चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने
१० वैशाख २०७८
•
१ मिनेट पाठ
चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन्। 




कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिए।  

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तर्राष्ट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए। चलचित्र विकास सङ्घका अध्यक्ष आकाश अधिकारीले सरकारले नेपाली चलचित्र क्षेत्रको विकास गर्न वार्षिकरुपमा कार्यक्रम ल्याउनुपर्ने तथा नेपाली चलचित्र अन्तर्राष्ट्रियकरण गर्न पहल गर्नुपर्ने बताए।  

कलेजका संस्थापक डा मञ्जु मिश्रले महोत्सवले अफ्रिका र नेपालबीच थप घनिष्ठ सम्बन्ध स्थापना हुने र दुई देशलाई नजीकबाट बुझ्न थप सहयोग पुग्ने बताइन्। तीन दिनसम्म चल्ने महोत्सवमा नौ अफ्रिकीसहित केही नेपाली चलचित्र प्रदर्शन गरिने जनाइएको छ।
अर्को समाचार
फिल्म बन्यो तर रिलिज गर्न कठिनाइ
१६ साउन २०७७
•
२ मिनेट पाठ
फिल्म बन्यो तर रिलिज गर्न कठिनाइ
प्रदर्शनको तयारीमा रहेको चलचचित्र दयारानी । कोभिड–१९ को महामारीकै कारण लामो समयदेखि हलहरु बन्द छन् । चलचित्र क्षेत्र ठप्पै छ । तस्बिर : नागरिक
नेपाली फिल्मी क्षेत्रमा व्यस्त हुँदै आएका पोखरेली चलचित्रकर्मी माओत्से गुरुङ यतिबेला घरगाममै व्यस्त छन् । बनाएको चलचित्र थन्किएको छ । चलचित्र प्रदर्शन र रिलिज गर्ने दिन कुर्दाकुर्दै चलचित्र निर्माता समेत रहेका गुरुङको दिनचर्या घरसँगै रहेको करेसाबारीमा बित्छ । उनी भन्छन्, ‘चलचित्र क्षेत्र पूर्ण रुपमा ठप्पै छ । त्यसैले दिन करेसाबारी हेर्दै, गोड्दैमा बित्छ ।’ आफैं पनि चलचित्रको विभिन्न भूमिका देखिने गुरुङको घरायसी कामकाजमै दिन कट्छ ।




उनको भनाईमा मानव जीवनको अभिन्न पाटो मनोरन्जन भने ठप्पै छ । बनेका चलचित्र हलमा प्रदर्शन हुनै सकेका छैनन् । दर्शकले पनि मनोरन्जन लिन चलचित्र हेर्न हलसम्म पुग्नसक्ने अवस्था छैन । बनाइएको चलचित्र दर्शकसम्म पुर्‍याउन नपाउँदा मानसिक तनाव एकातिर छ । मानसिक तनाव कम गर्न यतिबेला नेपाली चलचित्रका पोखरेली हस्ती गुरुङ भने करेसाबारीमा दिन बिताउन थालेको पनि चार महिना बढी भईसक्यो । ‘बनेको फिल्म हलमा प्रदर्शन गर्न पाइएको छैन । मिति तय गरियो । तर लकडाउनले प्रदर्शन रोकियो’ दयारानी फिल्मका निर्माता गुरुङले भने, ‘यो महामारीको अन्त्य नहुँदासम्म चलचित्र हलमा प्रदर्शन गर्न गाह्रो देखिएको छ ।’ उनको भनाई अनुसार आफूले बनाएको चलचित्र दयारानी रिलिज गर्न सकिएको छैन ।

पोखरा र गुरुङ समुदायको बस्ती रहेको कास्कीको पुरानो गाउँ याङजाकोटमा छायाँकन गरिएको चलचिल दयारानीलाई रिलिज गर्ने योजना बुन्दाबुन्दै गुरुङले साढे चार महिना बिताए । भन्छन्, ‘अझै कति समय यसरी नै बस्नुपर्ने हो । यकिन छैन । लकडाउन खुकुलो भएको छ तर चलचित्र छायाँकन र हलमा दर्शक आउने दिनको प्रतीक्षा गर्नुपर्छ ।’ उनको बुझाई अनुसार चलचित्रको छायाँकन र दर्शक हलसम्म आउने अवस्था महामारीको अन्त्य नै हो । उनका अनुसार हलमा दर्शकको संख्या आधा राखेर वा सामाजिक दूरी कायम गराउने भन्ने विषयमा छलफल पनि भईरहेको छ । ‘चलचित्र निर्माता, वितरक, हल सञ्चालक कलाकर्मीसँग कसरी देखाउन सकिन्छ भनेर बसेर छलफल गरी निचोड निकाल्नुपर्छ ।’ उनको भनाई थियो ।

चलचित्र क्षेत्रलाई सामान्यतय चलायमान बनाउन हल मात्रै खोलेर नहुने उनको भनाई छ । ‘दर्शक ढुक्क भएर चलचित्र हेर्ने अवस्था नभईन्जेल चलचित्र (मनोरन्जन क्षेत्र) क्षेत्र चलायमान हुने अवस्था देखिदैन् ।’ उनको भनाई थियो । चलचित्रकर्मी निर्धक्क भएर छायाँकनमा फर्किनुपर्छ । हलमा दर्शकले पनि ढुक्क भएर हेर्ने वातावरण बन्नुपर्छ । मानसिक त्रसित हुँदै हलसम्म दर्शक पुग्ने अवस्था रहँदासम्म चलचित्र चलायमानको अबस्थामा नफर्किने उनको बुझाई छ । माओत्से गुरुङ फिल्मस प्रा.लिको व्यानरमा बनेको चलचित्र दयारानीमा दयाहाङ, डिया पुन, बुद्धि तामाङ, विजय बराल, नयन गुरुङ, पुष्कर गुरुङ लगायतका कलाकारले अभियन गरेका छन् ।

हल पनि तत्काल खुल्ने अवस्थामा छैनन् । सबैभन्दा ठूलो स्वास्थ्य हो । स्वास्थ्यप्रतिको सचेतता अपनाउनु पर्छ । हल खुलाउँदा अझ जोखिम बढ्ने हो कि भन्ने पिर अर्कोतिर छ । ‘सरकारले हल चलाउनोस भनेर मात्रै हुदैन ’ हल सञ्चालक उत्तम द्वा भन्छन्, ‘निर्माता र वितरणले फिल्म दिनुपर्छ ।’ निर्माता र वितरकले फिल्म नदिएसम्म हल खोलेर मात्रै अर्थ नराख्ने उनले सुनाए । उनको भनाई अनुसार निर्माता र वितरक बीच सामूहिक समझदारी हुनु जरुरी छ ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस