साँघुरो सोच
१५ भदौ २०७८
•
७ मिनेट पाठ
साँघुरो सोच
सामाजिक सञ्जालमा थुप्रै किसिमका कुराहरु सुन्न पाईन्छन्। कतिपय त कहाली लाग्दा पनि हुन्छन्। पछिल्लो समय हाम्रो देशमा पनि सम्बन्ध बिच्छेदको घटना निकै नै बढ्दै गएको तथ्यांक सार्वजनिक भैरहन्छ। झन सामाजिक संजालमा त यो घटनाले निकै ठूलो रुप लिने गरेको छ। संजालमा सम्बन्ध बिच्छेद सम्बन्धी आफ्नै कसिमको तर्क र बहस पनि हुने गरेको छ।  




कति महिलाहरु अब खुलेर बाँच्नु पर्छ भनेर आफ्नो अधिकारको लागि लड्न तयार भैसकेका छन् त कतिपय महिलाहरु ईज्जत र समाजको डरले पनि बोल्न सकिरहेका छैनन् भने कोही आत्महत्या गर्न बाध्य छन्। कतिलाई आफ्नै परिवार भित्रका सदस्यले शोषण गरेर आवाज दवाएर बस्न चेतावनी दिएका छन् त कतिलाई आफ्नै परिवारका सदस्यहरुले नै हत्या गरीरहेका छन्।  

महिलाका लागि भनेर यो देशमा कति धेरै कानून बनेको छ महिला साक्षरताको अभियान नै चलेको छ महिला नै देशको सर्बश्रेष्ठ पदमा छन् र पनि हाम्रा चेलीहरु किन सुरक्षित छैनन्? छोरी जन्मेपछि उसलाई सबै कुरा सहनुपर्छ धर्ती भएर बस्नुपर्छ सबै समस्याहरुलाई चुपचाप सामना गर्नपर्छ भनेर हरेक छोरीहरुलाई बाल्यकालदेखि नै सिकाइन्छ। तर आईलाग्ने माथि जाई लाग्नुपर्छ भनेर किन सिकाईन्न?

थाहा छैन बिहे गरी जन्मघर छोडेर पराईघर जाने नियम कसले बनायो तर जसले बनायो उस्लाई आफ्नो छोरी बोझ नै भएको हुनुपर्छ जस्तो लाग्छ।अचेल लाग्न थालेको छ कि मान्छेहरु अरुको वास्तविकता बुझ्न चाहाँदैनन् उनीहरु अरुको मनको किताव खोलेर पढ्न नै चाहँदैनन् अनुहार लाई नै अखबार सम्झन्छन्। घर परिवार र समाजको अनुहार खुसी देख्नको खातिर उसले आफ्नो अनुहार कस्तो भयो भनेर अनुहार ऐनामा हेर्न सम्म बिर्सन्छे शरीरका निलाडामहरुलाई पनि सजिलै सहिदिन्छे केवल आफ्ना आमा बाबाको ईज्जतको खातिर। यति गर्दा पनि कसैको चित्त बुझाउन सक्दिन के उसको जीवन सधै अरुकै लागी समर्पित हुन मात्रै हो त ? आफ्नो लागि कैले सोच्ने आफ्नो लागि कहिले बाँच्ने त?

साँझ अफिसबाट घर फर्कँदै गर्दा बाटोमा देखेको एउटा दृश्यले मनमा निकै नै ठेस लाग्यो। ती पुरुषको हुन् थाहा छैन तर उनी नजिक जाँदा जो कोही पनि पहिल्याउन सक्थ्यो कि उसले पिएको छ भनेर। एउटी भर्खरै कि महिला करिब २०/२२ को हाराहारीमा होलीन् उनले आफ्ने पिठ्युँमा सानी छोरी बोकेकी थिई उसलाई ती पुरुषले नराम्रो शब्दले गाली गर्दै पछाडिबाट कपाल यसरी लुछ्यो कि मानौँ उसको कपाल  कपाल नभएर कुनै डोरीको मुठो हो झैँ गरेर। त्यसरी कपाल तान्दा पनि उनी भन्दै थिईन म तँ सँग बस्न सक्दिन् बरु गिटी कुटेर यो छोरी हुर्काउँछु तेरो छायाँ पनि पर्न दिने छैन मेरो यो सन्तान माथि। बच्चालाई जन्म दिँदैमा बाउ बने भनेर घमण्ड नगर महोदय बाउ बनिसकेपछि आफ्नो  कर्तव्य  पनि पूरा गर्न सक्नुपर्छ। 

