रेनु पुन सानैदेखि मोडलिङमा रुची राख्थिन्। राम्रो नृत्य गर्ने भएकोले उनले स्कुल र कलेजका विभिन्न कार्यक्रमाहरु नृत्य गर्ने अवसर पाउँथिन्। उनले १६ वर्षकै उमेरमा चर्चित गायिका अन्जु पन्तको गीतमा अभिनय गर्ने अवसर पाइन्। त्यसपछि उनको अभिनय यात्राको ढोका खुल्यो।
भर्खरै रेनुले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘रुनु पर्लानी ’ सार्वजनिक भएको छ। जुन यतिबेला चर्चामा छ। उनको अभिनयलाई सबैले मन पराएका छन्। अभिनयलाई दर्शकले मन पराईदिँदा थप ऊर्जा मिल्ने उनी बताउँछिन्।
‘मोडलिङ गर्न कसलाई पो रहर हुँदैन र ? रहर मात्रै भएर पनि हुँदो रहेनछ। दर्शक स्रोताको मनमा बस्नु ठूलो कुरा रहेछ’, उनी भन्छिन्, ‘जीवनभर मिहिनत गर्छु। अझै थुप्रै सिक्न बाँकी छ।’ यतिवेला रेनुले आफ्नो प्रतिभाले सबैको मन बस्न सफल भएकी हुन्।
मोडलिङ ‘ करिअर’ सुरु गरेको छोटो समयमै धेरै म्युजिक भिडियोमा अभिनय गर्नुले उनको लोकप्रियता झल्किन्छ। ‘कलाकारिता क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछुु, उनले भनिन्। जीवनको हरेक मोडमा आउने चुनौतीलाई चिर्दै अगाडि बढ्नु नै जीवन लक्ष्य भएको उनको भनाइ छ। संघर्षले नै जीवनले एक दिन सफलता चुम्ने उनको विश्वास छ।