अन्तिम शिक्षा
२७ असार २०७८
•
१ मिनेट पाठ
अन्तिम शिक्षा

आर. मानन्धर

 




कतै सुनेको कथा हो यो।

एउटा वृद्ध मृत्यु शैयामा थिए। उनीसित अन्तिम केही सास मात्र बाँकी थियो। उनका सन्तानहरू उनलाई घेरेर बसेका थिए। तब एउटा छोरीले उनलाई सोध्छिन्, ‘बुबा, अब हजुर जाँदै हुनुहुन्छ । हाम्रो लागि केही जीवन शिक्षा दिनुहुन्छ कि ?’

वृद्धले सकी–नसकी बोले–“जब म युवा थिएँ, म सोच्थें यो संसारमा अचाक्ली अन्याय छ । मैले संसारलाई परिवर्तन गर्नुपर्छ । युवा जोश थियो । म त्यसैमा लागें।

“जब म प्रौढ भएँ, तब मलाई लाग्यो, मैले संसार परिवर्तन गर्न सक्दिनँ। बरु मैले मेरो समाज परिवर्तन गर्न सक्छु। म त्यसैमा लागें।

“जब मैले बुढेसकाल टेकें, मैले महसुस गरें — केही परिवर्तन त आउँदै थियो । तर सँगसँगै समाजमा नयाँनयाँ समस्याहरू पनि देखापर्दै थियो अनि मैले सोचें, शायद मैले परिवारलाई पो परिवर्तन गर्नसक्छु कि ?

“बुढेसकालभर म परिवारमा परिवर्तन ल्याउनमा लागिरहें । मैले मेरो जीवनभरिको शिक्षा तिमीहरूलाई दिनथालें। अहिले लाग्छ, मैले धेरै दुःख दिएँ । तिमीहरूलाई मदेखि धेरै दिक्क पनि लाग्यो होला।

“जीवनलाई फर्केर हेर्दा अहिले मलाई पश्चाताप लाग्छ। किन म आफूलाई परिवर्तन गर्नमा किन लागिनँ? अहिले मलाई लाग्छ — यदि युवाकालमा म आफूलाई परिवर्तन गर्नमा लागेको भए त्यो सम्भव हुन्थ्यो । अनि मेरो परिवार आफैं परिवर्तन हुन्थ्यो। त्यसपछि म समाज परिवर्तन गर्न सक्षम हुन्थें।  शायद म संसार परिवर्तन भएको हेरेर मर्न पाउँथें कि ?

“मैले जीवनमा पाएको शिक्षा यही नै हो ।”
अर्को समाचार
मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र
०४ फागुन २०८२
•
१ मिनेट पाठ
मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जनाएको छ। केन्द्रले छपाइ बाँकी रहेको पाँच लाख मतपत्र आज दिनभरिमा सम्पन्न गर्ने जानकारी दिएको छ।




केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आज साँझसम्म छपाइ सकिनेछ। उनका अनुसार प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र आजै सकिनेछ। ४२ दिनको कार्यतालिका लिएर सुरु गरिएको छपाइ कार्य ४० दिनमै सम्पन्न हुन लागेको उनले बताए। छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ।

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै लक्ष्यभन्दा अगाडि नै काम सम्पन्न गरेको जनाएको छ। छपाइ सम्पन्न भएका १० लाख नमूना मतपत्र निर्वाचन आयोग ले विभिन्न स्थानमा पुर्‍याइसकेको छ।

त्यस्तै, दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न गरी जिल्लामा पठाउने कार्य भइरहेको छ।

पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ।   
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस