पाल्पा– तानसेन टुँडिखेल मैदानमा जुटेको मानिसहरुको भीड ‘मानव सागर’ भन्न सुहाउने थियो। आयोजकलाई दुइटा जोखिम आइलाग्यो। पहिलो भिड व्यवस्थापन गर्ने र दोस्रो गायक प्रशान्त तामाङलाई मञ्चमा पुर्यामउने। भीड थमाउन प्रहरी परिचालन गरियो। प्रशान्तलाई मञ्च पुर्यााउन नेपाली सेनासँग सुटक्क सहयोग मागियो।
टुँडिखेल नजिकै रहेको नेपाली सेनाको चण्डीप्रसाद गणको भित्री बाटो भएर प्रशान्तलाई मञ्चमा पुर्याेइएको थियो। मञ्चमा प्रशान्त उभिँदा दर्शकले ‘आई लभ यु गोर्खे’ भन्दै चर्को हुटिङ गरे। पाल्पाली ढाका टोपीमा सजिएका प्रशान्तले ‘यो मन त मेरो नेपाली हो’ गाउँदा दर्शकको समर्थन हेर्न लायक थियो।
‘आई लभ यु पाल्पा,’ प्रशान्त मञ्चमा चिच्याए, ‘मलाई पाल्पाको धेरै माया लाग्छ, आज त्यही माया पोख्न आएको छु।’ उनी 'गोर्खापल्टन' फिल्मको सुटिङका लागि पाल्पाका विभिन्न गाउँमा दुई महिना बसेका थिए। प्रशान्त आउने थाहा पाएर गाउँगाउँबाट दर्शक आएका थिए।
‘सुटिङ भएका गाउँहरुबाट गाडी रिजर्भ गरेर दर्शक आएका छन्,’ प्रचारप्रसार संयोजक शैलेन्द्र भट्टराईले भने, ‘अहिलेसम्म दर्जनभन्दा बढी मेला भए तर यति दर्शक जुटेको नयाँ रेकर्ड हो।’
‘प्रशान्तले मलाई पनि चिन्या छन्,’ पाल्पा सराईबाट प्रशान्त भेट्न आएकी ४५ वर्षीया थमिकला मगर हारगुहार गर्दै थिइन्, ‘उस्लाई एक पटक भेट्न दिनुस् ऊ पनि खुसी हुन्छ, मैले खाना पकाएर ख्वाएको हो उसलाई।’ तर प्रशान्त भेट्ने उनको धोको पूरा भएन।
महोत्सवको नवौं दिन शनिबार दर्शकको उपस्थितिले तानसेन बजार नै गुञ्जायमान भयो। ‘एकैदिनमा आज ४५ हजार दर्शकले महोत्सव हेरे,’ संघका अध्यक्ष राजु महर्जनले भने, ‘दर्शक थाम्न नसकेर बिना टिकट नै भित्र हुल्नुपर्योक।’