सैनिक पत्नी
०७ जेष्ठ २०७८
•
२ मिनेट पाठ
सैनिक पत्नी

पूजा आचार्य  

 




अस्ताउन लागेको घामसँगै

मनको ढुकढुकी बढ्दै जान्छ

हजारौं ख्यालहरूले हृदयमा कोलाहल मचाउँदा

अनजान डरले आँखाहरू स्थिर हुन्छन्

ओठमा मुस्कानले निस्तेजता फैलाउँछ  

न त उनलाई दशैं आउँछ

न आउँछ तिहार

झोला बोकी कहाँ फुर्सद हुन्छ देउसी खेल्न

उनी त तैनाथ रहनुपर्छ सधैं शत्रुको आक्रमण झेल्न

हो म निडर सैनिक पत्नी हुँ  

तर पनि

उनी हतियार बोकी देशको सीमामा पहरादारी गर्दा  

उन्मुक्त आकाशमुन्तिर

घामपानी खपेर

देशको सेवा गर्दा  

कताकता झसंग हुन्छु

देश रक्षाको सट्टा  

उनको रक्षाको शंका  

बित्थामा बोक्ने गर्छु

टिभीको समाचारहरू सधैं

तनाव बोकेर आउँछ्न्  

मेरा लागि

सायद यो हजुरको मनोरञ्जनको साधन हो

मेरा लागि एउटा त्रास फैलाउने यन्त्र बनिदिन्छ

मेरा सपनाहरू छरस्पस्ट पारिदिन्छ।   

तर म जान्दछु,

उनी त वीर हुन्

सच्चा देशभक्त हुन्

अनि फेरि अन्योलमा पर्छु

के यो मेरो भ्रम त होइन !

सांसारिक माया सम्झेर पनि

आफन्त साथीसँगी भएर पनि

समय मिलाउन नसक्ने

कस्तो जिन्दगी

आफ्नो कर्तव्य निर्वाह गर्नै पर्ने

सैनिक बाध्यता

गर्व र तनावको चाकाचुली हल्लिन्छ्न्

मेरा दिन

मेरा रात

घरमा तानाबाना छ्न्

सम्झने समय छैन उनको

वनका बिरुवाझैँ हुर्किन छोडेर नानीहरू

उनी तैनाथ छ्न् देशको नानीको भविष्य सुरक्षित पार्न।

सदैव प्रार्थना गर्छु म नदेखिनेका सामु

उनको सलामतीको

उनको स्वास्थ र सच्चताको  

जस्तै सङ्कटको घडीमा पनि

उनको बहादुरीको स्वाभिमान बोकेर

म जिउने गर्छु

आँगनमा वसन्तको रङ छर्ने गर्छु  

किनकि, म पनि एउटी

उत्सर्गित नारी हुँ  

एक सैनिक पत्नी हुँ ।                             
अर्को समाचार
मृत्यु भएको २७ वर्षपछि अन्त्येष्टि
०४ मंसिर २०७३
•
६ मिनेट पाठ
मृत्यु भएको २७ वर्षपछि अन्त्येष्टि
फिलिपिन्स- फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोसको पार्थिव शरीरलाई शुक्रबार मनिलाको ‘योद्धा वीरहरुको समाधिस्थल’ मा गाडेर अन्त्येष्टि गरिएको छ । मार्कोसकी विधवा पत्नी र थोरै परिवारजनको मात्र उपस्थिति रहेको सो अन्त्येष्टि किरिया कर्म अति सामान्य तरिकाले, हल्ला खल्ला नगरी सैनिक सुरक्षाबीच लगभग गोप्य रुपमा सम्पन्न गरिएको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।




यसअघि, फिलिपिन्सको सर्वोच्च अदालतले ‘मार्कोसको शवलाई सम्मानपूर्वक कुनै पवित्रस्थलमा अन्त्येष्टि गर्न सकिने’ भन्ने आदेश जारी गरेको थियो । लामो समयसम्म शासन गरेका सैनिक तानाशाह मार्र्कोसले फिलिपिन्समा सन् १९७२ मा सैनिक कानुन (मार्शल ल) लागू भएको घोषणा गरी अति कठोर शासन व्यवस्था सञ्चालन गरेका थिए । जनस्तरमा विस्तारै यसको व्यापक विरोध हुँँदै गई सेनाको पनि समर्थन प्राप्त हिंसारहित जनआन्दोलनले १४ वर्षपछि सन् १९८६ मा मार्कोसलाई अपदस्थ गरेको थियो ।

मार्कोसको पतनपछि फिलिपिन्समा राजनीतिक उथलपुथल र विभिन्न पार्टीहरुको सत्तामा पुग्ने होडबाजीका कारण मुलुक अस्थिरताको भुमरीमा नराम्ररी फस्न पुग्यो । यस्तै चरम राजनीतिक भुमरीबीच मार्कोस पलायन भई अमेरिकाको हवाई पुगेका थिए । हवाईमा आफ्नी पत्नी र परिवारसँग बस्दै आएका मार्कोसको सन् १९८९ मा मृत्यु भएको थियो ।

मृत्यु भएको चारवर्षपछि सन् १९९३ मा उनको शवलाई फिलिपिन्स फर्काइ उनकै गृहनगर इलोकोस नोर्टेमा राखियो । अन्तिम श्रद्धाञ्जलि दिन उनका समर्थकहरुलाई सहज होस् भन्ने अभिप्रायले सबैले देख्न सक्ने गरी मार्कोसको शवलाई सीसाको बाकस (ग्लास कफिन) मा राखिएको थियो । मार्कोसको शव राखिएका कारण इलोकोस नोर्टे पनि फिलिपिन्समा पर्यटनको आकर्षक एक प्रमुख गन्तव्य बन्न पुगेको थियो ।

उनलाई सत्ताच्युत गर्न सुरु भएको हिंसारहित जनआन्दोलनको अवधिभर मार्कोसले अतिशय ज्यादति गरी हजारौँ नागरिकलाई बन्दी बनाउने, सयौँको हत्या गर्नेजस्ता जघन्य अपराध गरेका कारण फिलिपिन्सका अधिकांश जनता उनीप्रति आक्रोशित थिए र सधैँभरि उनलाई घृणा गर्थे । यसैको परिणामस्वरुप उनको मृत्युपछि पनि शवको अन्त्येष्टि गर्ने विषयमा जनस्तरमा ठूलो विवाद उत्पन्न भई देशमा शव फर्काएर ल्याएको १९ वर्षसम्म पनि अन्त्येष्टि हुन सकेको थिएन ।

यता, मार्कोसकी विधवा पत्नी इमेल्डा मार्कोस र छोराहरुले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा हालेकामा अन्त्यमा सर्वोच्च अदालतले ‘शवलाई सम्मानपूर्वक कुनै पवित्रस्थलमा अन्त्येष्टि गर्न सकिने’ भन्ने आदेश जारी गरी मुद्दा टुङ्गो लगाइदियो । सर्वोच्च अदालतको आदेशपछि पनि जनआक्रोश भने मत्थर भएको छैन ।

“देशका वीर योद्धाहरुको पवित्र समाधिस्थलमा सँगसँगै तानाशाह र दुष्ट शासकको शव अन्त्येष्टि गर्दा सहिदहरुको अपमान हुने” भन्दै फिलिपिन्सका प्रखर वामपन्थी नेता बोनिफासियो इलागानले “चोरले राति राति गर्ने चोरीकर्म जस्तै सरकारले पनि मार्कोसको शव गाडेको, मार्कोसको सन् १९७२ को मार्शललाई अहिलेको सरकारले अनुशरण गरेको” आरोप लगाए ।

फिलिपिन्सका वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेको स्वर्गीय मार्कोसको परिवारसँग निकट सम्बन्ध रहेको, राष्ट्रपति पदमा डुटेर्टेको विजय हुनुमा मार्कोस समर्थकहरुको हात रहेका कारण डुटेर्टे मार्कोस परिवारको ऋणि बनेको भन्ने विपक्षीहरुको बुझाइ छ ।

मार्कोसको शवलाई कडा सुरक्षाबीच राजकीय सम्मानका साथ अन्त्येष्टिस्थलसम्म पु¥याइएको, अन्त्येष्टि समारोहमा उनकी विधवा पत्नी इमेल्डा मार्कोस र छोराहरु परम्परागत कालो पोसाकमा उपस्थित भएका र फिलिपिनी सेनाले मार्कोसलाई अन्तिम श्रद्धाञ्जलिस्वरुप २१ तोपको सलामी दिएको पनि जनाइएको छ । रासस/एपी
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस