धुम ३ : फिल्म कम सर्कस बढी
०९ पौष २०७०
•
९ मिनेट पाठ
धुम ३ : फिल्म कम सर्कस बढी
लोककथाहरुमा राजकुमारको 'इन्ट्री' वायुपंखी घोडामा हुन्थ्यो। आमिर खान बलिउडका एक 'राजकुमार' हुन्। फिल्म 'धूम ३'मा उनी 'वायुपंखी घोडा'जस्तै दमदार मोटरबाइकमा प्रकट हुन्छन्। दुई सय किलोमिटर प्रति घन्टाको स्पिडमा हुइँकिने बाइकमात्र होइन आमिरले पूरै फिल्म हाँकेका छन्।कथाभित्र पुलिसको चक्रव्यूह तोड्न आमिरले उक्त १२९३ सिसीको बाइक रोजेका हुन्। तर, कतैकतै यस्तो लाग्छ, मानौं उनी तीन सेकेन्डमै सय किलोमिटरको स्पिड लिनसक्ने बाइकमा सवार भएर दुई खान सलमान र शाहरुखका रेकर्डहरुलाई उछिन्न चाहन्छन्।

बलिउडमा 'सय करोड क्लब'को खाता आमिरले नै खोलेका हुन् । सन् २००८ को उनको 'गजनी' घरेलु बजारमा सय करोड भारु कमाउन सफल पहिलो हिन्दी फिल्म थियो । त्यस्तै दुई सय करोड क्लब पनि सन् २००९ मा आमिरकै 'थ्री इडियट्स'बाट सुरु भएको हो । त्यसपछि बक्सअफिस रेकर्डमा आमिरलाई सलमान र शाहरुखले जित्दै आएका छन् ।

'थ्री इडियट्स'पछि रिलिज भएका आमिरका दुई फिल्म 'धोबीघाट' र 'तलाश' सय करोड क्लबमा भर्ती हुन सकेनन् । जबकि सलमानका पाँच र शाहरुखका चार फिल्मले यस क्लबको 'सदस्यता' पाइसकेका छन् । हरेक फिल्मले सय करोड कमाउन थालेपछि सलमान र शाहरुख बलिउडका 'राजा मिदास' नै भए, जे छोए पनि सुन बन्ने ।

बलिउडको 'सामाजिक राजनीति'मा दुई खानभन्दा बढी सफल रहे पनि आमिर 'आर्थिक राजनीति'मा पछि परेका थिए । सायद यही 'पोजिसन' सुधार्न आमिरले 'धूम ३'मा 'सर्कस' देखाएका हुन् । यो 'सर्कस'ले तीन दिनमै 'सय करोड क्लब'को हैसियत पाइसकेको छ ।

यशराज फिल्मस्ले निर्माण गरेको 'धूम ३' अघिल्लो शृंखला बनेको सात वर्षपछि आएको हो । यो सात वर्षको अवधिमा अघिल्ला दुई 'धूम'का पटकथा लेखक विजयकृष्ण आचार्य निर्देशकमा बढुवा भएका छन् । आमिरलाई अभिनय गराएर उनले फिल्मको 'कमर्सियल भ्यालु' त बढाएका छन्, तर कलात्मक पक्षमा ध्यान नदिएकाले फिल्मको 'प्रोडक्सन भ्यालु' भने बढेको छैन ।

फिल्मले बैंकलाई 'संस्थागत भिलेन'को रुपमा प्रस्तुत गरेको छ । हृदय होइन दिमागले चल्ने बैंकको स्वार्थ सिर्पm नाफा कमाउनु हुन्छ । बैंकको यही चरित्रका कारण सिकागोको एक भारतीय जादुगर इकबाल खान (जैकी श्राफ)ले दुःखद अन्त्य बेहोर्छ ।

बलिउडका कमर्सियल भनिने फिल्मकै कच्चापदार्थ 'धूम ३'मा प्रयोग गरिएका छन् । धेरैपटक हेरिसकेका 'सिक्वेन्स'हरु यसमा यथावत छन् । संसारमा धेरैजसो एक्सन फिल्म 'रिभेन्ज' अर्थात् बदलाकै कथामा बनेका हुन्छन् । यसमा पनि बैंकसँग बदला लिन इकबालको छोरो साहिर (आमिर) लुटेरा बन्छ ।

बैंक र बैंकरलाई फिल्ममा अत्यन्त निर्मम देखाइएको छ । जबकि त्यति नै निर्मम यो फिल्मलाई नै मान्न सकिन्छ । फिल्मले दर्शकलाई कुनै पौष्टिक खुराक पस्केको छैन । बजारमा जे सजिलै बिक्छ, त्यही प्याकेज गरिएको छ । यसका निर्माता निर्देशकहरु पनि हृदय होइन दिमाग नै चलाउने र नाफामात्र कमाउन चाहने प्रमाणित भएका छन् ।

फिल्मलाई प्राविधिक र भौतिक रुपमा भव्य बनाउन पैसाको खोलो बगाइएको छ । हलिउडकै फिल्म खिचिने लोकेसन यसमा हेर्न पाइन्छ । क्यामेरा, लाइट, कस्ट्युम, साउन्ड र सेट डिजाइनमा कुनै कन्जुस्याइँ गरिएको छैन । 'मलङ' बोलको एउटै गीतमा पाँच करोड भारु खर्चिएको छ । यस्तै खर्च पटकथा लेखन र रिसर्चमा गरिएको भए यसको 'ड्रामाटिक स्ट्रक्चर' अझ खँदिलो हुन्थ्यो ।

फिल्ममा एउटा मिठो 'सरप्राइज' लुकाएर राखिएको छ । मध्यान्तरतिर खुलासा हुने उक्त रहस्यलाई फिल्म टोलीले अहिले पनि सार्वजनिक गरेका छैनन् । दर्शक आफैँले त्यसको प्रत्यक्ष मज्जा लिऊन् भन्ने चाहना उनीहरुको रहेको बुझिन्छ । त्यो सस्पेन्ससँगै खुल्दै जाने मानवीय सम्बन्धले फिल्ममा 'इमोसनल डाइमेन्सन' थपिदिएको छ ।

पछिल्लो समयमा बलिउडका हिरोहरुलाई आवश्यकताभन्दा बढी बलियो देखाउन थालिएको छ । हिरोहरु जति बलिया हुँदैछन्, उनीहरुबाट मान्छेको गुण त्यति नै घट्दैछ । 'धूम ३'मा पनि साहिर पूर्ण रुपले मान्छेजस्तो लाग्दैन । उसमा पुलिस वा मृत्युको कुनै डर नै छैन । न त ऊ कहिल्यै थाक्छ । ऊ भिडियो गेमको पात्रजस्तो देखिन्छ, एकदम मेकानिकल ।

भुक्तभोगीहरु पूरा अमेरिकालाई नै एउटा जेल मान्छन् । 'धूम ३'मा भने साहिरले अमेरिकाको प्रहरीलाई खुला चुनौती दिन्छ । मास्क नलगाएरै बाइकमा भागे पनि उसको हुलिया प्रहरीले थाहा पाउँदैन । ट्राफिकले ठाउँठाउँमा जडान गरेका सिसिटिभी क्यामेरालाई किन बिर्सिएको होला ? मास्क लगाए आमिर खानजस्तो नै नदेखिने भएर 'लिबर्टी' लिइएको हो कि !

साहिरले पटकपटक बैंक लुट्छन् । तर, बैंकको लकरबाट उसले पैसा कसरी निकाल्छ भन्ने दृश्य चाहिँ एउटै छैन । बंैकका आधुनिक सुरक्षा व्यवस्थालाई उसले कसरी निस्तेज पार्छ ? दर्शकले हेर्न पाउँदैनन् । बरु प्रहरीका गाडीले उसको बाइकलाई लखेट्ने दृश्य पट्यार लाग्ने गरी दोहोर्‍याएको दोहोर्‍याइ गरिन्छ ।

साहिरको चरित्र निर्माणमा जति मिहेनत गरिएको छ, त्यतिको मिहेनत अरु पात्रमा खन्याइएको छैन । त्यसैले आलिया (क्याट्रिना कैफ), इकबाल, जय (अभिषेक बच्चन), अलि (उदय चोपडा), भिक्टोरिया (ट्याब्रेट बेथेल)जस्ता पात्रहरुको भावनात्मक पकड फिल्ममा फितलो छ । तैपनि एकैखाले 'एक्सप्रेसन'ले गर्दा साहिर बनेका आमिर कहिलेकाहीँ 'एक्टर' कम 'ट्रेडमार्क' बढी लाग्छन्।

संसारकै सुरक्षाको ठेक्का लिएर बसेको अमेरिकाले आफ्नो सहरको चोर समात्न भारतबाट दुई प्रहरी जय र अलिलाई मगाउनु हास्यास्पद छ। उनीहरु कुनै चमत्कारी पनि पुष्टि हुँदैनन्। अमेरिकी प्रहरीले गर्न नसक्ने कुनै चर्तिकला ती दुईले देखाउन पनि सक्दैनन्।

कहिले लामो छलाङ लगाउने त कहिले मोटरबोटमा बदलिने साहिरको इच्छाधारी मोटरबाइक अन्त्यमा साइकलजतिकै निरीह किन बन्छ ? त्यतिबेला साहिरले सुरक्षाका औजार र उपकरणहरु किन प्रयोग गर्दैन ? फिल्म मौन छ ।

भारतमा गम्भीर स्वभावका फिल्मभन्दा हावादारी फिल्मले बजार तताइरहेको छ भन्ने तर्कलाई 'धूम ३'ले पारित गरिदिएको छ । यो फिल्मको अर्को नाम केही हुन्थ्यो भने त्यो हो, 'द ग्रेट इन्डियन सर्कस।' सर्कसमा जे पनि सम्भव छ!
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस