काठमाडौं– फिल्म '६ एकान ६'को पाइरेसी गरेको अभियोगमा पक्राउ परेका सन्दीप मगरलाई आइतबार सहमतिमा छाडिएको छ। मोबाइलबाट फिल्म खिचेर युट्युबमा हालेका उनलाई फिल्मका निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाको उजुरीका आधारमा महानगरीय प्रहरी प्रभाग हनुमानढोकाले हिरासतमा लिएको थियो।
वरिष्ठ प्रहरी उपरीक्षक विजय कायस्थले दीपकराज र दीपाश्रीले अभियोग फिर्ता लिएपछि अभियुक्तलाई छाडिएको जानकारी गराए। 'उहाँहरुको उजुरीका आधारमा प्रतिलिपि अधिकार हननअन्तर्गत् सन्दीप पक्राउ परेका थिए, अहिले उहाँहरुले नै भैगो छाडिदिउँ भनेर उजुरी फिर्ता लिनुभयो,' कायस्थले भने।
५० लाख क्षतिपूर्तिको दावीसहित उजुरी दिए पनि दीपकराज र दीपाश्रीले मानवताका हैसियतले माफी दिएको बताए। दीपकराजले भने,'भविष्यमा कसैले पनि यस्तो दुःसाहस नगरोस् भनेर कडा कारवाहीका लागि पहल गरेका थियौं। तर उनी भर्खर १२ कक्षामा पढिरहेको र हामीले उसलाई जेल पठाउँदा उसको जीवन नै बर्बाद हुने देखेर उजुरी फिर्ता लिने निर्णय गरेका हौं।'
दीपाश्रीले पनि सन्दीपको माया लागेर उजुरी फिर्ता लिएको जानकारी गराइन्। 'पाइरेसी गर्ने मनसायले फिल्म खिचेर राखेजस्तो लागेन। कलिलो केटालाई जेलमा राखिरहन मनले मानेन। माफी दिनु नै ठूलो धर्म हो जस्तो लागेर छाड्ने निर्णय गर्यौंे,' दीपाश्रीले भनिन्।
काभ्रेका सन्दीपले भने 'लाइक' पाउने लोभले फिल्म खिचेको बताए। 'फिल्म राम्रो लाग्यो। सबैले हेर्छन् भन्ने लागेर नोकियाले खिचेको हुँ। यस्तो गर्नु अपराध हो भन्ने थाहा थिएन,' पत्रकार सामु उनले भने।
प्रतिलिपि ऐन २०५९ अनुसार पाइरेसीमा संलग्न व्यक्तिलाई दस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ भने सामग्रीहरु जफत हुनेछन्।