यसो भनिरहँदा उसको आँखाको डिलमा रोकेर राखेको आँसुमा निकै क्रोध थियो अनि एक खालको साहास पनि मिसिएको थियो। मलाई मेरै परर्वाह छैन परर्वाह छ त यही एउटा काखको सन्तानको बाँकी त सँग नत मेरो गुनासो रह्यो न कुनै नाता। एउटा ट्राफिक आयो अनि ती पुरुषलाई गाली गर्दै तपाइँको घरको समस्या घरमै सुल्झाउनुस बाटोमा रमिता नबनाउनुस। तपाईँकि श्रीमतीनै भएपनि यसरी सार्वजनिक स्थलमा महिलामाथि हातपात गर्नै अधिकार छैन तपाईँलाई भन्दै करायो। ती महिलाले थोरै साहस पाईन र बाटो लागिन् त्यो श्रीमान चाहिँ रिसले चुर हुँदै पख्लिस भन्ने भावनाले उसलाई हेर्दै लज्जित भएर त्यो भिडबाट बाहिरियो।

उसले एउटी नारीमाथि गरेको चरित्रहत्या सारै नै निन्दनीय थियो। यो त एउटा दृष्य मात्रै हो। व्यस्त सहर यहाँको भीड वरपरका मान्छेहरु आफ्नै गन्तव्यमा पुग्न तल्लिन थिए यो शहर हो यहाँ अनेकौँ रहर हरु भएका मानिस छन्। यी सानातिना हजारौँ  झै-झगडाहरु फुटपाथमा भैरहन्छन् त्यसैपनि यहाँ अरुको चासो लिएर बस्ने फुर्सद नै पो कसलाई छ र ? मनमा खिन्नता लिएर घर गएँ बाटोभरी लागिरह्यो मान्छेलाई अब सम्बन्धको कदर नै छैन। मजाकमै जोडिछन् सम्बन्धहरु अरुको भावनासँग खेलिदिन्छन् अनि पागल बनाएर छोडिदिन्छन कि त मर्नको लागि बाध्य बनाईदिन्छन्। मानौँ, पुग्यो भनेर चार मुठी चामल फ्याँक्न लगाएर अरुको जिम्मा लगाउने आमाबाबाहरु कोट लगाएको ज्वाईँ देख्दैमा मेरी छोरीले सुख पाएकी छे भनेर घमण्ड गर्दै छाती फुलाएर बस्छन् त्यो उनीहरुको मुर्खता हो झैँ लाग्छ।

आफ्ना पीडाहरु सहेर पनि थोरे मान्छेहरु होलान् जो आफ्नो हक को लागि लड्नुपर्छ हिंसा सहेर बस्नु हुन्न भन्ने कतिपय नारीहरु आफ्नो आर्थिक स्थिति राम्रो नहुनाले आफैँमा सक्षम नहुनाले काखमा भएको सन्तानको भविष्यको चिन्ताले पनि यातना सहेर बस्न बाध्य छन्। अझै भन्ने हो भने यो समाज ले के सोच्ला परिवारको ईज्जतमाथि समाजले औँला ठड्याउला बरु सहन्छु भनेर सहन्छन् अन्त्यमा केही नलागेपछि आत्महत्यालाई नै विकल्प बनाएर जीवनलाई समाप्त पारेका घटनाहरु पनि प्रशस्तै छन्। जिउँदो छँदासम्म वास्ता नगर्ने दाजुभाई अनि माईती छोरीको मृत्यु पश्चात आँसु बगाउँदै बस्छन्।

उनीहरुलाई जीवनभर पछुतो हुन्छ खासमा भन्ने हो भने म पनि मेरो दिदी बहिनीको दलाली हुँ धनी हुँदैमा खुसी हुन्छ भनेर मैले उस्को भावनालाई धनसँग साटेर पराईलाई जिम्मा दिएको थिए भनेर दाजुभाईले पनि पश्चाताप गर्ने बाहेक बिकल्प नै हुन्न। संसारमा नारीहरु पीडित त छन् नै आमा बाबाको घरदेखि लिएर श्रीमान्को घर यो समाज अनि एकल महिला बने पश्चात् त्यही मध्ये जति पनि सफल  र नाम कमाएका नारीहरु छन् उनीहरुको सफतापछि पनि ठूलो कहानी लुकेको हुन्छ तर त्यो बुझ्न कसैले पनि चाहँदैन अचेल मान्छेहरु अरुको वास्तविकता बुझ्न चाहँदैनन् उनीहरु अरुको मनको किताव खोलेर पढ्न नै चाहँदैनन् अनुहारलाई नै अखबार सम्झन्छन् र बाहिरी देखावटीलाई नै सबैथोक। यही बिचमा आफ्नो समाजबाट पनि केही कुरा नयाँ थाहा पाएकी  थिएँ।  

श्रीमानको मृत्यु पश्चात रातो लगाउन हुन्न रे, घरमा पूजा गरेर हरेक दिन पहेँलो टीका आफू लगाएर हामीलाई रातो अबिरको टीका लगाईदिनुहुन्थ्यो। कतै नजानिदोँ रातो अविरका छिटाहरु उहाँको शरीरमा लागिहाल्यो भनेपनि गाली गर्दै किन लाइदियौ भनेर रिसाउनुहुन्थ्यो। दशैँमा टीका लगाउँदा पहिले बुढो आमाको लागि भनेर पहेँलो अक्षता मुछेर छुटै राखिसकेपछि मात्रै हाम्रो लागि भनेर रातो अक्षता मुछ्ने गरेका गरिएको थियो। उमेर बढ्दै गएपछि थाहा भयो श्रीमानको मृत्युपछि सिन्दुर लगाउन हुँदैन रहेछ।

यदि श्रीमान् बितिसकेपछि पनि रातो लगायो भने पाप लाग्छ रे मरेर गएको मान्छेले स्वर्गमा पनि शान्तिले बस्न पाउँदैन रे के के हो के के यो त समाजको नियम कानुन हाम्रो धर्म र संस्कार भन्दा बाहिरको कुरा रे। कठै मेरो समाज र यहाँको संस्कार। यदि कुनै नारी आफ्नो श्रीमान्को मृत्यु पश्चात पनि रातो लगाउन चाहान्छे भने पनि उसले त्यो अधिकारबाट बञ्चित हुनुपर्नै रैछ त्यो पनि समाजको  नितिनियमको कठघराको अगाडि।

रातो श्रृङ्गारमा सजिएकी नारीका हातका चुरा नाडीमै फुटाईन्छ। उसको सिन्दुर सिउँदोबाटै जबरजस्ती पखालिन्छ उसको त्यो कोमल फूल जस्तो शरीरमा सेतो लुगाले बेरेर एउटा राति हिँड्ने भूतको जस्तो स्वरुपमा परिर्वतन गराईन्छ। श्रीमान् छउन्जेल सौभाग्य लगाएन् भनेर गाली गर्ने मान्छेहरुनै श्रीमान्को मृत्यु पछाडि रातो लगायो भनेर कुरा काट्छन्। रातो रंग त उसले जन्मजात पाएको सौभाग्य हो उसको अधिकार हो तै पनि उसलाई अधिकार बाट किन बञ्चित गर्न खोजिन्छरु

उसको सौभाग्यलाई उसको नैतिककासँग तुलना गरिन्छ। गर्नै चाहिँ के गर्ने रु एउटी नारीको अस्तित्व पुरुषसँग मात्रै जोडिएको छ र पुरुष बिना नारीको के आफ्नो अस्तित्व नै छैन ररु सम्बन्ध विच्छेद पश्चात त एउटी नारीलाई खुलेआम बाँच्ने अधिकार छैन नाना थरीका उपनामहरुहरु को महँगो बिल्ला जो भिराईदिन्छन् भने विधुवा भएपछि त झनै बाँचेर अगाडि बढ्ने हौसला हिम्मत दिने त परको कुरा सजिलोसँग सास फेर्न सम्म पनि डराउनुपर्ने वातावरण बनाईदिन्छन् र जिउँदो छउञ्जेल जसले एकथोपा पानीसम्म खान दिँदैन मृत्युपछि उनीहरुनै शंखमा पानी थपेर बजाएर आर्यघाट सम्म पुग्छन्।

त्यहि विधवा शरीरमाथि अबिर फूल माला ले पुजा गर्न हतारिन्छन् जिउँदो छउञ्जेल  रातो लगाउँदा  आपत्ति जनाउनेले मरिसकेको लासमाथि सिन्दुरका प्याकेट खन्याउँदा एकपटक किन सोच्दैनन्, यो सबै सोचको परिणाम त होनी राम्रो सोच्यो भने सबै राम्रो नै त हुन्छ। त्यसैले जीवनमा आफ्नो बाटो आफैँ रोज तिमीलाई तिमीले भन्दा अरु कसैले राम्रो सँग चिनेकै हुँदैन।

हामी हरेक कुरालाई आफ्नो साघुरो सोचको फ्रेममा राखेर हेरिदिन्छौँ र धारणा बनाईहाल्छौँ, तर कतिपय यथार्थहरु हाम्रो सोचको फ्रेम भन्दा ज्यादै फराकिला हुन्छन् त कुनै ज्यादै साँघुरा पनि। यो बनिबनाउ सोचको फ्रेमलाई भत्काईदिउँ ताकि हाम्रो सोच फराकिलो भएर परपर पुगोस् र धेरै कुरा अटाओस्।
अर्को समाचार
हिजोआज स्वीटर उद्योगमै भेटिन्छन् सावित्रा...
१७ मंसिर २०८०
•
५ मिनेट पाठ
हिजोआज स्वीटर उद्योगमै भेटिन्छन् सावित्रा...
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन्। नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन्।




महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन्। अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन्। 

गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्वीटर उद्योगमा भेटिन्छन्। दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकि छिन्। उनीसँगै नरेठाँटीका सातजना महिला यही उद्योगमा काम गर्छन्। उद्योग सञ्चालनमा आएपछि अहिले सातै जनाले अरुको काम गर्नु नपरेको बताउँछन्। स्वरोजगार बनेपछि दैनिकी र जीवनस्तर बदलिँदै गएको उनीहरुको भनाइ छ।

सावित्राले पाँच दशक बढीको उमेर चुलोचौको र मेलापातमा बिताइन्। पचास नाघेपछि उद्यमी बन्दा उनी खुसी छिन्। कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ। काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई विस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो। उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उनले बताइन्।

गलकोट–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८–२० वर्षका युवती छन् भने कोही पाका महिला छन्। युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ। पालिकाले तालिम दिएर सीप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको काम गर्नु नपर्ने सुनाउँछन्।  

सावित्राले परिवार चलाउनका लागि रात दिन अरुको काम गरेको स्मरण गर्दै अहिले आफूलाई अनुकूल समय निकालेर काम गरिरहेको बताइन्। उनले सबैभन्दा ठूलो सीप रहेको भन्दै सीप भएपछि कुनै पनि व्यक्तिले दुःख पाउन नपर्ने बताइन्।  

नगरपालिकाले गृहिणी महिलाका लागि ठूलो अवसर दिएपछि आयआर्जनसँग जोडिन थालेको सावित्रीको भनाइ थियो। अहिले आफै मालिक भएर काम गर्दा गौरवको अनुभूति भएको उनले अनुभव सुनाइन्। 'पहिले अरुको काम गर्नुपथ्र्यो। अरुको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो। परिवारको खर्चका लागि मेलापात गर्नुको विकल्प थिएन', उनले भनिन्, 'अहिले सीप सिकेपछि दुई/चार पैसा कमाउन गाह्रो छैन। आफ्नै व्यवसाय छ। आफै काम गर्ने आफै कमाउने भएका छौँ।'

महिला उद्यमीकी संयोजक खड्काथोकीले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरमा परिवर्तन गराइदिएको बताइन्। तालिम पश्चात् उद्योग परीक्षणकालमा रहे पनि व्यवसाय फस्टाउँदै गएको उनले सुनाइन्।  

यहाँ महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दि, टोपीलगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन हुने खड्काथोकीले दाबी गरिन्। बजारको भन्दा सस्तोमा यहाँबाट उत्पादित सामान उपलब्ध गराउन सक्ने उनको भनाइ थियो।  

व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पुर्‍याउन नसकेको खड्काथोकीले जानकारी दिइन्। उद्योग सञ्चालनमा अधिकांश लगानी नगरपालिकाले गरेको भन्दै यहाँ आवद्ध महिलाले प्रतिव्यक्ति पचास हजार लगानी गरेका उनले बताइन्। उनका अनुसार कच्चापर्दाथ बुटवल र काठमाडौँबाट ल्याउने भएकाले समस्या भएको छैन।

संयोजक खड्काथोकीले उद्यमले गृहिणीको आर्थिक अवस्थालाई बलियो बनाउन थालेको बताइन्। पहिले अरुको काम गर्दा दिनको रू पाँच सय कमाउने गरेकामा अहिले रू एक हजारदेखि रू बाह्र सयसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन्। 

'सीप नहुँदा मैले पनि अरुको काम गर्थेँ। अरुको काम गर्दा पैसा लिन नै समस्या थियो। अहिले नगरपालिकाले सीप सिकाएपछि हामीहरु उद्यमी बनेका छौँ। यहाँ बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन गरिरहेका छौँ। तुलनात्मक रुपमा यहाँ सस्ता पनि पर्छ', खड्काथोकीले भनिन्, “अहिले माग बढिरहेको छ। मागअनुसारको उत्पादन पु¥याउन सकिएको छैन। उत्पादन गर्ने ठाउँमै आएर किन्ने धेरै हुनुहुन्छ। उद्योगमा हामी आफूलाई मिल्ने समयमा आएर काम गर्छौ। अहिले मासिक रू ३०/३२ हजार कमाउनलाई गाह्रो छैन।'

सोही ठाउँकी सुस्मिता नेपालीले आर्थिक अवस्था कमजोर भएकाले १० पढ्दापढ्दै बीचमै पढाइ छोड्नुपर्‍यो। पढाइ छोडेर गाउँमै केही गर्ने लक्ष्य राख्नु भएकी सुस्मिताले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिम लिएसँगै अहिले उनी पनि अन्य महिलासँग मिलेर उद्यम सुरु गरेकी छन्। उद्यमले अहिले आर्थिक अवस्था सुधारहुँदै गएको उनले बताइन्। नेपालीले दैनिक उद्योगमा आएर ग्राहकले माग गरेका कपडा बुन्ने गरेको सुनाउँदै आफूहरुले उत्पादन गरेका सामग्रीलाई धेरैले रुचाएको बताइन्।  

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजनाअन्तर्गत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाइएको जानकारी दिए। पछिल्लो समय धेरै गृहिणी विदेश पलायन हुनथालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उनको भनाइ थियो।  

नगरपालिकाले तालिमसहित करिब रू सात लाख बराबरको मेसिन सहयोग गरेको भन्दै उद्योगका लागि घर पनि पालिकाले नै व्यवस्थापन गरिदिएको प्रवक्ता भण्डारीले बताए। 'सुरुमा तालिम लिने दिदीबहिनी धेरै थिए। व्यवसाय गर्न चाहीँ सात जनाले मात्रै थाले। उहाँहरु अहिले आत्मनिर्भर बन्दै जानुभएको छ। सात जनाले भए पनि यहाँ रोजगार पाउनुभएको छ', उनले भने, 'अझै उद्योगमा धेरै कामदारको आवश्यकता परेमा उद्योग विस्तार गर्दै लगे धेरैले रोजगार पाउने छन्।'  

यहाँ आवद्ध सबैको आर्थिक अवस्था सुधार भएको भन्दै प्रवक्ता भण्डारीले महिला आयआर्जनसँग जोडिएसँगै उनीहरुको जीवनशैली पनि बदलिएको बताए। नगरपालिकाले अन्य वडामा पनि सीपमूलक तालिम दिएर महिलालाई व्यवसायसँग जोडेको उनको भनाइ थियो। रासस
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस