राजधानीमा भएको कार्यक्रममा वनिता साहित्यिक पत्रिकाले नेपाली भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा विशेष योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरु र फरक क्षमता भएका स्रष्टाहलाई पुरस्कृत र सम्मानित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले डा.भोला रिजाललाई माला, खादा र अभिन्नदनपत्र सहित अभिनन्दन गरेका थिए। पुरस्कृत हुने स्रष्टाहरूमा विजय चालिसे, नारायण तिवारी, ध्रुव मधिकर्मी र सात वर्षीय बालक प्रशन्न श्रेष्ठ लगेका। प्रशन्न श्रेष्ठलाई वनिता जलेश्वरी बालप्रतिभा पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो।
कार्यकक्रममा अभिनन्दित, पुरस्कृत र सम्मानित हुने स्रष्टाहरू वनिताश्री साहित्य रत्न सम्बुद्ध बहुआयमिक अभिनन्दन २०७७ डा. भोला रिजाल रहेका थिए। देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०७५ (१०,०००) राशिसहित बालसाहित्यकार विजय चालिसे (२०७६), बालसाहित्यकार वशुश्री पाण्डे (२०७७), वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान (५,००० राशिसहित) समालोचक डा. गोपाल भण्डारी (२ं०७६), समालोचक डा.गोविन्दराज भट्टराई (२०७७) रहेका थिए।
त्यसैगरी वनिताश्री देवकुमारी कथा विशिष्ट सम्मान पुरस्कार २०७० कथाकार नारायण तिवारी ९२०७६०, कथाकार धु्रव मधुकर्मी (२०७७), व्यथित काव्य वनिताश्री पुरस्कार २०७५ कवि अनिल पौडेल (२०७६) र कवि दीपा एवाई (२०७७) रहेका थिए।
भद्रकुमारी–प्राडा उषा ठाकुर भाषा विशेष वनिता सम्मान/पुरस्कार (१०,१०० राशिसहित) साहित्यकार विक्रममणि त्रिपाठी (२०७६) र साहित्यकार रुमी लस्कर बोरा (२०७७), वनिता बहुआयामिक रञ्जुश्री–दामोदर पुरस्कार (५,५०० राशिसहित) पवन आलोक (कँडेल) २०७७ (पहिलोपटक) रहेका थिए।
वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार (१०,००० राशिसहित) साहित्यकार, अनुवादक महेश पौडेल (२०७६) र संगीतकार हरिशरण सायमी (२०७७) , वनिताश्रीे उन्नती गीतसंगीत पुरस्कार २०७५ (५,००० राशिसहित) सुधा पाल्पाली (२०७६) र अञ्चित ढुंगाना (२०७७), वनिता विशेष वसुश्री–मधु पुरस्कार (५,००० राशिसहित) गायिका सरिता शाही (२०७६) र कृतिका लागि साहित्यकार केदार संकेत सुनुवार (२०७७) रहेका थिए।
वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार २०७५ (५००० राशिसहित) बहुआयमिक बालक प्रशन्न श्रेष्ठ (२०७६) र सुमला राई र केशवप्रसाद पौडल (२०७७) संयुक्त रहेका थिए। वनिताकी सम्पादक प्रकाशक लक्ष्मी उप्रेतीको सभापतित्व र वरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ सरितले सञ्चालन गरेको सो कार्यक्रममा भद्रकुमारी घले, विजय चालिसे, डा.भोला रिजाल, महेश पौड्याल र प्राडा उषा ठाकुरले आआफ्नो मन्तव्य राखेका थिए।
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्।
भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।
त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।
यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।
उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।
वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।
शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।
लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...