काठमाडौं– चलचित्र निर्देशक समाजले नेपालको पहिलो फिल्मको विवाद सल्टाउन पहल थालेको छ। समाजले सञ्चार मन्त्रालयसँग आर्थिक सहयोगका लागि पत्राचार गर्दै लामो समयदेखि विवादमा रहेको विषयलाई टुंग्याउने तत्परता देखाएको हो। समाजका महासचिव ऋषि लामिछानेले आइतबार सञ्चार मन्त्रालयमा पत्र पठाएको पुष्टि गरे।
'आमा' र 'सत्य हरिशचन्द्र'मध्ये कसलाई पहिलो नेपाली फिल्म मान्ने भन्ने विषयमा एकरुपता नभएकाले अन्यौल छाएको छ। निर्देशक समाजले यसको छिनोफानो गर्ने उद्देश्यसहित काम थालेको छ। तर यसका लागि समाजसँग पर्याप्त बजेट नभएकोले सहयोगका लागि सञ्चार मन्त्रालयलाई पुकारेका हौं। जवाफको प्रतिक्षा गरिरहेका छौं,' ऋषिले भने।
ऋषिले सञ्चारमन्त्री माधवप्रसाद पौडेलको चासोपछि नै समाजले मन्त्रालयसँग सहकार्य गर्न हात बढाएको पनि जानकारी गराए। पुराना दस्तावेजहरुको अध्यन अनुसन्धानका साथै पुराना व्यक्तिहरुसँग भेटघाट गरेर मात्र निर्क्योलमा पुग्न सकिने समाजको ठम्याइ छ। तर यस उद्देश्यमा खर्चिने पर्याप्त पैसा समाजसँग नभएकोले सहयोग माग्ने सन्दर्भमा मन्त्रालयसम्म पुगको ऋषिले बताए।
नेपालको पहिलो फिल्म कुन भन्ने सन्दर्भमा लामो समयदेखि अन्यौल रहँदै आएको छ। कसैले 'सत्य हरिशचन्द्र'लाई पहिलो फिल्म मान्नुपर्ने दाबी गर्दै आएका छन् भने कसैले 'सत्य हरिशचन्द्र' भारतमा बनेको हुनाले यसलाई नेपाली फिल्म मान्न नसकिने तर्क गरेका छन्। 'सत्य हरिशचन्द्र'लाई पहिलो फिल्म मान्न इन्कार गर्नेहरुले भने २०२२ साल असोज ५ मा प्रदर्शन भएको 'आमा'लाई नेपालको पहिलो फिल्म दाबी गर्दै आएका छन्। डिबी परियारले निर्देशन गरेको 'सत्य हरिशचन्द्र' भारतको कलकत्तामा बनेर २००८ सालमा प्रदर्शनमा आएको थियो भने 'आमा'लाई भने हिरासिंह खत्रीले निर्देशन गरेका थिए।