ध्रुवसत्य ६ एकान ६ !
०१ माघ २०७०
•
९ मिनेट पाठ
ध्रुवसत्य ६ एकान ६ !
गणितको मामुली सूत्र '६ एकान ६' दुधेबालकले घोक्नुपर्ने हो। तर, मिडियाहरुमा देख्न सकिन्छ, यसलाई केही हप्तादेखि जुँगेमुठे अंकलहरुले पो घोक्दैछन्। नसुहाउँदो यो क्रियाकलाप वास्तवमा एउटा व्यंग्य हो। मामुली कुरा नबुझ्ने, अप्ठ्यारो कुरा चाहिँ बुझेको नाटक गर्ने प्रवृत्तिलाई यसले खिल्ली उडाउँछ।




प्रमुख तीन राजनीतिक दलबीच तालमेल मिलिसकेको छैन। मिले पनि कस्तो साँठगाँठ चल्ने हो, टुंगो छैन। कमेडियनहरुका प्रमुख तीन दल 'तीतो सत्य', 'मेरी बास्सै' र 'जिरे खुर्सानी'ले भने उदाहरणीय मेलमिलाप प्रदर्शन गरिसकेका छन्। फिल्म '६ एकान ६' यसैको नतिजा हो।
दिनेश डिसीद्वारा निर्देशित रोमान्टिक कमेडी '६ एकान ६' नेपाली फिल्मका दर्शकका लागि एउटा 'सरप्राइज गिफ्ट' हो। टेलिभिजनहरुमा सिट–कम (सिचुयसनल कमेडी) पस्किरहेका कलाकारहरुले '६ एकान ६'लाई गाईजात्रे कार्यक्रमजस्तै 'स्ट्यान्ड अप कमेडी'मै सीमित गरेका होलान् भन्ने धेरैको अनुमान थियो। आखिर निर्देशक डिसी पनि कुनै जमानामा टेलिभिजनका लागि 'ट्वाक्क टुक्क' नामक 'स्केच कमेडी' बनाउँथे।
टेलिभिजनमा 'तीतो सत्य'नामक कमेडीको कारखाना चलाइरहेका दीपकराज गिरी, दीपाश्री र निर्मल शर्मा '६ एकान ६'का लगानीकर्ता हुन्। त्यसैले यसको संरचना 'तीतो सत्य'को भन्दा फरक हुनुपर्ने चुनौती थियो। टिभी र फिल्मको 'दृश्य भाषा' फरक हुन्छ। '६ एकान ६'मा निर्देशक डिसी र छायाँकार पुरुषोत्तम प्रधानले फिल्ममा बढी प्रयोग हुने 'सट साइज'लाई प्राथमिकता दिएका छन्। जसले गर्दा यसको लुक्स पहिलो दृश्यदेखि नै सिनेमामय लाग्छ।
दर्शकलाई हँसाउने नाममा 'ट्वाइलेट ह्युमर' थुपार्ने रोग पछिल्लो समय नेपाली फिल्मकर्मीलाई लागेको थियो। '६ एकान ६' यसबाट मुक्त छ। घिनलाग्दा सिक्वेन्स राखेर फिल्मलाई छाडा बनायो भन्ने आरोप यसलाई लाग्दैन।
सुरुवातमै मुख्य पात्रको लक्ष्य प्रष्ट पारेपछि कथा भटाभट अघि बढ्छ। एक महिनाभित्रै बिहे गर्नुपर्ने ग्रहदशा परेपछि आस्था(निता ढुंगाना) केटा खोज्ने र बु‰ने अभियानमा लाग्छे। त्यस क्रममा उसको ६ जना पुरुषसँग जम्काभेट हुन्छ। ऊ र ती पुरुषहरुको 'केमिस्ट्री'मा छचल्किँदै कथा गन्तव्यसम्म पुग्छ।
आस्थाले झेल्ने व्यापारी, वकिल, प्रहरी, कवि, सुकुम्बासी र नोकरका 'चरित्र चित्रण' खँदिला छन्। थोरै 'स्पेस' पाए पनि तुलनात्मक रुपमा गतिलो छवि छाडेर जान्छन् सबै पात्र। उनीहरुसँगको संगतले आस्थाको संवेदना परिपक्व हुँदै जान्छ।
उमेर र धन दुवै खिइँदै गएको व्यापारी (शिवहरि पौडेल) आफूलाई सकेसम्म ढाकछोप गर्छ। निकै धनी भएको फुर्ति देखाए पनि ऊ कन्जुस हुन्छ। अरुको धनमा आँखा गाड्छ। 
आफूलाई प्रष्ट छविको मान्ने तर सित्तैमा वकालत नगर्ने चरित्र वकिल (जितु नेपाल)को हुन्छ। ऊ नारी अधिकारको पक्षमा खुब वकालत गर्छ। तर, पारिश्रमिकको रुपमा नारीलाई नै ब्ल्याकमेल गर्न पछि पर्दैन।
