अन्विति भइन् 'लिटिल मिस एन्जल'
१९ माघ २०७०
•
४ मिनेट पाठ
अन्विति भइन् 'लिटिल मिस एन्जल'
काठमाडौं- कलश इभेन्ट्सद्धारा आयोजित 'लिटिल मिस एन्जल २०१४'को उपाधि अन्विति उपाध्यायले जितेकी छन्। शनिबार प्रज्ञा भवन कमलादीमा भएको अन्तिम प्रतिस्पर्धामा उनले लिटिल मिस एन्जलको दोस्रो संस्करणको टाइटल उपाधी हात पारेकी हुन्। 'प्रकृती र विज्ञानमा कुन बढी महत्वपूर्ण छ' प्रश्नको 'विज्ञान मानवले विकास गरेको तथा प्रकृती नभएको भए मानवलगायत पृथ्वी केही नहुने' जवाफ दिएर अन्वितिले उपाधी जितिन्।




४९ जना प्रतिस्पर्धीलाई पछि पार्दै पाठशाला फाउन्डेसन नेपालको कक्षा ९ मा अध्ययनरत अन्वितिले दोस्रो संस्करणको लिटिल मिस एन्जेल उपाधी चुम्न सफल भइन्। कालिकाटीस्थित 'आमाघर'की सञ्चालिका दिलशोभा श्रेष्ठ प्रमुख अतिथि रहेको प्रतिस्पर्धामा सेन्ट मेरिज स्कुलमा कक्षा ६ मा अध्ययनरत ओजस्वी थापा मगर र सेन्ट पल स्कुलमा अध्ययनरत समिक्षा बस्नेत क्रमशः फर्स्ट रनरअप र सेकेन्ड रनरअप भए। 
यसैगरी एलिशा सुवेदी 'मिस डिसिप्लिन', माधवी पाण्डे 'मिस कल्चरल', कृपा भट्ट 'मिस लिडरशिप' घोषित भए। रक्षा थापा 'मिस पर्सनालिटी' भइन् भने लुमिला जोशी लामा 'मिस ट्यालेन्ट' भइन्। कृशा थापा मगरले 'मिस एकेडेमिक', सुर्वाणी रायमाझीले 'मिस मल्टिमेडिया', रुविना श्रेष्ठले 'मिस इन्टेलीजेन्ट' र प्रकृति शाहीले 'मिस पिक्चर पर्फेक्ट' उपाधी हात पारे। सुवानी श्रेष्ठको पहिरनले 'मिस बेस्ट अटायर' जितायो भने वृक्षा ढुङ्गाना 'मिस फ्रेन्डसिप' भइन्। यस्तै श्रेया शर्मा समाज सेवामा अब्बल हुँदै 'मिस सोसल सर्भिस', अतिरिक्त क्रियाकलापमा संलग्न हुने सुदेशा आचार्य 'मिस इसिए', खेलकुदमा अगाडि श्रृष्टि महर्जन 'मिस एथ्लेटिक', सिर्जनशील लुनिभा महर्जन 'मिस क्रियटिभ' र सोनिका पराजुली 'मिस एक्सिलेन्स' घोषित भए। 
एक महिनादेखि आफ्ना प्रतिभा प्रस्फुटनका लागि प्रशिक्षणमा व्यस्त ५० प्रतिस्पर्धीहरू शनिबार ग्रान्ड फिनालेमा उत्रेका थिए। अन्तिम प्रतिस्पर्धामा सबै प्रतिस्पर्धीले दर्शकसामु निर्धक्क आफ्नो क्षमता प्रस्तुत गरेका थिए। लिटिल मिस एन्जेलका विजेताले क्रमशः १५ हजार, ८ हजार र ५ हजार रुपैयाँ नगदसहित ताज तथा विभिन्न उपहारसमेत प्राप्त गरेका छन्। विजेतासहित सबै उपविजेताले पनि ताज पाएका छन्।
प्रतिस्पर्धीहरूलाई तीन चरणमा प्रश्न सोधिएको थियो। सबै प्रतिस्पर्धीले आफ्नो परिचय दिएपछि उनीहरूलाई पहिलो चरणको प्रश्न सोधिएको थियो। त्यसबाट २५ प्रतिस्पर्धी सेमीफाइनल चरणमा छानिएका थिए। सेमीफाइनलमा निर्णायकहरूको प्रश्नको प्रतिस्पर्धीले दिएका जवाफका आधारमा अन्तिम चरणमा टप टेन प्रतिस्पर्धी पुगेका थिए। अन्तिम चरणमा पुगेका सबै १० जना प्रतिस्पर्धीलाई एउटै प्रश्न 'कुन बढी महत्वपूर्ण छ– प्रकृती कि विज्ञान' सोधिएको थियो। प्रश्नको उत्तर भने तीन मिनेटभित्र लेखेर सुनाउनु पर्थ्यो।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस