आमामय अनुभूतिको साक्ष्य आमा खण्डकाव्य
२७ वैशाख २०७८
•
५ मिनेट पाठ
आमामय अनुभूतिको साक्ष्य आमा खण्डकाव्य

प्रभा भट्टराई आचार्य

हुन्छन्  शब्द  अनेक यो  भुवनमा प्यारा र राम्रा तर




यौटै शब्द छ शब्दकोश भरिकै आमा अहा सुन्दर

साँच्चै ‘आमा’ भन्ने शब्द सुन्नेबित्तिकै  मनको मौसम अचानक नै बदलिन्छ, तरङ्ग उठ्छ, मनमा  सकारात्मक छाल र लहरहरू दौडन्छन् मनभरि र यो सृष्टिलाई धन्यवाद दिन मन लाग्छ, जसले आमालाई जन्मायो आमा नभए शायद जीवन हुन्नथ्यो, जीवन हुन्नथ्यो त शायद केही पनि हुन्नथ्यो । हरेक मानिसको जीवनमा सर्वोपरि भूमिका रहन्छ आमाको। कुनै पनि कविले कुनै न कुनै बेला आमाका बारेमा कविता वा केही न केही लेखेकै हुन्छ, किनकि उसको सबैभन्दा नजिकको र सबैभन्दा गाढा नाता भनेकै आमासित हुन्छ र उसले पहिलोपल्ट देखेको अनुहार र पहिलोपल्ट बोलेको शब्द पनि ‘आमा’ नै हुन्छ।

सन्ततिले आमालाई बुझिदिए, माया गरिदिए, सम्मान गरिदिए आमा हुनुको गौरव अझै दुगुना हुन्छ । एउटी भाग्यमानी र गौरवशाली आमा हुनुहुन्छ इन्दिरा, जसका सुपुत्रले उहाँकै अगाडि, उहाँकै निम्ति काव्य लेखेर हातैमा समर्पण गरिदिएका छन् । यो कति रमाइलो र गौरवमय क्षण होला आमाका निम्ति ?  म कल्पना मात्र गर्न सक्छु, शब्दमा व्यक्त गर्न सक्दिनँ । भाग्यमानी र सम्मानित आमालाई बधाई ज्ञापन गर्दछु, जसले ज्ञाननिष्ठ र कर्मनिष्ठ सन्तान पाउनुभएको छ।

अहिले मेरा हातमा तिनै सन्तान कवि ज्ञाननिष्ठ ज्ञवालीको काव्य ‘आमा’ छ, जसका बारेमा केही लेख्नुपर्ने छ। मलाई यसको चिरफार गर्नु छैन, पूर्वीय–पाश्चात्य काव्यसिद्धान्तका कसीमा घोट्नु छैन, समालोचना गर्नु छैन, गल्ती औंल्याउनु र सच्याउनु पनि छैन, यी सबै कुरा काव्य पाठककहाँ पुगेपछि स्वतः हुँदै जालान् । म खालि पठन र आस्वादनपछिको अनुभूति मात्रै व्यक्त गर्न सक्छु अहिलेलाई।

प्रस्तुत काव्य आठ सर्गमा विभाजित छ । कविले प्रत्येक सर्गलाई एकएक शीर्षक दिएका छन्, जसबाट यस सर्गभित्र के पढ्न पाइन्छ ? भन्ने अनुमान पाठकले गर्न सक्छ । अद्वैत वेदान्तका धुरन्धर पिताका पुत्र ज्ञाननिष्ठले  आफ्नो काव्यको आरम्भ पाँच श्लोक मङ्गलाचरणबाट गरेका छन्। कविले  आफ्नो  सर्वस्व भनेकै आमा हुन् भन्दै यसरी  आफ्नो काव्यलाई आमामा समर्पित गरेका छन् 

माता तिमी हौ र पिता तिमी हौ

नाता तिमी नै र संँगी तिमी हौ

विद्या तिमी हौ धनधान्य नै हौ

आमा तिमी शाश्वत सत्य त्यै हौ  

(सर्ग १, श्लोक ५)

दोस्रो सर्गमा आमासँगै नेपाल आमाको समेत महिमागान गरेका छन् । मातृत्त्वको प्रशंसा, सङ्घर्षको चर्चा, त्याग र समर्पणका शृङ्खला, माता र मातृभूमिको श्रद्धा एवं यी सबैप्रतिको कृतज्ञता काव्यमा विषयवस्तुका रूपमा स्थापित भएका छन् ।

‘पापा’भनी भोजन ती खुवाई

‘किरी’भनेरै कमिला चिनाई

‘कका’ भनेरै कखरा सिकाई

‘बोल्छिन्’ नुनु शब्दसँगै सुताई

(सर्ग २, श्लोक १४)

यसरी बालबोलीलाई टिपीटिपीकन कविले बाल्यकालको स्मरण गरेका छन् । साँच्चै बालक जति सानो हुन्छ आमासँगको सम्बन्ध त्यति नै घना हुन्छ भन्ने कुरा कविलाई थाहा छ । बेलाबेलामा कवि नेपाल आमालाई आमासँग एकाकार गराउँदै यसो भन्न पुग्छन् –

