‘नथाक्ने मान्छे’लाई नियाल्दा
१९ असोज २०७८
•
६ मिनेट पाठ
‘नथाक्ने मान्छे’लाई नियाल्दा
खोटाङको उँभोखोला क्षेत्र रिब्दुङमा जन्मिएको जितबहादुरले आफ्नो बाल्यकालीन समय मात्र त्यहाँको माटोमा बितायो। आफू जन्मिएर हुर्किएको घरआँगन, बाख्रा चराउँदै कुदिहिंडेका वनपाखाहरूसँगै खेलेहुर्केका साथीभाइहरू प्रिय लाग्दालाग्दै उसले बाउआमाको पछि लागेर अनजान अवस्थामै मधेश झर्नुपर्‍यो। सायद सधैंका लागि बसाईं हिंडेको भन्ने उसलाई थाहा थिएन पनि होला।




जे होस् मधेश (देवीझोडा, मोरङ) झरेर जीवन संघर्षका अनेक उकालीओराली र घुम्तीहरू पार गर्दै विकट पहाडी गाउँको त्यो गुमनाम जितबहादुर गायक, सङ्गीतकार, गीतकार, नाटककार, कवि र गजलकार जेबी थुलुङ बन्यो। यति मात्र बनेन ऊ, जीवन धान्ने क्रममा असल शिक्षक बन्यो । बाम राजनीति, समाजसेवा र संस्कृतिको क्षेत्रमा छुट्टै पहिचान स्थापित ग¥यो। इतिहासमा नमेटिने नाम बनायो तर पनि ऊ रम्ने क्षेत्र भनेको कला क्षेत्र नै हो। उसलाई निकै पछि पो थाहा भयो कि बालक कालमा ऊ त रित्तै मधेश झरेको होइन रहेछ। नजानिंदो पाराले साथमा अलिकति पहाडी बतास, अलिकति खोलाको गीत, अलिकति दौंतरीहरूको प्रीत अनि मुटुभरि माटोको सुगन्ध बोकेर पो उँभोखोलाबाट उँधो झरेको रहेछ ऊ।

यी बहुप्रतिभाका धनी जेबी थुलुङलाई मैले ०५९ सालतिर चिनेको हुँ। त्यो बेला मोरङको बेलबारी नजिक लालभित्तीमा बसोबास गर्न थालिसकेका उनी घरदेखि अलि वर्तिरको खोर्साने (इन्द्रपुर) स्थित सिद्धार्थ इङ्लिस स्कूल (भोजपुरका अर्जुन बस्नेतले खोलेको) मा पढाउँथे। मेरो परिवार पनि खोटाङको खाल्लेबाट त्यही बेला मोरङको खोर्साने (हाल कोसी हरैंचा नपा– १०) मा बसाइँ झरेको। संयोगले मैले केटाकेटीहरूलाई उनले पढाइरहेको त्यही स्कूलमा भर्ना गर्न पुगें। त्यही क्रममा उनीसँग चिनजान भएको हो। मैले बिस्तारै थाहा पाउँदै गएँ, उनी त गीतसंगीत तथा कला क्षेत्रका ठूला पारखी रहेछन्।

पूर्वका धेरै साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा अत्यन्त व्यस्त रहने जेबी थुलुङलाई मैले धेरै चोटि विराटनगर, इटहरी, धरान, विराटचोक, सुकुना क्याम्पस, खोर्साने, लालभित्ती, बेलबारी, डाँगीहाट, दमक लगायतका धेरै ठाउँहरूमा कहिले हारमोनियम बजाउँदै गरेको भेटेको छु। कहिले गीत गाउँदै गरेको त कहिले कविता र गजल भन्दै गरेको भेटेको छु। धेरैचोटि त कार्यक्रम चलाउँदै र भाषण गर्दै गरेको भेटेको छु।

पूर्वतिरका धेरै साहित्यिक, सांगीतिक, सांस्कृतिक तथा सामाजिक संघसंस्थाहरूमा आबद्ध रहेका जेबी थुलुङ हाल जनसांस्कृतिक महासंघ, नेपालका केन्द्रीय समिति सदस्य र १ नं. प्रदेश संयोजक समेत रहेका छन्। सिर्जना यात्रामा उनले २०६० सालमा ‘लालीगुराँस’ लोकदोहोरी एल्वम र २०६८ सालमा ‘महेफिल’ नामको गीति एल्वम प्रकाशमा ल्याए। फुटकर गजलबाट निकै प्रसिद्धि कमाएका उनले २०७७ सालमा ‘नथाक्ने मान्छे’ नामक गजल सङ्ग्रह प्रकाशन गरे। जुन अहिले चर्चाको क्रममै छ।

थुप्रै साहित्यिक, सांगीतिक संघसंस्थाहरूबाट पुरस्कृत र सम्मानित भइसकेका जेबी थुलङ नेपाल सरकारबाट प्रदान गरिने संगीत तथा नाट्य क्षेत्रको प्रदेश प्रतिभा पुरस्कार (प्रदेश नं. १) –२०७७ बाट समेत पुरस्कृत भइसकेका छन्। उनको पछिल्लो कृति ‘नथाक्ने मान्छे’ गजल संग्रह गीतकार संघ नेपालले २०७७ का लागि प्रदान गर्ने ‘वर्ष गीत पुस्तक’ पुरस्कारको उत्कृष्ट ३ को सूचीमा पर्न सफल भएको छ।

प्रस्तुत छ, जेबी थुलुङको उल्लिखित गजल सङ्ग्रह ‘नथाक्ने मान्छे’ को सम्बन्धमा केही समीक्षात्मक टिप्पणी।  

कोशी नेपाल मिडिया प्रालि बेलबारी, मोरङ प्रकाशक रहेको ‘नथाक्ने मान्छे’ गजल सङ्ग्रहमा ६५ वटा गजल छन्। केही थान भूमिका सहित ८७ पृष्ठको प्रस्तुत गजल सङ्ग्रह सानो र चिटिक्कको आकारमा संरचित छ। समाज, मानवीय व्यवहार, राजनीति, प्रेम, प्रकृति, ईश्वर जस्ता थुप्रै विषयले प्रवेश पाएका छन् यी गजलहरूभित्र। गजलको केन्द्रमा मान्छे छ। मान्छेका भोगाइहरू छन्। दुःखसुख, विरहवेदनाका अनुभूतिहरू छन्। वर्तमानप्रति असन्तुष्ट मान्छेहरूका आक्रोश छन्। सामाजिक राजनीतिक विसङ्गतीका चित्रहरू छरपष्ट छन्।

सङ्ग्रहभित्र केही राष्ट्रभक्तिका गजलहरू छन्। सलाम छ देशलाई, एउटा गजल चढाउँछु, विचारले हाँक्ने मान्छे, हाँसीहाँसी हुन्छु कुर्वान, जवानले छाड्दा, फूल रुन्छ आज शीर्षकका गजलहरूले नेपाली मन र माटोको महिमागान गर्दै देशभक्ति तथा राष्ट्रियताका भावहरू उरालेका छन्।

आँधी चल्छ अब, खराबी त विचारमा छ, विचार भत्काऊँ, गजल लेख्छु साथी, पर्दा पछाडि, आफ्नो र बिरानो, कसैलाई मखमली ओछ्यान, काठमाण्डुमा, मूर्ति बेचिहिंड्ने, केके गर्छन् र फस्छन्, वनवासी हुँदैमा  शीर्षकका गजलहरूले वर्तमान राजनीतिक अव्यवस्था र विकृतिहरु, शासकहरूबाट भएको जनता र राष्ट्रप्रतिको बेइमानी, मानवता र नैतिक मूल्यको स्खलन, शहरीया स्वार्थीपन जस्ता प्रवृत्तिहरूप्रति चोटिलो प्रहार गरेका छन्।

ईश्वरसम्म पुग्ने ठेगाना, ईश्वरका नामहरू, छैन विश्वास मलाई, ईश्वर हुन डर लाग्छ, नजलाऊ दियो शीर्षकका गजलहरूले ईश्वरीय सत्ता र ईश्वरप्रतिको विश्वासमाथि नै प्रश्न उठाएका छन्।

बनूँ गरिबको चुलो, काम गर्ने मेसिन, गरिबलाई भोक लाग्दैन, उडी गयो चरी, गरिबको त माया पनि शीर्षकका गजलहरूबाट मानवीय शोषण, विभेद र सामाजिक विषमताका विरुद्ध बोल्दै भोका, निमुखा, गरिब र श्रमजीवीहरूको पक्षमा गजलकार उभिएका छन्।

तिमी गयौ र, हार्नेलाई थाहा हुन्छ, बदनाम हुन मञ्जुर, कुनै जमाना थियो, मेरो के नै पो कसुर थियो, चुपचाप, जूनसँग शीतलजस्तो, तिमी जहाँजहाँ छौ, कस्तो दियौ नि, राइफल सिरानी, आज तिम्रो, कहिले माया लेकबाट, उकालीपछिको चौतारीजस्तो, सपना फरकफरक, तिम्रो धेरै याद आउँछ शीर्षकका गजलहरू निकै मिठास तथा मर्मस्पर्शी छन्। जसमा माया, प्रेम, मिलन, विछोड र समर्पणजन्य भावहरू समाहित छन्।

नयाँ वर्ष, मरी लाने के हो, घर मेरो हैन, मनमा सँधै इमान होस्, खोल्दिन्छु आज सारा पोल, कस्तुरी, नानी स्याहार्छिन्, दुःख कम भए, आफन्त नै वैरी हुन्छन् शीर्षकका गजलहरूमा जीवन दर्शन, जीवनको क्षणभंगुरता र निस्सारता, जीवनप्रतिको आशा, सकारात्मक सोच र नारी अस्मिताका स्वरहरू गहन भावका साथ अभिव्यक्त भएका छन्।

समग्रमा गजलकार जेबी थुलुङको प्रस्तुत गजल सङ्ग्रह नेपाली गजल विधाको क्षेत्रमा एउटा उल्लेख्य प्राप्ति हो भन्ने मलाई लाग्छ। यसभित्रका गजलहरूले पाठकको मनलाई अवश्य तरङ्गित बनाउँछन्। धेरै गजल जीवनवादी छन्। कलात्मक मूल्यका दृष्टिले पनि केही गजल निकै उच्च कोटिका छन्। त्यसैले यो ‘नथाक्ने मान्छे’ गजल सङ्ग्रह पठनीय छ। संग्रहणीय छ।

तथापि मैले ‘नथाक्ने मान्छे’ भित्रका गजलहरूलाई कुनै सिद्धान्तको कसीमा राखेर हेरेको छैन। बहर, छन्द र अरू शास्त्रीय कुराहरू गरेको छैन। त्यसो त म गजलको सैद्धान्तिक पक्षको चिरफार गर्ने विज्ञ पनि होइन। गजल पढेपछि नितान्त पाठकीय दृष्टिबाट मनमा लागेका भावहरू अभिव्यक्त गरेको मात्र हुँ। तर पनि, यो लेखनी टुङ्ग्याउनु अघि  आफूलाई  कलात्मक र सुन्दर लागेका केही गजलका हरफहरू तल उल्लेख नगरिरहन सकिनँ।

आकाश कालोकालो भयो आँधी चल्छ अब,

थाहा छैन यो आँधीमा केके ढल्छ अब।  

     – आँधी चल्छ अब

वनबासी हुँदैमा राम किन हुन्थ्यो,

अयोध्यामा नत्र बदनाम किन हुन्थ्यो?

        – वनबासी हुँदैमा  

खोलिदिन्छु आज सारा पोल जिन्दगीको,

एकै कौडी छैन यहाँ मोल जिन्दगीको।  

  – खोलिदिन्छु आज सारा पोल

तिमी गयौ र यो दिल खाली भो,

मुच्र्छना टुटी महेफिल खाली भो।

    –तिमी गयौ र  

अन्तमा,

आफ्ना सिर्जनाहरू सर्जकलाई प्रिय लाग्नु स्वाभाविक हो। तर पनि, एकपछि अर्का सिर्जनाहरू अझ परिष्कृत र सुन्दर बन्न सकून् भन्ने चाहना रचनाकारले राख्नै पर्छ। पाठकमा पनि यस कुराको अपेक्षा रहन्छ। सिर्जनामा पूर्णताको अनुभूति पछिल्ला रचनाका लागि बाधक हुन्छ जस्तो मलाई लाग्छ। स्रष्टा जेबी थुलुङको कलम यात्रा नथाकोस्। अबका गजल तथा अरू सिर्जनाहरू अझ सुन्दर र सशक्त बनून्। उनको बहुआयामिक व्यक्तित्व अझ फराकिलो र समृद्ध बनोस्। यी अथक यात्रीका पाइलाहरूले सफलताको शिखर चुमून् । हार्दिक शुभकामना ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१५ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस