काठमाडौं– फिल्म तथा म्युजिक भिडियोको सुटिङमा व्यस्त रहने अभिनेत्री केकी अधिकारी आजभोलि थियटर भिलेजमा भेटिन्छिन्। उनी त्यहाँ फिल्म वा म्युजिक भिडियोको सुटिङका लागि जाने गरेकी चाहिँ होइनन्। शनिबार सुरु भएको नाटक 'चारुमति'मा मुख्य भूमिका निर्वाह गरिरहेकी उनी सोही नाटकको मञ्चनका लागि नियमित थिएटर भिलेजमा भेटिने गरेकी हुन्।फिल्मको अभिनयमा सफल मानिएकी केकीको 'चारुमति' पहिलो नाटक अनुभव हो। उनले नाटकमा अभिनय चुनौती र अवसर दुवै भएको बताइन्। 'ऐतिहासिक नाटकले उठाएको विषयलाई प्रत्यक्ष अभिनय गरेर देखाउनु चुनौतीपूर्ण लागेको थियो। तर सबैको साथले सहज अनुभव गरिरहेकी छु,' उनले भनिन्। उनी चार दिनको रिहर्सलपछि नियमित मञ्चनमा उत्रिएकी हुन्। 'नियमित नाटक मञ्चन भइरहँदा अघिल्लो दिनभन्दा भोलिपल्ट केही राम्रो भइरहेको महसुस हुन्छ,' केकीले भनिन्।
भारतका साना राज्यहरुमाथि आक्रमण गरेर कयौं मान्छेको हत्या गरेपछि सम्राट अशोक विरक्तिएर बुद्ध धर्म अँगाल्छन् र भ्रमण गर्दै नेपाल आइपुग्छन्। भम्रणको क्रममा नेपाल आइपुगेका सम्राट अशोकले छोरी चारुमतिको विवाह थंकुका युवराजसँग गर्ने तयारी गर्छन्। यता चारुमति भने सैनिक देवपालसँग प्रेमविवाह गर्न पुग्छिन्।
नाटकमा चारुमतिको प्रेमप्रसंगसँगै सम्राट अशोकले नेपाल भम्रणको क्रममा स्थापित गरेको राजनीतिक सम्बन्धलाई समेत देखाइएको छ। त्यसबाहेक चारुमति र देवपालको सम्बन्धमार्फत् नेपाल र भारतका विभिन्न सांस्कृतिक सम्बन्धलाई पनि नाटकले केलाएको छ।
'चारुमतिले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई जोड्ने काम गरेको छ। नाटक तयारी गर्नुअघि दुईसाता पुस्तक अध्ययन गरेकी थिएँ,' उनले भनिन्। विवाहपछाडि नेपालमा बसेकी चारुमतिले चाबहिलस्थित बुद्ध स्तुपा निर्माण गरेकी थिइन्। उनको नामबाट चारुमति स्तुपाले चर्चा कमाएको किम्वदन्तीलाई नाटकमा समेट्ने प्रयास गरिएको छ।
विभिन्न शास्त्रीय नृत्यले नेपालको पृष्ठभूमि समेत छर्लङ्ग गर्ने प्रयास नाटकको सुरुवातदेखि कलाकारहरुले गरेका छन्। एक घन्टा २० मिनेटको नाटकलाई भने संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन्। विमल सुवेदीले निर्देशन गरेको नाटकमा पूर्व मेयर केशव स्थापित, भोला सापकोटा, अरुणा कार्की, राजकुमार पुडासैनी, देशभक्त खनाल, शिशिर बाङ्देल, सुवास थापा, मञ्जु थापा, पुस्कर गुरुङ, तृष्णा भट्ट, प्रदीप चौधरी र जेसन कुँवर लगायतले पनि अभिनय गरेका छन्। भारतीय दूतावास, बिपी कोइराला भारत–नेपाल फाउन्डेसन र थियटर भिलेजले संयुक्त रुपमा नाटक निर्माण गरेको हो। नाटक आगामी चैत १५ सम्म मञ्चन हुनेछ।