काठमाडौं– अभिनेता राजवल्लभ कोइराला अभिनित नेपाली फिल्म 'ऋतु'का लागि भारतीय अभिनेता पुरब कोहलीले सफलताको कामना दिएका छन्। भर्खर रिलिज भएको 'शादी के साइड इफेक्ट्स'मा समेत अभिनय गरेका कोहलीले बिहीबार ट्वीट गर्दै राजवल्लभलाई शुभकामना दिएका हुन्। उनले ट्वीटमा भनेका छन्, 'नेपाली समकक्षी राजवल्लभ कोइरालाको फिल्म ऋतुको रिलिजका लागि शुभकामना।'ट्वीटसँगै उनले फिल्म 'ऋतु'को गीत 'माया लाग्दैन' पनि सेयर गरेका छन्।
राजवल्लभले अमेरिकाको टेक्सासबाट नागरिकसँग कुराकानी गर्दै पुरबले शुभकामना दिएकोमा खुसी लागेको बताए। 'पुरब मेरा मिल्ने साथी हुन्। उनले म र फिल्मप्रति देखाएको चासोले निश्चय नै खुसी तुल्याएको छ,' राजवल्लभले भने।
राजवल्लभ र पुरबको भेट सन् २०११ मा काठमाडौंमा त्यहीदेखि नियमित सम्पर्कमा रहेको जानकारी गराए। 'पुरब एउटा सर्ट फिल्मका लागि नेपाल आएका थिए। उनको सर्ट फिल्मको काम मेरा साथीहरुको कम्पनी आइसफलमार्फत् भएको थियो। त्यही सन्दर्भमा केहीपटक भेट भएको हो। त्यसपछि हामी एकअर्काको गतिविधिबारे जानकारी आदानप्रदान गर्दै आएका छौं,' राजवल्लभले भने।
मोडल, भिडियो जक्की हुँदै अभिनयमा प्रवेश गरेका पुरबले 'रक अन', 'आई एम', 'वो लम्हे', 'आवारापन', 'माई ब्रदर निखिल' जस्ता फिल्ममा अभिनय गरेका छन्। उनको अभिनय रहेको पछिल्लो फिल्म 'जल' रिलिजको तयारीमा छ।
'ऋतु'ले बिहीबार राजधानीको सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर शो आयोजना भयो। फिल्मको प्रिमियरमा फिल्मकर्मी तथा पूर्व मिस नेपालहरुको उपस्थिति थियो। शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा उपस्थित हुन नपाउँदा खल्लो लागेको राजवल्लभले बताए।
'अपवाद फिल्मपछि ऋतुमा मैले आफ्नो भूमिकासँग 'रिलेट' गरेको छु। अस्ट्रेलियामा फिल्मको समीक्षा राम्रो छ। शोपछि नेपालबाट आउने प्रतिक्रिया कुरेर बसेको छु। मुटुको धड्कन थामेर बसेको छु,' राजवल्लभले भने।
नेपाल र अस्ट्रेलियामा सुटिङ गरिएको फिल्ममा राजवल्लभसँगै पूर्व मिस नेपाल मलिना जोशी र रिमा विश्वकर्माको पनि अभिनय छ।