काठमाडौं- बलिउड अभिनेता विवेक भास्वानी फिल्म सुट गर्न नेपाल आउने भएका छन्। उनले आइतबार ट्विट गेर्दै सुटिङका लागि आफू नेपाल आउन लागेको बताएका छन्। 'यो महिना एकपछि अर्को गर्दै मलेसिया, नेपाल, दिल्लीमा सुटिङ हुनेछ,' उनले ट्विटमा लेखेका छन्। उनले कुन फिल्मका लागि आउन लागेको भने उल्लेख गरेका छैनन्।
बलिउड निर्मातासमेत रहेका भास्वामीले १९९१ मा 'पत्थरके फूल'बाट आफ्नो फिल्म यात्रा सुरु गरेका थिए। साहरुख खानसँग अभिनय गरेको फिल्म राजु बनगया जेन्टलमेन उनको पहिलो हिट फिल्म हो। जुन १९९२ मा रिलिज भएको थियो।
उनले क्रमश जब प्यार किसिसे होता है, सोल्जर, आ अब लौट चले, तेरा जादू चलगया, मैने प्यार क्युँ किया जस्ता फिल्ममा अभिनय गरेका छन्।

shooting in malaysia, nepal, delhi back to back this month.
— ViveckVaswani (@VIVECKVASWANI) February 1, 2014