरू हाम्रो वास्ता गर्दैनथे । फोहोरी चरा भनेर घृणा गर्थे । सके मार्थे पनि । तर, अहिले मानिसहरू हामीलाई माया गर्न थालेका छन् । हामीलाई मार्नु हुुन्न, बरु हाम्रो सङ्ख्या बढाउनुपर्छ भन्न थालेका छन् ।

बुबा भन्दै जानुभयो— सिमललगायतका ठूला रूख नकाट्नू भनेर सरकारले पनि कडाइ गरेको छ । ठूला रूख काटियो भने हामीले गुँड बनाउन पाउँदैनौँ भन्ने चिन्ता छ मानिसहरूलाई । ‘हामीले खाने आहारा राम्रो भएन, विषादी खाएर मरेका पशुको सिनो खाएर बिरामी परयौं, अकालमा मरयौँ’ भनेर हाम्रो सुरक्षा र संरक्षणका लागि मानिसहरूले नै ठाउँठाउँमा गिद्ध रेस्टुरेन्ट खोलिदिएका हुन् ।”

– कस्तो हुन्छ बुबा त्यो रेस्टुरेन्ट ? अलि बुझिने गरी भन्नोस् न । मलाई त खसखस लाग्यो । मैले मनको कुरा खोलेर सोधेँ । मेरो कुरामा आमाले पनि समर्थन जनाउनुभयो ।

–एकान्त जङ्गलमा मरेका वा कहिलेकाहीँ बूढा पशुहरूलाई मारेर पनि राखिदिन्छन् । त्यहाँ राखिएको मासु खाँदा कुनै खतरा हुँदैन । जति खाए पनि हुन्छ । हो, त्यही ठाउँलाई गिद्ध रेस्टुरेन्ट भनिन्छ । अब त बुझ्यौ ?

बुबाका कुरा सुनेर आमाले भन्नुभयो— बुझ्न त बुझियो । तर, हामी गिद्ध बाँचे पनि मरे पनि के चासो हुन्छ र मानिसलाई ? पहिलेपहिले त बिनाकाम पनि गोली हानेर मार्थे, ढुङ्गा र गुलेलीले हानेर हैरान पार्थे । अहिले कहाँबाट त्यस्तो राम्रो बुद्धि आयो मानिसहरूमा ?

–हाम्रो मायाले होइन, आफ्नै कारणले । पहिलेपहिले मानिसहरूलाई वातावरणप्रति त्यति चासो थिएन । जे गरे पनि हुन्छ भन्ने थियो । मानिसको त्यस्तो व्यवहारले दिनदिनै वातावरण बिग्रँदै गयो । त्यसैले वातावरण संरक्षणका लागि पनि हामीलाई बचाउनु जरुरी छ ।

“त्यो कसरी नि ?” बुबाका कुरा सुनेर आमा छक्क पर्नुभयो ।

– हेर, हामी फोहोर, सडेगलेको सिनो खान्छौं । त्यसले गर्दा वातावरण फोहोर हुन पाउँदैन । हामी भएनौँ भने त्यस्तो सडेगलेको सिनो खाने जीव हुँदैन । वातावरणीय सन्तुलन बिग्रन्छ । मानिसहरू बिरामी पर्छन् । त्यसैले हामीलाई प्राकृतिक कुचीकार पनि भन्छन् नि । पहिले मानिसहरू सर्पलाई देख्नेबित्तिकै मारिहाल्थे । नबुझ्नेहरू त अहिले पनि मार्छन् । तर, अहिले सर्पलाई मार्न हुन्न भन्न थालेका छन् । सर्पले पनि दूषित हावा आफूले लिएर वातावरणलाई सफा बनाउँछन् रे !

“अचम्मको कुरा सुनाउनुभयो ! मलाई त केही थाहा थिएन । यस्तो नयाँ कुरा कसरी थाहा पाउनुभयो ?”

“यी कुरा साथीहरूले गफगर्दा थाहा पाएको हुँ मैले पनि । यसो जान्ने साथीभाइहरूसँग छलफल ग¥यो भने यस्ता कुरा थाहा पाइन्छ ।”

“हैन, कुरा मात्रै गरेर हुँदैन, नानीहरू भोकाइसके, जाऊँ हिँड अब ।” बुबाले प्रसङ्ग बदल्नुभयो ।

“यिनलाई पनि लैजाने र !”