चुलबुल पाण्डेको डुप्लिकेट चन्चल पाण्डे नामक प्रहरी (दीपकराज गिरी)को गेटअप जति कृत्रिम र भद्दा लाग्छ, उसले देखाउने हरकत तथा चमत्कार पनि नाटकीय ठहर्छ। चन्चलले जुँगा पालेर पुरुषत्वको धमास दिनेहरुप्रति कटाक्ष गर्छ। नेपाली समाजमा प्रहरीको जुन परम्परागत पहिचान छ, त्यस्तै छ ऊ।
कवि पात्र (सन्दीप क्षेत्री)ले साहित्यकार, कलाकार र समस्त सेलिब्रिटीकै प्रतिनिधित्व गर्छ। ऊ आफ्नो भाषा र संस्कारप्रति आदर्श बोक्छ। तर, सानो 'परीक्षा'मा आफूलाई सम्हाल्न सक्दैन। पतित हुन्छ।
धनी भएर महलमा बस्ने लोभ पलाए पनि सुकुम्बासी पात्र (केदार घिमिरे) आफूलाई दुःखमा साथ दिने साथीभाइ र झुपडबस्तीलाई धोका दिन तयार हुँदैन। पैसा नभए पनि ऊ इमानले धनी छ। भव्य बंगलामा 'ट्वाइलेट कता छ' भनेर सोध्ने ऊ भित्रैदेखि सच्चा पात्र देखिन्छ। 
मालिकहरुको स्याहारसुसार गर्दागर्दै आफ्नो जीवनबारे सही निर्णय लिन नसक्ने सीताराम(सीताराम कट्टेल)को विवशता हृदयविदारक छ। आफूले सोच्दै नसोचेको 'सुवर्ण अवसर' हात पर्दा सीताराम तिल्मिलाउँछ। अन्ततः उसले व्यावहारिक बाटो नै रोज्छ।
आस्था नामक 'चरी'लाई रिभोल्भरका ६ वटै 'गोली' प्रहार गरिन्छ। गोली प्रहार गर्ने 'भिलेन' आस्थाकै वरिपरिको हुन्छ। कुन 'गोली'ले निशाना लाग्छ, कुन खेर जान्छ? फिल्ममा निकै चलाखीका साथ 'सस्पेन्स'का शृंखलाहरु बुनिएको छ। 
आस्थाका लागि खडा गरिएका 'ब्याचेलर'हरुको रोलक्रम धेरैजसो युवतीहरुको रोजाइसँग मिल्छ। आजको जमानामा एउटी युवतीले आफ्नो सम्भावित दुलहा रोज्दा सबैभन्दा पहिले धन (व्यापारी) नै हेर्छे। त्यसपछि ज्ञान (वकिल), सुरक्षा (प्रहरी), रोमान्स (कवि), इमान (सुकुम्बासी) र सेवा (नोकर) उसको प्राथमिकतामा पर्छ। '६ एकान ६'ले यो मनोविज्ञानलाई टपक्क टिपेको पाइन्छ।
समाजमा आदर्शवान व्यक्तिहरुको उपस्थिति बाक्लो छ। आस्था, संस्कृति र राष्ट्रियतासँग जोडिएका आदर्श धेरैले फलाकिरहेका देखिन्छन्। तर ती आदर्श टिकाउ भने हुँदैनन्। आफ्नो स्वार्थ पूरा गर्न वा मजबुरीका कारण आदर्शलाई लत्याउन धेरै विवश छन्। यो 'तीतो सत्य'लाई '६ एकान ६'ले 'होलसेल'मै व्यंग्य गर्छ।
आफ्नो अगाडि उभ्याइएका पुरुषहरुलाई आस्थाले तुरुन्तै मन पराइहाल्नुको बलियो प्रमाण जुटाउन फिल्मले सकेको छैन। पण्डितले चिना होइन पात्रो हेरेर ग्रहदशा केलाएको एउटा दृश्य असहज लाग्छ। अन्तिम १० मिनेटका 'घुम्ती'हरु अतिरञ्जित छन्।
केही त्रुटिहरु भए पनि एउटा स्वच्छ र हल्काफुल्का कमेडी फिल्मको दर्जामा '६ एकान ६'लाई राख्न सकिन्छ। आफूलाई 'मूल धार'का ठान्ने फिल्मकर्मीहरु 'एक्सन कट'को हिसाबमा पटकपटक फेल हुँदै आएका थिए। यो '६ एकान ६'ले भने उनीहरुलाई सही सन्देश दिएको छ। त्यो हो, फिल्म बनाउँदा पनि '६ एकान ६' नै हुन्छ!
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस