आमाको पेन्सन
२१ वैशाख २०७८
•
२ मिनेट पाठ
आमाको पेन्सन

त्रिपुरा पोखरेल (खरेल) 

 




चालिस कटेसी जन्माएको छोरो भएर होला आमा  भगवानलाई असाध्यै माया गर्थिन्। उसलाई कुनै कुराको अभाव हुन दिइनन्। सायद आमाको अगाध मायाको प्रभावले होला उसले पढन सकेन।

भगवान् स्कुल नगएर घरमा नै खेलेर बस्थ्यो। स्कुल जाने उमेरमा यसरी बराला भएर हिंडेको देख्दा तिनका देवरले भने , ‘ भाउजू, तपाईंको बुढेसकालको पुतालाई स्कुल पठाउने काम गरिहाल्नु त।’

‘देवर बाबु, कान्छो पिण्ड रोगी जत्तिकै छ। यसलाई स्कुल पठाउने कुरा नगर्नुस् ।’ तिनले आफूसँग लेप्पासिन आएको भगवानलाई अँगालोमा कसिन्।

समयको रफ्तारसँगै आमा बूढी भइन् । उनको पति हङकङ आर्मीबाट सेवा निवृत्त भएको केही वर्षमै यो संसारबाट बिदा भए। छोराहरूको अंशवण्डा भयो। आमाले  बुढेसकाल बिताउनका लागि भगवानलाई रोजिन्। अरू सन्तानहरूले आआफ्नो सुतीथाती गर्न लागे।  सानैदेखि अर्काले मुखमा गाँस हालेपछि मात्र निल्ने बानी बसेको भगवानको स्वभाव , उमेर पुगेपछि पनि बीसको उन्नाइस भएन। बेकामे भएपछि उसको संगत पनि त्यस्तैहरूसँग हुन गयो। बिहान उठेदेखि उसको बास भट्टीमा हुन्थ्यो।

‘आमा एक हजार देऊ देऊ।’ उसले आमाको पोल्टातिर पैनी दृष्टि लगाउँदै भन्यो।

‘एकाबिहानै कुकुरले आची पनि नखाई तँलाई किन रुपियाँ चाहियो ।’ अरू बेला भए उसको वचन  भुइँमा नझरी रुपियाँ दिइहाल्थिन्। तर, आज पूजापाठ गर्दै गरेको बेला पोल्टाबाट रुपियाँ दिन मन गरिनन्।

उसले  जबर्जस्ती आमाको पोल्टाबाट भए जति रुपियाँ खोसेर लग्यो। आमा आफूले माया गरेको छोराले आफूप्रति गरेको दुव्र्यवहार सम्झिदै दिनभरि आँसु बगाइरहिन्।

भोलिपल्ट दिउँसो भगवान् एउटी राम्री केटीलाई लिएर आमाको सामु उभियो। बुहारी ल्याएपछि आमा दङ्ग परिन्। तिनको  बुहारी हेर्ने घिडघिडो पूरा भयो।

सोमबार आमा कौसीमा घाम तापेर बसिरहेकी थिइन्। भगवानकी स्वास्नी आएर आमाको सामु साडी, रसदाना र फलफूल राखेर ढोगी।  तिनी मक्ख परिन् ।

‘आमा बैक म्यानेजरले तपाईंलाई बोलाएको छ।उसले तपाईंको स्वीकृति माग्छ । बुहारीलाई रुपियाँ झिक्ने अधिकार दिएँ भन्नु। म महिनैपिच्छे रुपियाँ झिकेर तपाईंलाई दिन्छु।’ छोरो दैलोमा उभिएको थियो।

भोलिपल्ट बैंक गएर तिनले कागजमा हस्ताक्षर गरिदिइन्। महिनौं बिते। तर,तिनले आफ्नो पेन्सन पाइनन्। एकदिन आँट बटुलेर बुहारीसँग पेन्सन मागिन्। छोराले अगाडि आएर करायो, ‘पेन्सन जति तिम्रो खानपानमा सकियो। रुपियाँ चाहिन्छ भने दाजुहरूसँग माग्नु।
अर्को समाचार
आमाको शव लुकाएर सवा करोड पेन्सन खाने छोरो रंगेहात पक्राउ
१० मंसिर २०८२
•
१ मिनेट पाठ
आमाको शव लुकाएर सवा करोड पेन्सन खाने छोरो रंगेहात पक्राउ
इटालीमा ५६ वर्षीय छोराले तीन वर्षअघि मृत्यु भएकी ८५ वर्षीया आमा ग्राजिएला डाल'ओग्लियोको पेन्सन लिन अपनाएको तरिका चर्चामा छ। उनले शव घरमै तन्ना र स्लीपिङ ब्यागमा बेरेर लुकाए र उनकै भेषमा हिँडेर पेन्सन बुझ्दै आएका थिए।  




उनले १९७० को शैलीको ब्लाउज, लामो स्कर्ट, लिपस्टिक, नेलपालिस, मोतीको हार र झुम्का लगाएर आमाको पूरा रूप बनाउँथे। परिचयपत्र नवीकरण गर्न रजिस्ट्री कार्यालय जाँदा पनि यही भेषमा पुग्थे। तीन वर्षसम्म कसैले चाल पाएनन्।  

हालै एक कर्मचारीले घाँटी बाक्लो देखे, हातको छाला र चाउरी ८५ वर्षीया महिलाको जस्तो नभएको र कहिले पुरुषजस्तो आवाज आएको शंका गरे। पुरानो तस्बिरसँग दाँज्दा सत्य बाहिरियो।  

अधिकारीले फेरि ‘आमा’लाई कार्यालय बोलाए। छोरा फेरि त्यही भेषमा आइपुगेपछि उनलाई तुरुन्तै पक्राउ गरियो। सोधपुछमा उनले सबै कुरा स्वीकार गरे। प्रहरीले घर खानतलासी गर्दा शव फेला पार्‍यो।

यो तरिकाले उनले ९३ हजार अमेरिकी डलरभन्दा बढी अर्थात् एक करोड ३२ लाख ११ हजार रुपैयाँ ठगी गरेका थिए। प्रहरीका अनुसार आमाको मृत्यु प्राकृतिक कारणले भएको देखिन्छ। पोस्टमार्टमपछि पुष्टि हुनेछ।

प्रहरीले छोराको पहिचान सार्वजनिक गरेको छैन। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको प्रहरीले जानकारी गराएको छ। 
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस