तयार भयो मुक्तकको रचना विधान
१९ माघ २०७०
•
४ मिनेट पाठ
तयार भयो मुक्तकको रचना विधान
पोखरा– कति शब्द र वाक्य भए कविता हुने र कति भए मुक्तक या अरु केही? यही अन्योल भएकाले छोटो भए मुक्तक र लामो भए कविता भन्ने परिपाटी छ। मुक्तक, कविता, तान्का, दोहा र हाइकु लगायत काव्यिक जगतका विभिन्न विधाबीच अपरिभाषित खाडल पुर्न लेखक, साहित्यकारहरुको टोलीले मुक्तकको रचना विधान घोषणा गरेको छ।
नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा भेला भएका देशभरका साहित्यकर्मीले शनिबार ५ बुँदे पोखरा घोषणापत्र जारी गर्दै मुक्तकको परिभाषा प्रष्ट्याउने जमर्को गरेका छन् । मुक्तक मञ्च पोखरा सहआयोजक रहेको बृहत् भेलाले चतुष्पदी (चार हरफे) मुक्तकलाई मानक स्वरुप मान्ने घोषणा गर्‍यो । 'हाम्रा अग्रजहरुले लेखेका ३ वा ५ हरफका मुक्तकलाई पनि समादार भाव व्यक्त गर्दै चतुष्पदी एउटा मानक स्वरुप बनाएका हौं,' मुक्तकको रचना विधान घोषणापत्र तयारी उपसमितिका सदस्य साहित्यकार सरुभक्तले भने।

४ हरफको काव्य हुनासाथै त्यो मुक्तक हुने कि नहुने त ? शुक्रबारदेखि २ दिनको वैचारिक मन्थनमा जुटेका मुक्तककारहरुले मुक्तकको बेग्लै परिचयात्मक विशेषताको निष्कर्ष पनि निकालेका छन्। 'पछिल्ला पंक्तिहरुमा उत्तरोत्तर भावोत्कर्ष हुनु र अन्तिम पंक्तिले विचार कथ्य वा भावको पटाक्षेप गरी रहस्योद्घाटन गर्नु नै मुक्तकको निजत्व हो,' बृहत् गोष्ठीपछि जारी घोषणापत्रमा भनिएको छ।

संस्कृत साहित्यको चतुष्पदी श्लोकी शैली, अरबी—फारसीमा प्रचलित रुबाइयात, अंग्रेजी चल्तीको क्वाट्रेन र नेपाली लोक लयात्मक शैलीसमेतको अन्तर्मिश्रणबाट नेपाली मुक्तकमा मौलिकपनको खोजी गरिनुपर्ने भेलाको ठहर छ।

झन्डै ४ दशकअघि २०३५ सालमा देशभरका मुक्तककारको सहभागितामा पोखरामा आयोजित भेलापछि मुक्तकको लहर चलेकाले यसको रचना विधान पनि यही सहरबाट तयार गरिएको मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले बताए। सरुभक्त, तीर्थ श्रेष्ठ, विनोद गौचन, सरोजगोपाल, उषा शेरचन लगायत सम्मिलित पोखरेली युवा सांस्कृतिक परिवारले ऊ बेलामा टिकटमा मुक्तक कार्यक्रमसमेत आयोजना गरेको थियो। साहित्यकार सरुभक्तले आफ्नो कृति प्रकाशन यात्राको थालनी मुक्तक संग्रह 'बन्द खामभित्र' बाट गरेका थिए। मुक्तकसँग पोखराको साइनो गाँसिएका यस्ता थुप्रै प्रसंगको चर्चा भेलामा गरिएको थियो।

शनिबार घोषणापत्र जारी गर्नुअघि शुक्रबार लक्षमण गौतमले मुक्तकमाथि कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसउपर रत्नशम्शेर थापा, चेतन कार्की, सरुभक्त, घनश्याम न्यौपाने, उषा शेरचन, राजेन्द्र थापा लगायतले महत्वपूर्ण विचार व्यक्त गरेपछि रचना विधान तयार भएको हो। 'मुक्तक अरुभन्दा शक्तिशाली विधा पनि हो,' कार्कीले भने, 'किनभने यसको गागरमा सागर अटाउँछ।' अरुमा भन्दा सशक्तता र सुगठनता मुक्तकमा बलियो हुने उनले बताए। प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने गुरुङले रसिलो र चोटिलो विधामा विद्यमान शैलीगत अस्पष्टता अब नरहने विश्वास व्यक्त गरे।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१२ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस