पोखरा—गायक सरोजगोपालको निधन भएको छ। ६३ वर्षीय गायकले पोखराको मोहोरियाटोलस्थित आफ्नै निवासमा बुधबार राति अन्तिम सास फेरेका हुन्। लामो समयदेखि मधुमेहबाट पीडित सरोजगोपाललाई अघिल्लो दिनसम्म अरु कुनै खास समस्या देखिएको थिएन।बिहीबार बिहान ३ बजे उनको निधन भएको परिवारजनले बताएका छन्।
करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल..., देउराली उकाली चढेर.... र नक्कलीलाई भगाई लग्यो झिल्केले... जस्ता गीत गाएर ३० को दशकमा राष्ट्रिय स्तरमा पहिचान बनाएका गायक पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष पनि हुन्। केही समय रेडियो नेपालमा कार्यरत रहेका सरोजगोपाल पछिल्लो समय स्थानीय माछापुच्छ्रे एफएममा आबद्धसमेत् थिए।
नक्कलीलाई भगाई लग्यो झिल्केले झिल्केलाई ताल पर्यो, तिमीहामी सोझालाई फक्कैमा गाल पर्यो भन्ने उनको गीत पञ्चायतकालमा केही वर्ष प्रतिबन्धित भएको थियो। सरोजगोपालको निधनले आफू स्तब्ध भएको साहित्यकार सरुभक्तले बताए। ‘उनको निधनले पोखरालेमात्रै नभई देशले प्रतिभाशाली कलाकार गुमाएको छ,' उनले भने।
स्वर्गीय सरोगगोपालकी जीवनसाथी बाबा राणा पनि गायन क्षेत्रमा सक्रिय छिन्। उनीहरुका एक छोरा र एक छोरी छन् तथा २ नातिनी छन्।