भूत !
२३ जेष्ठ २०७८
•
५ मिनेट पाठ
भूत !

हरिप्रसाद भण्डारी

 




“यो पक्कै भूत हो ! नत्र यति छिटै कसरी हराउँछ ?”बुवाले भन्नुभयो।  

बुवाका कुरा सुनेपछि मेरो छाती ढुकढुक गर्न थाल्यो । नजिक गएँ र बुवालाई समाएर उभिएँ।

लामो सास फेर्दै बुवाले भन्नुभयो, “कस्तो अचम्म ! आज दिउसै भूत देखियो ।”

शनिबारको दिन थियो । म बुवासँग बेसी खेतमा जाँदै थिएँ । बेसी जान, खेतमा डुल्न र वनमा फलेका फलफूल खान मलाई औधी मन पर्छ।

गाउँबाट बेसी पुग्न एक घण्टा ओरालो झर्नुपर्छ । खोलो तर्नुपर्छ र अलिकति उकालो उक्लिनुपर्छ ।

खोलाको नाम छल्दी  हो । म धेरैचोटि साथीहरूसँग खोलामा पौडी खेलेको छु । कतिचोटि रहमा डुबेर पानी खाएको छु । ती घटना सम्झिँदा अहिले पनि मेरो छाती ढुकढुक गर्छ।

हामी खोलाको बगरमा पुगेका मात्रै थियौँ, एक जना मानिस भेटियो । ऊ कहिल्यै नभेटेको नौलो मान्छे थियो । उसको कपाल र दाह्री लामो थियो । कपाल कोरेको वा मिलाएको पनि थिएन । शरीरमा लगाएका लुगा पनि झुत्रेझाम्रे थिए । अनुहारमा हेर्दा डरलाग्दो देखिन्थ्यो।

“कस्तो भूतजस्तो मान्छे !” मैले मात्रै सुन्नेगरी बुवाले भन्नुभयो।

बुवाको कुरा सुनेर म डराएँ । उसको नजिक गइनँ।

केही समय बगरको बाटो हिँडेपछि हामी खोलामा पुग्यौँ । बुवासँगै खोलो तरेँ । ऊ पनि हामीसँगै खोलो तरयो ।  

पारि पुगेपछि हामी उकालो लाग्यौँ । त्यो मानिसले बडो डरलाग्दो तरिकाले हामीलाई हेर्दै खोलैखोला तलतिर झरयो ।

अलि माथि पुगेपछि बुवाले भन्नुभयो,“त्यो पक्कै भूत हो । कता जान्छ हेर्नुपर्छ ।”

हामी एउटा ढिस्कोमा उभिएर बगरतिर हेरयौँ तर त्यो मान्छे देखिएन ।  

“देख्यौ? मैले भनेको थिएँ नि ! हामीलाई देखेपछि त्यो त्यहीँ हरायो ।”लामो सास फेर्दै बुवाले भन्नुभयो, “कस्तो अचम्म ! आज दिउसै भूत देखियो ।”

म डरले लुगलुग कापिरहेकी थिएँ । बुवाले हातमा समाउनुभयो।  

“धन्न छलेन ।” बुवाले भन्नुभयो, “त्यसको छायाँ शरीरमा परेको भए छल्थ्यो ।”

“बुवा यो भूत कहाँ बस्छ ? के खान्छ ?” डराई डराई मैले सोधेँ ।

बुवाले भन्नुभयो, “घना जङ्गल वा ओडारमा बस्छ नि ! के खानु, किरा फट्याङ्ग्रा खान्छ । यसो चोर्न पायो भने अनाज पनि खान्छ होला !”

“हजुरले त्यसलाई देख्नुभएको छ ?”

“तिमीले पनि त देख्यौँ । त्यै त हो । त्यसरी भूतै भनेर भेटेको त छैन । आकलझुकल देख्ने त हो ।” केहीबेर रोकिपछि बुवाले भन्नुभयो, “पहिले पहिले भूतले मानिसका घरमै आएर काम गर्थे रे। पछि खै किन हो आउन छोडे रे !”

“आज हामीले देखेको जन्तु पक्कै भूत हो त बुवा ?” मलाई खुलदुल लाग्यो र सोधेँ ।  

“सोह्रै आना भूत हो । यसमा त शङ्कै छैन । भूत नभएको भए यति छिटै कसरी हराउँछ । हेर्दा हेर्दै गायब भएको देखिनौ? मलाई लाग्छ त्यो भुत बगरको ठुलो ढुङ्गामुनि पसेको हुनुपर्छ ।”

बुवाको कुरा सुनेर मलाई एकातिर डर लागिरहेको थियो भने अर्कोतिर खुसी पनि थिएँ । किनकि मेरा साथीहरूमध्ये पहिलोचोटि भूत देख्ने मै थिएँ । यो कुरा साथीहरूलाई सुनाउँदा कति मजा आउला भन्ने कुरामा उत्साहित थिएँ ।