“लैजानुपर्छ । अब यिनीहरूका प्वाँख पनि उम्रिसकेका छन् । उड्न पनि सिकाउनुपर्छ ।”

“उति टाढा उड्न त सक्लान् र ! सानै छन् ।” आमाले भन्नुभयो ।

“सक्छन्, त्यति टाढा छैन । नसके बीचमा आराम गर्दै जाउँला नि ।”  

बुबाको कुरामा आमालाई पनि मन परयो । उहाँका कुरा मलाई पनि औधी रमाइलो लागिरहेका थिए ।  

त्यतिबेलासम्म बहिनी पनि उठिसकेकी थिई । उसले पखेटा फटफटाई र आमातिर हेरेर ‘भोक लाग्यो’ भन्दै गनगन गर्न थाली ।

“भोक लाग्यो ? त्यसो भए जाऊँ हिँड रेस्टुरेन्टतिर ।” हाँस्दै आमाले भन्नुभयो ।  

सुरुमा त उसले आमाको कुरा बुझिन । पछि कुरा बुझेर बहिनी पनि खुसी भई । त्यसपछि बुबा अघि लाग्नुभयो । बुबाका पछिपछि हामी पनि गिद्ध रेस्टुरेन्टतिर लाग्यौँ ।

त्यो दिन मलाई ज्यादै रमाइलो महसुस भइरहेको थियो ।

(चरीका रमाइला कथाबाट !)

अर्को समाचार
गिद्ध स्थानान्तरण
२२ कार्तिक २०७९
•
२ मिनेट पाठ
गिद्ध स्थानान्तरण
गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ। चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो।  




प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जङ्गलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जङ्गलमै छाड्नका लागि स्थानान्तरण गरिएको हो। संरक्षण विज्ञ डिबी चौधरीका अनुसार कसरामा सन् २००८ देखि हुर्काइएका माउ एवं चल्ला गिद्ध कावासोतीस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा खोलिएको जटायु रेष्टुरेन्ट नजिकबाट प्रकृतिमा (जङ्गलमा) छाड्नका लागि तयारी गरिएको छ।

कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई अहिलेसम्म जङ्गलमा छाडिसकिएको छ। जङ्गलमा छाडिएका गिद्धको गणना गर्न ढाड र खुटामा सेटलाइट ट्याग लगाएर छाडने गरिएको संरक्षणविज्ञ चौधरीले बताए। ‘खुट्टामा नम्बर ट्याग र ढाडमा सेटलाइट ट्याग लगाइएको छ’, उनले भने ‘यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ।

अहिले ल्याइएको गिद्धलाई आगामी मार्च महिनामा जङ्गलमा छाड्ने तयारी गरिएको छ। जङ्गलमा छाड्नुभन्दा अगाडि तिनीहरूलाई प्रकृतिमा बाँच्न, आहारा खोज्न, मौसमअनुसार बस्न अभ्यस्त गराउने गरिएको छ।  

लोपोन्मुख गिद्धको संरक्षण गरेर सङ्ख्या बढाउन भन्दै विसं २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेष्टुरेन्ट सुरु गरिएको हो। त्यो रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ। नेपालबाट सुरु गरिएको गिद्ध प्रजनन केन्द्र र जटायु रेष्टुरेन्ट प्रोजेक्ट संसारमै सफल मानिएको छ। नेपालमा अहिलेसम्म ५९ वटा गिद्ध प्रजनन केन्द्रमा हुर्काएर जङ्गलमा छाडिएको छ।  

जङ्गली ४०  गिद्ध समातेर सेटलाइट ट्याग लगाएर जङ्गलमै छाडिएको छ। लोपोन्मुख गिद्ध संरक्षणको अभियानस्वरुप नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छ। नेपालमा पाइने गिद्धमध्ये जटायु रेष्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको बासस्थान रहेको छ। नेपालभर करिब १५ हजारको सङ्ख्यामा गिद्ध रहेको अनुमान गरिन्छ।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस