काठमाडौं– कन्सर्टबाट फुर्सदमा रहेका कलाकारहरु तीज गीतको तयारीमा लागिपरेका छन् । आधुनिक र पप गीत गाउने कलाकारहरु समेत तीजका गीतहरु रिलिज गरिरहेका छन्।
'वारि जमुना पारि जमुना'का गायक खेमराज गुरुङले गायिका रिमा गुरुङ होडासँग मिलेर 'तीज नजिक आइसक्यो' नामक भिसिडी रिलिज गरेका छन् । भिसिडीलाई साइन डिजिटलले बजारमा ल्याएको छ । आधुनिक र पप गीत गाइरहने गायिका शशि रावलले पनि 'ताली बजाइदेऊ' नामक भिसिडी बजारमा ल्याएकी छन् । ६ वटा गीत रहेको भिसिडीलाई जिनियस डिजिटलले सार्वजनिक गरेको छ ।
'आमाले तीज गीत पनि गाउनू भनेपछि तीजगीतको भिसिडी निकालेकी हुँ । पहिलोपटक तीजगीत गाउँदा रमाइलो लाग्यो,' उनले भनिन् अर्की गायिका कोमल ओलीले 'हल्ला भो शिवजी' गीत सार्वजनिक गरेकी छिन् ।
तीजलाई केन्द्रित गरेर यसवर्ष झन्डै दुई सय हाराहारीमा गीतहरु सार्वजनिक भएका छन् । 'मालश्री रेकर्डिङमा तीजलाई केन्द्रित गरेर झन्डै ९० वटा गीत रेकर्ड भएका छन् । दुई दिनमा ६ वटा गीत तयार गर्न भ्याइनभ्याई भएरहेको छ । धेरै कलाकारहरुले पालो नपाएको गुनासो समेत गरिरहनु भएको छ,' मालश्रीका विनोद बाजुरालीले भने ।
लोक गायक पशुपति शर्मा, खुमन अधिकारी, रमिला न्यौपाने र रामजी खाँड लगायत कलाकारहरुले मालश्रीमा रेकर्डिङको काम गरिरहेका छन् ।
राजधानीका डिजिटल काठमाडौं, त्रिवेणी, परिवेश र प्रिज्मा रेकर्डिङमा तीजसम्बन्धी गीतहरु तयार हुने गरेका छन् । गायिका सुनिता दुलालले पनि अघिल्लो सालझैं यसपटक पनि तीजलाई लक्ष्य गरेर एल्बम निकालेकी छिन् । उनको 'नाचौं सरर' नामक डिभिडी कमलादेवी डिजिटलले बजारमा ल्याएको छ । गीतहरुमा संगीतकार सुरेश अधिकारी र महेश खड्काले संगीत दिएका छन् ।
'विदेशमा रहेका श्रोताहरुले डिभिडी किन्ने गर्नुभएको छ । यसपालि साढे दुई सय डिभिडीको अनलाइनमार्फत अर्डर आएको छ,' दुलालले भनिन् । तीजलाई केन्द्रित गरेर गायिका कोमल ओली, गायत्री थापा, टिका पुन, अनु गुरुङ, सीता थापा मगर, ज्योति मगर, बिमला तिमिल्सिना र मञ्जु पौडेलले पनि गीत र एल्बम निकालेका छन् । त्यस्तै गायिका जुना प्रसाईंले प्राश्ना शाक्य र मनीषा पोखरेलसँग मिलेर तीजको नयाँ गीत रिलिज गरेकी छन् ।