भ्याक्सिन सूत्र
१७ साउन २०७८
•
५ मिनेट पाठ
भ्याक्सिन सूत्र

आचार्य प्रभा 

 




मैले अमेरिकाबाट नेपालमा पहिलो आफन्तलाई फोनमा सोधें, “कोरोनाको भ्याक्सिन लाउनुभो ?”

उताबाट जवाफ आयो, “मैले त बडो मुस्किलले पहिलो डोज भेटें। दोस्रो डोज लाउनै पाइन।”

–अनि छोराछोरी र भाउजूले नि ?” मैले फेरि प्रश्न तेर्स्याएँ । –“मलाई त  सुगर,प्रेसर  भएकाले लाइदिन करै लाग्यो तिनीहरूलाई। अब भाउजू र केटाकेटीलाई चाँही पर्खिनुपर्छ भन्यो। ” फेरि जवाफ यस्तो आयो।  

फेरि मैले दोस्रो आफन्तलाई फोनमा सोधें, “अनि कोरोनाको भ्याक्सिन लाउनुभो सबै परिवारले ?”

उताबाट जवाफ आयो, “खै! नगरपालिकाबाट फोन गरेर बोलाको बोलाकै छन्। जान पनि भ्याएको छैन। उहाँले त भ्याक्सिन लाउने मन नै  गर्नु भएकै छैन। दिनहुँ फोन गरेर हैरान पारिसके। हाम्रो उहाँ भने ठाडो कान लाउनु हुन्न। नेता मान्छे। फेरि आफ्नै सरकारको पुनर्आगमन भएको  छ।  भियाई–नभियाई छ। खै  कैले जानुहुन्छ? थाहा छैन। जाँदा हामी सँगै गएर लाउने भनेको। केटाकेटीको चाहिँ अहिले होइन अरे।” श्रीमतीले सहज रूपमा भनिन्।

यसरी म प्राय आफन्तहरुलाई आफ्नो देशमा फोन गरेर सोधिरहन्थें वा रहन्छु। किनकि  देशको राजनैतिक अवस्था र लोकतन्त्रको जथाभावी प्रयोगले देशको अवस्था सोचनीय नै बनेको छ। सत्तापक्ष कुर्सी र पदको लडाइँमा लड्दा नै व्यस्त छ। देशका कुनाकन्दरामा कति मानिसले मृत्युवरण गरिसके जो बेहिसाब नै छ। यस्तो अवस्थाको कारणले पनि देशमा भएका आफन्त मात्र नभएर समस्त नेपालीहरूकै चिन्ता लाग्छ।

चिन्ता नगर्नु पनि कसरी ?जहाँ सोर्सफोर्सको मात्र काम हुन्छ। बोल्नेको मात्र पिठो बिक्छ। गरीब,निमुखा,सोझासाझाहरूको कुनै कुरा बिक्दैन।  

आफूले पाउँने अधिकारहरूबाट बन्चित हुनुपर्छ। भित्रभित्रै हरकुरामा कालाबजारी हुन्छ। 

म सधैं पुरानो दिन सम्झिन्छु। आफू  विदेशबाट गएर पाँच,छ वर्ष स्वदेशमा बस्दा हामी नै बिरानो बनेका थियौं। जबकी हामी त उक्त ठाउँको रैथाने थियौं। पन्ध्र वर्ष मात्र भएको थियो घर,आँगन छाडेको तर यति बिरानो भइयो कि सबको नजरमा नयाँ मान्छे ठहरियौं। त्यो समय आफ्नै देशमा भोग्नुपरेको समस्या र बाधा,अड्चन सम्झिँदा अझ  पनि मनमा नमिठो पहिरो जान्छ। जहाँ आफ्नो कुनै पनि कार्यालयको  काम लिएर गयो।कि चिनेको मान्छे हुनुपर्ने। कि बिचौलियालाई समात्नुपर्ने। जहाँ पनि पैसा र पावरको कुरा आउने। यस्तैयस्तै कुराहरू म सम्झिरहन्थें। अझै सम्झिन्छु। आफू आफ्नै घरआँगनमा बस्दा भोगेका दिनहरू अझै सम्झिँदा मन चिसो बनेर आउँछ। त्यसैले म आफ्नो गाउँठाउँका आफन्तहरु जो अलिक निरीह छन्। सोधीखोजी गरिरहने गर्छु किनकि मलाई विदेशमा आफू हुनुको पीडाभन्दा स्वदेशका आफ्नै घर आँगनमा भएका आफन्तहरूको चिन्ताले सताउँछ।  

केही दिन अघिमात्र मैले दोस्रो छिमेकीलाई फेरि चासो राखें भ्याक्सिन लाएनलाएबारे। जवाफ आयो , “फोन गरेको गरेकै गरेर सब परिवार गएर लायौं नि !”

मैले प्रश्न दोहोराएँ , “अनि केटाकेटीले पनि लाउँन पाए त ?”

उत्तर सहजसँग आयो, “किन नपाउनु ? पार्टीको कार्यकर्ताको सन्तानले पनि यति सहुलियत नपाए कस्ले पाउने त ? गइयो झ्याम्झुम लाइयो पो हल्लाखल्ला नगरी। भन्न त पचास कटेकाले भनेर उमेरको सिमा निर्धारण गरेको छ तर हाम्राहरुले त लाए।”

मैले केही दिनअघि फेरि तेस्रो  पटक  फोन गरेर  अर्का छिमेकीलाई सोधें।जो अलिक संभ्रान्त परिवारका छन्, –“कोरोनाको भ्याक्सिन लाउनुभो त ?

–खै !पहिला लट आउँदा याद गरिएन। अहिले आएको छ रे। पचास वर्षदेखि माथिकालाई मात्र रे। अब लाउन जानुपर्ला मचाहिँ।  उताबाट जवाफ आयो।

केही दिनपछि उही तेस्रो पटक फोन गरेको छिमेकीबाट फोन आयो। यता र उताको हाल खबर आदानप्रदान भयो। फेरि उही भ्याक्सिनको कुरा आयो र  सोधें मैले, “भ्याक्सिन लगाइयो ? चाँडो पत्तो लाएर लाउनु है। अस्ति लाकै छैन भन्दै हुनुहुन्थ्यो। दोस्रो लहरको कोरोना आक्रमणले त सखाप पार्दैछ नेपालमा भन्दैछन्।”  

उताबाट जवाफ आयो। हाम्रो शहरमा त टोलटोलमा कोरोना संक्रमण छ। कोही जाति हुँदैछन्। कोही जाँदैछन् भगवानको घर। यस्तै संकट छ।’

– अनि यस्तो विकराल परिस्थिति हुँदा पनि भ्याक्सिन लाउन किन ढिला गरेको त ?” मैले उत्सुकता पोखें।  

–“ए लगाइसक्यौं नि ! हिजोअस्ति नै। शुत्र लाएर भए पनि। हत्तपत्त लाउन नपाइने रहेछ तर विशेष शुत्रबाट पत्तो लाग्यो। केटाकेटी सबले लाए। रोजी छानी। अमेरिकाबाट आएको लाउने कि? चाइनाबाट आएको लाउने ?” ढुक्कसाथको उत्तर आयो।  

–अनि केटाकेटीले पनि लाए त ? पचास कटेकालाई मात्र भन्ने सुनेकी थिएँ। मैले फेरि प्रश्न  तेर्स्याएँ।

–भन्दैछु त विशेष शुत्र फिट् गरेर केटाकेटीलाई पनि लाउन लाएँ नि ! लाउन नपाउने कति छन् – छन् नेपालमा।  शुत्र फिट गर्दा के हुँदैन ? भन्दै हाँस्यो उ।

मलाई पनि केही आशा पलायो। आखिर शुत्र लाउँदा त पाउने रहेछ त भनेर अनि मैले पहिला फोन गरेको मेरो आफन्तलाई म्यासेन्जरमा खबर पठाएँ, “त्यहाँ भ्याक्सिन आइसकेको छ रे त ! घरको अन्य सदस्यलाई पनि लाउन पठाउनु नि?”

जवाफमा लेखिएको थियो, “पचास वर्षमुनिलाई अहिले होइन भनेर दुई पटक नलाई पठायो। के गर्नु त ?”

मैले जवाफमा लेखें,  “त्यहाँ सूत्र लाउँदा पाइँदो रहेछ नि त ! फलाना–फलानाले त केटाकेटीदेखि सब परिवारले लाएछन् नि ? अब त्यस्तै सूत्र लाउनु पर्यो नि ?”

उताबाट अन्तिम म्यासेज आयो, “आफूलाई त्यस्तो सूत्र लाउने विधि थाहा छैन। यदि थाहा हुँदो हो त पचास वर्ष मास्टरी जागिर खाएर अहिलेसम्म यही पेंसिनको भरमा गुजारा गरेर बस्थें ? ती  सूत्रधारहरूजस्तै म पनि सूत्रकै भरमा कहाँ पुगिसक्थें नि। हाम्रो देशमा पहुँचवालाहरू नै त सूत्रकै भरमा अक्कासिइरहेका छन् नि। जो सूत्र लाउन जान्दैन यी हामीजस्तै जहाँको तँही। अब कोरोनाबाट बँच्न पनि सूत्र नै चाहिने रैछ। कहाँ खोजूँ त्यस्तो ज्यान बँच्ने सूत्र ?”

म सोंच्न थालें। यहाँ भने भ्याक्सिन लाउन आइज– आइज भनेर ईमेल – फेसबुक,ट्विटर आदिमा दिनहुँ लोकेसन तोकीतोकी म्यासेज आउँछ। जनताको कति चिन्ता छ। यहीँ संसारभरका मान्छेहरू यहीँ आएर थुप्रिएका छन्। सबैलाई बराबरी को आफ्नो देशको ? को पराई देशको ?असमानता छैन। सबैलाई भ्याक्सिनको सुविधा दिएको छ तर हाम्रो देशमा भने अझै पहुँचवाला र शुत्रवालाकै हालीमुहाली छ। अब ज्यान बँचाउन पनि शुत्र नै लाउनुपर्ने कस्तो बाध्यता होला ?कठै ! हामी नेपाली जनता आफ्नै देशमा आफै बिरानो। जताततै शुत्रकै बिग्बिगी।

यस्तै सोंच्दै बस्दै थिएँ म’त कल्पनामै उडेर देश पुगिसकेकी रहिछु शुत्र पत्तो लाउन। म्यासेन्जरको घण्टी टिङ्ग बज्दा झस्किएँ। म्यासेज उही मेरो आफन्तको रहेछ, –कसै गरेर पनि मैले त शुत्र पत्तो लाउन सकिनं भनेर।  
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस