मुम्बई– फिल्म 'किक'ले भारतीय बजारमा सर्वाधिक कमाउने बलिउड फिल्मको दोस्रो स्थान कब्जा गरेको छ। एघारौं दिनमा दुई अर्ब तीन करोड रुपैयाँ कमाएसँगै 'किक'ले भारतीय बजारबाट सर्वाधिक कमाउने 'थ्रि इडियट्स'लाई उछिन्दै दोस्रो स्थानमा आएको हो। 'थ्रि इडियटस्'ले २ अर्ब २ करोड कमाएर घरेलु बजारमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको थियो जुन रेकर्ड गत साल रिलिज भएको फिल्म 'धूम ३'ले तोडेको थियो। 'धूम ३'ले भारतीय बजारबाट २ अर्ब ८४ करोड कमाएको थियो।
फिल्मले ११ औं दिनमा २ सय करोडको आँकडा छुन सफल भएको हो। यससँगै सलमान खान पनि दुई सय करोड कमाउने अभिनेताको सूचीमा सामेल भएका छन्। यसअघि 'चेन्नई एक्सप्रेस'बाट शाहरुख खान र 'धूम ३'बाट आमिर खानले यो उपलब्धि हासिल गरेका थिए।
सबैभन्दा बढी सय करोड कमाउने फिल्मका अभिनेताका रुपमा भने सलमान नै अगाडि छन्। उनीद्वारा अभिनित ७ फिल्मले सय करोडभन्दा माथिको व्यापार गरिसकेका छन्।
'किक'ले विदेशी बजारबाट पनि राम्रो आम्दानी गरेको छ । समिक्षक तरण आदर्शका अनुसार फिल्मले विदेशी बजारबाट मात्र ५३ करोड भारु कमाइसकेको छ । यसरी फिल्मले मंगलबारसम्म विश्वव्यापी रुपमा २ अर्ब ५६ करोड कमाएको छ ।
सलमानका साथ जैकलिन फर्नान्डिज, नवाजुद्दिन सिद्दिकी, रणदीप हुडा, मिथुन चक्रवर्ती आदिको अभिनय रहेको छ । गत २५ जुलाईमा ५ हजारभन्दा बढी पर्दामा रिलिज भएको फिल्म दोस्रो हप्तामा चलिरहेको छ।