कुरा गर्दागर्दै हामी उकालो चढेर नेटामा पुग्यौँ ।  

नेटामा बर र शमीका दुईटा रूख छन् । त्यसैको तल चौपारी छ । त्यो ठाउँमा चारैतिरबाट सिरसिर हावा आउँदा जस्तो गर्मीमा पनि शीतल हुन्छ ।  

चौपारीमा चार पाँच जना मानिसहरू बसेका थिए । तीमध्ये केहीलाई बुवाले खुट्टामा ढोग्नुभयो । कतिले बुवालाई ढोगे ।  

ढोगभेट सकिएपछि बुवाले भन्नुभयो, “छोरी सबैलाई नमस्कार गर।”

लजाई लजाई मैले सबैलाई नमस्कार गरेँ।  

सबैले भन्नुभयो, “धेरै पढे, ज्ञानी भए।”

“साच्ची छोरीले कतिमा पढ्छिन् हँ ?” एक जना बृद्ध मानिसले सोध्नुभयो।

“पाँचमा पढ्छिन् । पढाइमा तगडा छिन् । कक्षामा सधैँ प्रथम हुन्छिन् ।”

बुवाले त्यसो भन्दा म गमक्क परेँ । सबैले मेरो प्रशंसा गरे।

पढाइलेखाइका कुरा सकिएपछि लामो सास फेर्दै बुवाले भन्नुभयो, “आज अचम्म भयो !”

“के भयो ?” सबैले सामूहिक प्रश्न गर्नुभयो।  

बुवाले भन्नुभयो, “तल साँघुका रहमा भूत भेटियो ।”

“भूत ?”

“भूत ! हामी उताबाट आइरहेका थियौँ । बगरमा भेटियो । वारिसम्म हामीसँगै आयो । वारि आएपछि हामी यता लाग्यौँ । ऊ तल झर्दै थियो, हेर्दा हेर्दै गायब भयो ।”

“देख्यौ ? यो ठाउँमा भूत छ भनेर मैले भनिरहन्छु नि । तिमीहरू पत्त्याउँदैनौँ । आज कान्छाले देखेछ ।” एक जना बृद्धले भने ।  “त्यसको छायाँ त परेन नि ?” अर्काले सोधे ।

बुवाले भन्नुभयो, “कहाँ छायाँ पर्न दिनु, हामी टाढा टाढा भएर हिँड्यौँ नि ।”

“छायाँ नपरेको भए केही हुन्न । तैपनि भरे यो नानीलाई यसो सुनपानी छर्केर सातो फर्काउनु ।” पहिलेकै मान्छेले भने।  

हामी लामो समय त्यै चौपारीमा बस्यौँ । बसाइका क्रममा बुवाहरूले त्यै भूत, प्रेत र बोक्सिनीका कुरा गर्नुभयो । म डराईडराई सुनिरहेँ।

हाम्रो खेतमा पुग्न त्यहाँबाट पनि अलिकति हिँड्नुपर्थ्यो। हिँड्ने तरखर गर्दै थियौँ । त्यस्तैमा अलि परबाट एक जना मानिस आएको  देखियो । मैले हेरेँ, त्यो मान्छे अघि खोलामा भेटिएको मान्छेजस्तै थियो।

“बुवा भूत !” म एक्कासि चिच्याएँ र बुवाका काखमा टाँसिएँ।  

“के भन्छे यो ?” सुरुमा बोल्ने बृद्धले भने ।

त्यो मान्छे हाम्रा नजिक आयो । मैले राम्ररी हेरेँँ, त्यो अघिकै मान्छे थियो । त्यसलाई देखेर बुवा पनि अक्कनबक्क हुनुभयो ।

ऊ सबैलाई नमस्कार गर्दै चौपारीमा बस्यो।

“जगत भाइ धेरै दिनमा देखियौ त, कहाँ हराएका थियौ ?” सुरुमा बोल्ने बृद्धले भने ।

“यता आउने कामै परेको थिएन, त्यसैले नआको नि । हिजोआज बाख्रापाठाको खासै कारोबार पनि छैन ।”उसले भन्यो ।

“दाइ, उहाँ को हो र ?” डराईडराई बुवाले बृद्ध मानिसलाई सोध्नुभयो।  

“गुर्वाकोटे कान्छो के त, चिनिनस् र ?” वृद्धले भने, “खसीबोका किन्न आउँथे । अहिले त आउनै छोडे ।”

बुवा केही बोल्नुभएन।  

अघि भर्खरसम्म हामीले भूत भनेको व्यक्ति अहिले हामीसँगै बसेर कुरा गरिरहेको थियो ।  

‘भूत कसरी मान्छे भयो ?’ मेरा मनमा कुरा खेल्न थाले, ‘अहिलेसम्म बुवाआमाले सुनाएका भूतप्रेतका कथा सबै झुटा हुन् त ?’

