मिथक
०९ जेष्ठ २०७८
•
२ मिनेट पाठ
मिथक

त्रिलोचन ढकाल

 




रविन्द्र केसी क्याम्पस प्रमुख थिए। उनी आफ्नो विषयमा सुयोग्य पनि थिए। यसले गर्दा उनलाई घमण्डरूपी कालो बादलले छोपिरहन्थ्यो। उनले कलेजका मातहतका कर्मचारीलाई गोठालोजस्तै व्यवहार गर्दथे । उनीसँग कलेजका उपप्राध्यापकहरू कालु, मालु र मधु सबै असन्तुष्ट थिए। उनले आफ्ना भाइहरूलाई पनि अवहेलना गर्दथे।

पशुपति र कृष्णका भक्त थिए उनी। ती दुईको सेवा गरेपछि मानवशत्रु, रोग लगायत जस्तासुकै कारणद्वारा जन्मिएका समस्या को सागरबाट सजिलै पार हुन सकिन्छ भन्ने विश्वासमा थिए उनी।

कोरोनाले रवीन्द्रलाई पनि बाँकी नछोडेजस्तो लाग्न थालेको थियो। टाउको दुख्थ्यो। रुघा लाग्यो। सास फेर्न सकस हुन थाल्यो। अस्पताल जानुपर्ने ठाने उनले। अस्पतालमा लगिदिने भने कोही थिएन। एक्लै अस्पताल जान भनेर घरबाट प्रस्थान गरे। सडक किनाराको प्रतीक्षालयमा गएर गाडी कुरिरहे।

कोरोना कहरका कारणले निषेधाज्ञा जारी थियो। गाडी आउने जाने गरेका थिएनन्। घाम उकालोतिर गएको देखिने बेलासम्म प्रतीक्षालयको काखमा सुतिरहनु परेको थियो उनलाई।

अपरान्हतिर कलेजका साथीहरू; कालु, मालु र मधु त्यहीँ बाटो आएका थिए। रवीन्द्रले आफूलाई अस्पताल पुरयाइदिन अनुरोध गर्नु स्वाभाविक थियो। उनीहरूले अनुरोधलाई ठाडै अस्वीकार गरे अनि आफ्नो बाटो समाए। दाजुभाइहरू पनि देखिएका थिए। उनीहरू ‘कोरोना सर्न सक्छ’ भन्दै आफ्नो बाटो लागेका थिए। सहयोगीहरू र दाजुभाइलाई डस्नुको परिणाम भोगिरहेका थिए रवीन्द्रले।

साँझ पर्न लाग्दा एकजना भलादमी देखिने मान्छे त्यही बाटो जाँदै गरेका देखिए। रवीन्द्रले चिनेकै मान्छे थिए उनी। उनलाई पनि बोलाएर भने–हेर्नुस् न सर ! मलाई हस्पिटल लगिदिने कोही भएन। मैले पशुपतिमा सुनको जलारी चढाएँ। परिवार सहित गएर पूजाआजा पनि गरेँ। कृष्णपुरीमा राधाकृष्णको मूर्ति स्थापना गरेर पूजा पनि गरेँ। मलाई त उल्टो फल मिले जस्तो भयो।

‘ए ती ? ती त सब मिथक हुन्। विज्ञानले अनुसन्धान गर्दा जसजसका भग्नावशेष भेटिएका छैनन् ती सबै मिथक हुन्। मिथकका पछि लागेर पार लाग्न सकिँदैन सर !’
अर्को समाचार
मुन्दुमी मिथक र इतिहास ‘साल्पा सिलिचुङ-सिलिछो’ काे लाेकार्पण
१६ वैशाख २०८१
•
३ मिनेट पाठ
मुन्दुमी मिथक र इतिहास ‘साल्पा सिलिचुङ-सिलिछो’ काे लाेकार्पण
मुन्दुम मौखिक इतिहास हो। किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन्। यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा-सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रूपमा प्रकाशन गरिएको छ।




साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको मुन्दुमी मिथक र इतिहासको पुस्तक ‘साल्पा सिलिचुङ-सिलिछो’ काे लाेकार्पण गरिएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा प्राडा टङ्क न्यौपाने, प्राडा सोमनाथ खतिवडा, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सहप्राध्यापक डा. जनक राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो र राससका महाप्रबन्धक सिद्धराज राईले सामूहिक रूपमा पुस्तकको लाेकार्पण गरेका थिए।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.जनक राईले पुस्तककाे चर्चा गर्दै किरात राई समुदायका आम मानिसले मुन्दमी ज्ञानलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने पुस्तकमा उल्लेख गरिएको बताए। “साल्पा सिलिचुङको मुन्दुमी मिथकलाई अध्ययन गर्दा जतिखेर किरातका पुर्खाहरू साल्पा सिलिचुङ पुगेका थिए, त्यतिखेर मातृसत्तात्मक समाज भएको प्रस्ट हुन्छ,” उनले भने।

प्राडा सोमनाथ खतिवडाले विश्वका धेरै विश्वविद्यालयले मौखिक इतिहास पढाउने गरेको बताए। उनले नेपालमा मात्र लेख्य इतिहास पढाउने गरेको तर किरात सभ्यता र संस्कृतिसँग धेरै ठूलो मौखिक इतिहास भएको बताए। उनले त्यस्ता मौखिक इतिहास लिपिबद्ध गर्ने काममा यो पुस्तक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

किरात संस्कृतिका अध्येता प्राडा टङ्क न्यौपानेले कुनै एउटा मात्र जाति र व्यक्तिको देश नहुने बताए। विविध जाति समुदाय रहेको नेपालमा किरात धर्म संस्कृतिका अनेकौं मुन्दुम लेखिनुपर्ने उनको जोड थियो। “यस पुस्तकले मिथकहरूको माध्यमबाट किरात राईहरूको एकताको सन्देश दिन खोजेको छ”, उनले भने, “अहिलेको नेपाल राज्य निर्माण गर्ने प्रमुख शक्ति किरात हो, त्यसैले साल्पा र सिलिचुङको मिथक पनि जनइतिहास भएकामा कुनै विवाद छैन।”

आदिवासी जनजाति महासंघका उपाध्यक्ष दिवस राईले किरात राई समुदायमा खुवालुङ, तुवाचुङ र सिलिचुङ सभ्यताको प्रतीक रहेको बताए।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले मुन्दुमी मिथकलाई पुस्तकका माध्यमबाट प्रकाशन गरिनु प्राज्ञिक काम भएको भन्दै प्रशंसा गरे। “जसको लेख्य इतिहास हुँदैन, त्यसको मिथक मात्र बाँकी रहन्छ”, उनले भने, “कुनै कालखण्डमा राज्यले किनाराकृत गरेको समुदायको मिथक मात्र बाँकी रहन्छ। त्यसैले यो पुस्तक एउटा लिखित र प्राज्ञिक आक्रोश पनि हो।”

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन राईले यसपटक साल्पा सिलिचुङमा सुम्निमा पारुहाङ र नछुङरनाक्सो (धामी)को प्रतिमा स्थापनासँगै मिथक खण्डको पुस्तक प्रकाशन गरिएको बताए। अर्को खण्डमा मुन्दुम सङ्कलनसँगै थप इतिहास संरक्षणको काम गर्ने बताए।

दुई सय २७ पृष्ठको पुस्तकमा मिथक र विश्लेषण दुई खण्ड रहेकाे छ। २१ मिथक सङ्कलित छन्। पुस्तकको सम्पादन भोगिराज चाम्लिङ, डा. तारामणि राई, चन्द्रकुमार हतुवाली र शालिकराम राईले गरेका छन्। पुस्तक लाेकार्पणलगत्तै किराती सङ्गीतमा आधारित भई मुन्दुमी महिमा गान र साङ्गीतिक कार्यक्रम पनि सम्पन्न भएको थियो।

साल्पा सिलिचुङ साल्पा सिलिछो गाउँपालिका भोजपुरमा पर्दछ। यो स्थान भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङको सीमासँग जोडिएको छ। साल्पा पोखरी समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाइमा छ भने सिलिचुङ चार हजार एक सय ५५ मिटर अग्लो शिखर हो।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस