पोखरा-लामो समयदेखि पोखरेली रंगमञ्चमा देखिएको रिक्तता पुर्दै सुरु नाटक 'अर्को ओरालो'को मञ्चन सकिएको छ। नयाँ पुस्ताको सक्रियतामा गठित युथ क्रियसन थिएटरले नाटक तीन दिनसम्म मञ्चन गरेको थियो। उनीहरुको प्रयासलाई कलाप्रेमी स्थानीयले साथ दिएका थिए।
बिहीबारदेखि सुरु नाटक शनिबारसम्म चलेको थियो। नाटकका लागि प्रतिकूल उद्योग वाणिज्य संघको हलमा कठिन व्यवस्थापन गरी अर्को ओरालो मञ्चन गरिएको थियो। 'दर्शक तथा कलाप्रेमीको प्रतिक्रियाले उत्साहित छौं,' सहनिर्देशक सौगात संघर्षले नागरिकसँग भने, ' फेरि अर्को प्रयास गर्नेछौं।'
अधिकांश कलाकार स्थानीय रहेको नाटकको निर्देशन नुवाकोटका पुरु लम्सालले गरेका थिए। समलिङ्गी भएर पनि घर परिवारको दबाबमा बिहे गरेको केटा र उसकी श्रीमतीबीचको द्वन्द्वलाई मुद्दा बनाएको नाटक लम्सालले नै लेखेका हुन्। मल्टिमिडिया, पोस्चर, मिरर इफेक्टजस्ता नौला प्रयोग नाटकमा गरिएको थियो। पात्रले गरेको कल्पनालाई पनि सजीव रुपमा उतार्न सफल नाटकमा मल्टिमिडिया प्रयोग गरेर लम्सालले पात्रका गतिविधिलाई प्रष्ट पारेका थिए।
'यो विधामा नआएको विषयलाई उठाएका हौं,' फरक विषयमा नाटक तयार गरेको निर्देशक लम्सालको दाबी थियो, ' अझ पोखराकै सेरोफेरोको घटनामा काल्पनिक लेप लगाएका हौं, यसमा सामाजिक मुद्दा पनि उठाइएको छ।' अरु पेसा व्यवसायबाट जीविकोपार्जन गरे पनि दिलदिमाग नाटकलाई दिएका युवाले २ महिनादेखि अभ्यास गरेका थिए। रिहर्सलको निखार नाटकमा उतार्न उनीहरु सफल थिए।
'अर्को ओरालो'मा रेम विक , कपिल शर्मा, शर्मिला बस्नेत, रोहन नेपाली 'शिव' र उर्मिला कार्कीले गरे। रेमले नेपाली फिल्ममा समेत अभिनय गरिसकेका छन् भने बस्नेतले पनि धेरै क्यामेराअघि आफ्नो अभिनय देखाइसकेकी छन्। नाटकमा गीतसमेत समावेश गरिएको थियो। निर्देशक लम्सालले लेखेको गीत नरजङ्ग गुरुङले गाएका हुन्। कलाकार उत्पादनसंगै व्यावसायिक रंगमञ्चीय क्रियाकलापलाई अगाडि बढाउने योजनाले नाटक मञ्चन गरिएको थिएटरका अध्यक्ष कपिल शर्माले जानकारी दिए।
एक वर्षअघि गठित युथ क्रियसन थिएटरले पोहोर कृष्ण उदासीको निर्देशनमा 'अन्तर्राष्ट्रिय रक्सी भट्टी' मञ्चन गरेको थियो। योपटक 'अर्को ओरालो'मा समेत ' अन्तर्राष्ट्रिय रक्सी भट्टी'का केही कलाकार दोहोरिएका थिए। यसअघि थिएटरले नाटककार कृष्ण उदासीकै दुइटा कवितालाई समेत मञ्चन गरेको थियो।