काठमाडौं– नेपाल–भारत सांस्कृतिक आदानप्रदान अन्तर्गत् सिक्किम सेन्टर अफ एनएसडीले आइतबार नाटक 'कालो सुनाखरी' प्रस्तुत गर्योर। सिक्किमबाट आएको नेसनल स्कुल अफ ड्रामा सेन्टर रेपर्टरीले आइतबार थिएटर भिलेजमा देखाइएको ब्याले शैलीको नाटक 'कालो सुनाखरी'सँगै दुई नाटकको प्रदर्शन सकिएको हो।राजधानीको लाजिम्पाटस्थित नाटकघरमा प्रस्तुत नाटक याशी दोर्जी थोङ्चीको आञ्चलिक उपन्यास 'सोनाम'मा आधारित छ। 'कालो सुनाखरी'ले अरुणाचल प्रदेशको सामाजिक परम्परालाई सिक्किमको परिवेशमा ढालेर मञ्चमा प्रस्तुत गरेको थियो। गीतसंगीत, अडियोभिजुअलसहित सिक्किमको झलक दिने भेषभूषा र मञ्चसज्जामा उतारिएको नाटकबाट दर्शकले ब्यालेको स्वाद लिएका थिए।
त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्न निर्देशक अभिलाष पिल्लेले थोरैमात्र संवाद प्रयोग गरी कलाकारको शारीरिक हाउभाउमार्फत्, भाव सम्प्रेषण गर्न खोजेको प्रयोग सफल देखिन्थ्यो। नेपालको पश्चिमी हिमाली भूभागमा त्यागिँदै गएको बहुपति प्रथाको झल्को दिने नाटकले कुनै लोककथा रंगमञ्चमा ढालेको अनुभूति दिलाएको थियो।
तीन मुख्य चरित्र समावेश कथा नायिका सोनाम वरिपरि घुम्छ। पति लोब्जाङ घरबाहिर गएका बेला सोनाम स्थानीय युवा पेमासँग नजिकिन्छिन्। लोब्जाङ घर फर्किंदा सोनामले पेमालाई मन पराएको थाहा पाउँछ। पत्नीलाई साह्रै माया गर्ने लोब्जाङले पेमालाई सार्वजनिक रुपमा नै स्वीकारेर आफ्नै घरमा राख्छ। त्यसपछि उनीहरूको जीवनमा सुखदुःखका अनेकौं घुम्ती आउँछन्। लोब्जाङ–पेमा झगडापछि सोनाम पेमाको घर जान्छिन्। त्यहाँ निकै हन्डर खाएपछि सोनामको अन्त्य लोब्जाङको काखमा हुन्छ।
प्रस्तुति र साजसज्जामा निकै ध्यान दिइएको नाटकमा रञ्जना मगरले सोनामको चरित्र सफलतापूर्वक निर्वाह गरेकी छन्। विक्रम लेप्चाले पेमाको चरित्र सहजतापूर्वक उतारेका छन् भने लोब्जाङको भूमिकामा लाप्चेन लेप्चा पनि उत्तिकै सफल छन्। बाँकी कलाकारले पनि सानासाना भूमिका भए पनि आआफ्ना चरित्र कुशलतापूर्वक निर्वाह गरेका छन्।
समूहले शनिबार थियटर भिलेजमै 'हम हि अपने आप' नाटक देखाएको थियो।