एक दिन दया मिसले भनेको कुरा सम्झेँ । उहाँले भन्नुभएको थियो, ‘अहिलेको युगमा पनि हाम्रो समाजले धेरै अन्धविश्वासी कुराहरूप्रति विश्वास गरिरहेको छ । हामी त्यसबाट मुक्त हुनुपर्छ ।’

मैले लामो सास फर्दै चारै तर्फ हेरेँ । हामीले भूत ठानेको मान्छे हाँसीहाँसी कुरा गरिरहेको थियो । मेरा बुवासमेत सबैले ध्यान दिएर उसका कुरा सुनिरहनुभएको थियो ।  
अर्को समाचार
काउकुती लाउने भूत
१३ साउन २०७७
•
२ मिनेट पाठ
काउकुती लाउने भूत

गङ्गा कर्माचार्य पौडेल

उर्मिला र शर्मिला(दिदी बहीनी) उनीहरू एउटै कोठामा सुत्थे ।




एकदिन मध्य रातमा शर्मिलाले मेरो खुट्टामा भूतले काउकुती लायो भनेर चिच्च्याउँदै उठी ।

उर्मिलाले खै  भूत ? कहाँ छ ? यहाँ तिमी र मबाहेक अरू कोही देख्दिनँ त्यसै हल्ला गर्ने ? सुत थुपुक्क ।

उँ... मलाई कस्तो डर लाग्यो । त्यो भूत फेरि आयो भने ?

उर्मिलाले  संझाउँदै भनिन्, ‘ मिसले स्कूलमा पढाउँदा भन्नुभको होइन ? भूत हुँदैन । त्यो अन्धविश्वास र भ्रम मात्रै हो ।’

अहो ! तपाईको खुट्टामा काउकुती लाएको भए थाहा पाउनु हुन्थ्यो ।

अस्ति नै हजुर आमाले सुनाउनुभएको भूतको कथा विर्सनुभयो ?

नडराउ म छु नि । ल सुत अब भनेर उर्मिललो बत्ती निभाइन् ।शर्मिला गम्लङ्ग कम्मलले जिउ छोपेर सुतिन् ।

उर्मिला यसो निदाउन लागेकी मात्र थिइन् । फेरि भूतले काउकुती लायो भन्दै शर्मिला चिच्च्याइन् ।

आज तिमीले सुत्न नदिने भयौ भन्दै उर्मिला उठेर बत्ती बालिन् ।

शर्मिलाले म यहाँ सुत्दिनँ बुबाआमाको कोठामा जान्छु भनेर हिंडिन् ।

उर्मिलाले शर्मिलाको हात समातेर तान्दै भनिन्, ‘नभन बुबाआमालाई  डिस्टर्व हुन्छ । सुन यो कुरा  कसैलाई नभन्नु ।

बत्ती बालेर सुतेपछि शर्मिलाको खुट्टामा काउकुती लागेन । उनी निदाइन् ।

भोलिपल्ट उर्मीला र शर्मिला स्कूल गए । दिदीले नभन्नु भने पनि मिल्ने साथी निरुलाई सुटुक्क भनिहाली ।

निरुले उसकी मिल्ने साथी विनुलाई, ‘तिमीलाई थाहा छ ? हिजो  शर्मिलाको खुट्टमा भुतले काउकुती लायो रे । अरूलाई नभन् भनेकी छ त्यो कुरा विनुले पनि मनमा राख्न सकिन र आमालाई सुनाई आमाले छिमेकमा पर्दा सहयोग गर्नुपर्छ भनेर विनुको बुबालाई भनी । विनुका बुबाले चौतारीमा गएर सबै जनालाई सुनाए र शर्मिलाको घर जानप¥यो भने ।

एक कान दुई कान मैदान हुँदै  शर्मीलालाई भूतले काउकुती लाको कुरा गाउँभरि फैलियो ।

साँझपख केही छिमेकीहरू शर्मिलाको घर गएर चारैतिर निरीक्षण गरे अनि कोठा भित्रको ओछयान टक्टक्याउन थाले ।

त्यहीबेला शर्मिलाको ओछ्यानबाट  खोलिसकेको आधा पाकेट बिस्कुट फुत्रुक्क भुइँमा खस्यो ।

छिमेकीहरूले खाट पनि उचालेर हेर्नुपर्छ  भन्दै उचाल्न  लाग्दा  एउटा माउ मुसा फुत्त निस्केर भाग्यो ।

खाटमुनि  कागजको बाक्सा पनि रहेछ ।

यो बाक्सा तानेर झिक्न एक जना छिमेकीले यसो हात लम्काएका मात्र थिए । त्यसभित्रबाट मुसाका छवटा छाउराहरू निस्केर सलबलाउन थाले । त्यो देखेर विनुका बाबाले भूत भेटियो भूत। शर्मिलाको खुट्टामा काउकुती लाउने भूत भनेपछि सबै जना हाहाहा गरेर हाँसे ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस