निर्दयी सपना
१३ असार २०७८
•
२ मिनेट पाठ
निर्दयी सपना

 उमाकान्त पोखरेल

 




उज्यालो बार्दलीसम्म उक्लिसकेको छ। सडकमा मानिसहरू ओहोरदोहोर गर्न थालिसकेकाले  कल्याङमल्याङ आवाज आइरहेछ।

आँगन छेउको आँपका रुखमा केही थान चराहरू चिरबिर –चिरबिर गर्दैछन्। निशा उठेकी छैन। परदेश गएका बुबा राजाराम  फर्किई आउँदा झोलाभरि खुशी ल्याउने आशामा आमा– दिलमाया र छोरी – निशा रात अबेरसम्म गफिई सुतेका हुँदा बिहानीपख गहिरो निदको सपनामा निशा बुबासँगै साथ हुन्छे।

कतारको ४० डिग्रीको तापक्रम । करिब १५ तले घरमा रङ लगाउने काममा व्यस्त। राजाराम बाँसको सिँढी कस्दै माथि चढ्न पाटा थप्दैछ। निशा केही पर बसेर आफ्नो बुबाले गरेको जोखिम काम डराईडराई हेरिरहेकी छ।

केही भारतीय र केही  मलायनहरू दायाँबायाँ उभिई हेरिरहेछन्। श्याम र विनोद तलबाट आड दिइरहेछन्।    

करिब १४ तलाको उचाइमा पुगेका राजाराम सम्झन्छ महान् चाड नजिकिँदै गरेकाले आफ्नो घर, जीवनसँगिनी दिलमाया र लाडली छोरी निशाको अपूर्व सौन्दर्य हेर्न अब धेरै दिन पर्खनु नपर्ने र मनको तिर्सना चाँडै नै पूरा हुने कुरा मनमा खेल्न थाल्छ । आफू कतारमा रहेर १५  तले घरमा पाटा कस्दै गरेकोे हेक्का रहन्न उसलाई। आँखाभरि छोरीको सुन्दर सचित्र चलमलाउन थाल्छ । देख्छ – छोरी छेउमै बसेर तोते बोलीमा गुनगुनाइरहेकी छे। छोरीलाई अँगाल्न मन लाग्छ उसलाई ।  

छोरी केही परबाट सबै दृश्य हेरिरहेकी छ।

तलबाट श्याम र विनोदको चिच्याहटको आवाजले निशाले टाउको उठाई हेर्छे– राजाराम आफूले आड लिई समातेको बाँसबाट तल खस्दैछ, “...बा ञ् ञ् बा ....!”

निशाको खुशी एकाएक आर्तनादमा परिणत हुन्छ, ऊ चिच्याउँछे।

भित्र सुतेकी छोरीको चिच्याहटको आवाज अचानक कानमा ठोक्किएपछि दिलमाया झस्किन्छे र छोरीको  बेडमा पुगेर सोच्न थाल्छे – छोरीले कुनै अनौठो सपना देखेकी हुनुपर्छ। बिउँझ्याउने मनसायले दिलमायाले छोरीको शिर पक्री आफ्नो काखमा राख्छे।

निशाले धमिला आँखा खोल्छे र अस्पष्ट लामो धर्काे निश्वास छाड्दै धीमा आवाजमा “– बा ञ् ञ् बा ...!” उच्चारणका  साथ पुनः स्थायी निदमा लीन हुन्छे।

” उफ निर्दयी सपना, धन्य हो ईश्वरको लीला ।”

“बाहिर उपस्थित मानिसहरू एकापसमा कुरा गरिरहेका हुन्छन्।                                           
अर्को समाचार
वसन्तराज अज्ञातको ‘मनको गीत’
२९ साउन २०७७
•
१ मिनेट पाठ
वसन्तराज अज्ञातको ‘मनको गीत’

 वसन्तराज अज्ञात

 




ए अतीत नदुखाऊ मलाई घरीघरी बल्झिएर

म हाँस्न चाहन्नँ अब झूटो सपना सजाएर

निर्दयी बनी आफ्नै मन साथ छोडिगयो

हिँड्दा–हिँड्दै बीचबाटै बाटो मोडिगयो

नउठोस् सम्झनाका छालहरू लैजान बगाएर

म हाँस्न चाहन्नँ अब झूटो सपना सजाएर

बादलझैँ पीर लुकाई हाँसेँ जसको निम्ति

उपहास भो उसैबाट निश्छल मेरो प्रीति

के गरूँ म ती पुराना प्रेमालाप सम्झिएर

म हाँस्न चाहन्नँ अब झूटो सपना सजाएर ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस