नयाँ दिल्ली– दिल्ली उच्च अदालतले फिल्म 'गुलाब ग्याङ'माथि बुधबार लगाएको रोक फुकुवा गरेको छ। रोक फुकुवा भएसँगै फिल्म पूर्व निर्धारित शुक्रबार नै रिलिज हुने क्रममा थियो। दिल्ली उच्च अदालतले फिल्म निर्माता अनुभव सिन्हाको निवेदनमाथि फैसला सुनाउँदै फिल्ममाथिको प्रतिबन्ध हटाएको हो। फिल्ममाथि रोक लगाउनुपर्ने भन्दै सम्पत पालले हालेको निवेदनमा सुनुवाई गर्दै दिल्ली उच्च अदालतको एकल इजलासले बुधबार फिल्म रोक्न आदेश जारी गरेको थियो।
फिल्म निर्माताले एकल इजलासको निर्णयविरुद्ध पूर्ण इजलासमा निवदेन दर्ता गराएपछि पूर्ण इजलासले फिल्मको पक्षमा निर्णय गर्दै बिहीबार प्रतिबन्ध फुकुवा गरेको हो।
फिल्मको प्रतिबन्ध हट्ने बित्तिकै निर्माण समूहले बिहीबार नै सञ्चारकर्मीहरुलाई फिल्म देखाएका थिए। आफ्नो जीवनबाट प्रभावित फिल्म बनाउन आफूसँग अनुमति नलिएको भन्दै सामाजिक अभियन्ता सम्पत पालले फिल्म 'गुलाब ग्याङ'को प्रदर्शन रोक्न मुद्दा हालेकी थिइन्।
भारतको उत्तरप्रदेश बुन्देलखण्डमा महिलामाथि हुने घरेलु हिंसा र अन्य सामाजिक समस्या समाधानमा सक्रिय महिलाको समूह 'गुलाबी ग्याङ'का नामले प्रख्यात छ।
सम्पत पाल समूहकी नाइके हुन्। फिल्ममा माधुरी दीक्षित र जुही चावलाको अभिनय रहेको छ। फिल्मलाई सौमिक सेनले निर्देशन गरेका हुन्।