आमा तिमीले हिमशैल हाँस्यौ

मेची र काली मनभाझ गाँस्यौ

नसानसामा छहरा छुटायौ

नेपाल सिङ्गै शिरमा उठायौ 

(सर्ग २, श्लोक २७)

तेस्रो सर्गमा ‘अनेक रूपमा आमा’  र चौथो सर्गमा ‘अनेक रूपमा नारी’ शीर्षक दिएर कविले मातृशक्तिको विविधता एवं व्यापकताको चर्चा गरेका छन् । देवताले पनि वन्दना गर्ने आमाको स्थानलाई कवि यसरी सङ्केत गर्छन् –

यशोदा कृष्णकी माता

लीला श्रीकृष्ण गर्दछन्

आमा हुन् ईशकी ईश

सर्वत्र ती प्रणम्य छन्  

(सर्ग ३, श्लोक ५)

आमा विद्या सधैँ उस्तै  

दिन्छन् सुख बराबरी

यसै हो भन्दछन् भानु 

प्रश्नोत्तर गरीगरी

(सर्ग ३, श्लोक ६)

पाचौँ सर्गमा कविले आफ्नी  आमा इन्दिरा देवीको परिचय एवं जीवनवृत्तलाई झ्याउरे लयमा प्रस्तुत गरेका छन्। घर–माइती, छोराछोरी, ज्वाइँ, बुहारी, नातिनातिना, स्वभाव, विचार, संघर्ष आदि अनेकौं सन्दर्भसहित कविले आफ्नी  आमाको चिनारी गराएका छन् पाठकसित –

हे, आमा मेरी इन्दिरा देवी

पाउमा पर्दछु

आशिष पाऊँ भनेर आमा

वन्दना गर्दछु 

(सर्ग ५, श्लोक १)

सृष्टिकी मूल सिर्जना फूल

पाल्पामा जन्मेकी

नौ वर्ष पुग्दानपुग्दै तिमी

डोलीमा अन्मेकी

(सर्ग ५, श्लोक २)

वर्षमा कुनै एउटा दिनलाई मातृदिवस मानेर आमालाई औपचारिकतामा सीमित गर्न नहुने कुरामा कवि अडिग छन् । साँच्चै भन्ने हो भने जीवनका प्रत्येक दिन आमाका निम्ति हुनुपर्छ भन्ने धारणा काव्यमा यसरी आएको देखिन्छ –

एक दिन हैन एक क्षण हैन

सबै दिन सबै क्षण

आमाको पूजा गरौँ है अब

सज्जन सबै गण 

(सर्ग ५, श्लोक २८)

छैटौँ सर्गमा कविले ‘केही सल्लाह’ शीर्षकमा पाठकलाई यसरी सम्बोधन गरेका छन् –

एकातिर घाम साटी 

अर्काेतिर पानी

आमालाई सबै भन्छन् 

‘ममताकी खानी’

(सर्ग ६, श्लोक १)

धर्ती छाडेपछि हैन

ज्यूँँदै लेख्नुपर्छ

आमालाई ‘आमा’ देखी 

काव्य लेख्नुपर्छ 

(सर्ग ६, श्लोक २)

यसरी कविले आफ्नो विचार प्रस्तुत गर्दै आमालाई जीवित छँदैमा माया, मान–सम्मान गर्नुपर्छ भनेका छन्। यसो नगर्दा पछि पछुताउनुबाहेक केही बाँकी रहँदैन भन्ने बलियो धारणा पेस गरेका छन् । साँच्चै यिनै धारणालाई मूर्त रूप दिन कविले यो काव्य तयार पारेका छन्।

सातौँ सर्गमा कवि ‘कोरोना कहर’ शीर्षकमा समसामयिक विषयवस्तुतिर आकर्षित भएका छन्। कोरोनाका कारण आमासँग भेट्न नपाएको साझा दुखेसो कवि यसरी पोख्छन् –

हे, आमा यस्तो कोरोना रोग

विश्वमै फैलियो

डरलाग्दो रोग रहेछ आमा

लाखौंको ज्यान लियो

(सर्ग ७, श्लोक १)

नौ डाँडावारि नौ डाँडापारि

हामीलाई गरायो

चाडपर्व हाम्रा आउँदा नि आमा

भेटघाटै हरायो 

(सर्ग ७, श्लोक २)

फोनमा कुरा गरेर आमा

नियाँस्रो मेटौँला

नमरे बाँचे कालले साँचे

छिटै नै भेटौँला

(सर्ग ७, श्लोक ९)

अन्तिम अर्थात् आठौं सर्गमा ‘समापन’ शीर्षक दिएर कविले आमाको महिमा गायनको निष्कर्ष यसरी प्रस्तुत गरेका  

छन् –

आमाको महिमा गाई

थाक्दैन कवि क्यै पनि

“जननीजन्मभूमिश्च

स्वर्गादपि गरीयसी”

(सर्ग ८, श्लोक २१)

कवि ज्ञाननिष्ठ ज्ञवालीलाई आमा र नेपाल आमाको आशीर्वाद सदैव रहिरहोस्। यस्तै काव्यहरू अझै खारिएर, माझिएर आइरहून्। परिष्कृत र प्राञ्जल लेखनको निम्ति हार्दिक  शुभकामना!
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस