पोखरा– राष्ट्रिय महिला भलिबल खेलाडी सिपोरा गुरुङको पहलमा टुहुरा र असहाय बालबालिकाको सहयोगार्थ सांगीतिक कार्यक्रम 'माया' आयोजना हुने भएको छ। प्रणय दिवस (भ्यालेन्टाईन डे)को अवसरमा आगामी शुक्रबार लेकसाइडमा कलाकार भित्र्याएर सांस्कृतिक कार्यक्रम गरिँदैछ। कार्यक्रमबाट संकलित रकम पोखरामा टुहुरा र असहाय बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थालाई प्रदान गर्ने सिपोराले बताइन्।
कार्यक्रममा कलाकार शिव परियार, हेम लामा एन्ड कनेक्सन र डिजे सलिमको प्रस्तुति हुनेछ। 'टुहुरा बालबालिकाले अभिभावक अभावमा माया पाएका हुँदैनन्। मैले उनीहरुप्रति सक्दो माया देखाउन खोजेकी हुँ,' उनले भनिन्, 'मेेरो सहयोग ठुलो होइन। तर प्रयास मात्र हो।' अहिलेका युवापुस्ता सामाजिक क्षेत्रमा सक्रिय नहुने गरेकोमा आफ्नो प्रयासले यो क्षेत्रमा लाग्न प्रेरणा दिने उनको भनाइ छ।
'अनाथ बालबालिका जसलाई अपहेलित, अपमान गरिन्छ। उनीहरु असुरक्षित पनि छन्' त्यस्तालाई सघाउनु हाम्रो मानवीय कर्तव्य पनि हो,' सिपोराले भनिन्, 'हामीजस्ता युवापुस्ता सामाजिक क्षेत्रमा नलागे अबका दिनमा कोही अघि सर्दैनन्, त्यसैले यो क्षेत्रमा अग्रसर भएकी हुँ।'
सिपोराले मिस नेपाल २०१३ मा भिडेर 'मिस ट्यालेन्ट' उपाधि जितेकी थिइन्। उनले गुरुङ 'घलेक दि साइन अफ लभ' फिल्ममा नायिकाको भूमिका पनि निर्वाह गरेकी छन्।