पोखरा-तीसको दशकको सुरुवाततिर सरोजगोपालले गीत गाएका थिए, ‘ज्यानलाई पर्नु पीर पर्यो।' यो गीतले उनलाई देशदेशावरमा चिनायो। ‘देउरालीउकाली चढेर, विजयपुर खोला तरेर, कान्छी बोलाउँदा बोलिनन्, ज्यानलाई पर्नु पीर पर्यो' भनेर सरोजले गाएका थिए। अहिले भने पोखरेली कलाप्रेमीहरु चाहिँ ‘ज्यानलाई पर्नु पीर पर्यो' भन्दैछन्। किनभने उनी कहिल्यै कसैसँग पनि नबोल्ने गरी दुई साताअघि संसारबाट बिदा भए।‘सरोजगोपाललाई पोखराले मात्रै गुमाएन, देशले नै गुमायो,' कवि सरस्वती प्रतीक्षाले भनिन्। आफू नजन्मिँदै सरोजगोपालहरुले जन्माएको संस्था पोखरेली युवा सांस्कृति परिवार (पोयुसाप)को अहिलेकी अध्यक्ष प्रतीक्षा आफ्ना उनै संस्थापक अध्यक्षको १३ औं दिनको पुण्य तिथिमा बोल्दै थिइन्। उनले भनिन्, ‘उहाँ संगीतको विशाल धरोहर हुनुहुन्थ्यो।'
प्रतिभा भएकै कारण त्यसकै आलोकमा पोखराबाट सरोजगोपाल राष्ट्रियस्तरमा चम्किएको कवि तीर्थ श्रेष्ठले बताए। ‘जोसँग प्रतिभा छ, त्यो स्वयं आलोकित हुन्छ भन्ने उदाहरण सरोगगोपाल हो,' श्रेष्ठले भने, ‘सामर्थ्य भएको खोला समुद्र पुगेरै छोड्छ, कसैको वैशाखी चाहिन्न। लुला खुट्टा हुनेहरुलाई जस्तो सरोजगोपाललाई वैशाखी चाहिएन।'
पोखराबाट गीत रेकर्ड गराउन कोलकातासम्म पुग्ने चलन भएको बेला सरोजले पोखरामा बसैरै नाम चम्काएको श्रेष्ठले सुनाए। ‘२०२८/३० सालतिर भर्खरभर्खर पोखरा–काठमाडौं सडकले जोडिएको बेला, भर्खरभर्खर पोखरा–सुनौली मोटर चलेका बेला नेपाली संगीतमा एउटा ठूलो विस्फोट भएजसरी पोखराबाट सरोजगोपालको प्रतिभा उदायो,' उनले भने। ‘ज्यानलाई पर्नु पीर पर्योब', ‘नक्कलीलाई भगाई लग्यो झिल्के'ले लगायत गीतबाट सरोजगोपाल चर्चित भएका थिए।
सरोजका छिमेकीसमेत रहेका कवि तीर्थका अनुसार घरमा सांगीतिक माहौल जमाइरहने उनको बानी थियो। ‘अरुण थापाजस्ता गायक, विनोद गौचन र विक्रम गुरुङजस्ता गीतकार सरोज दाइको घरमा जम्ने सांगीतिक माहौलको आधारभूमिबाट तयार भएका हुन्,' तीर्थले अरु बेलीविस्तार पनि लगाए।
घरको माहौल सांगीतिक भइदिनाले सबै ७ दाजुभाइ संगीतमा लाग्न पाएको सरोजका दाजु सुवर्ण बज्राचार्यले बताए। ‘हामी सबै सांगीतिक माहौलमा हुर्कियौं,' उनले भने, ‘तर ठूलो कान्छो भाइ सरोजले संगीतकै लागि घर छाडेका थिए।'
थुप्रै कलाकार सरोजलाई असल अभिभावकका रुपमा सम्झन्छन्। गायिका हरिदेवी कोइरालाले संगीतको अध्ययन गर्नुपर्छ भन्ने कुरा सरोजगोपालबाट सिकेको बताइन्। ‘मैले दाइसँगै पनि संगीत सिके,' उनले भनिन्। गायक पुरुषोत्तम न्यौपानेले रेडियो नेपालमा काम गर्दाका सम्झना सुनाए। उनले भने, ‘मलाई बोल्न र संगीत सिकाउनुभयो। काँक्रोलाई थाँक्रोले झैं मलाई सरोज दाइले आधार दिनुभयो।' माछापुच्छे्र एफएमका अध्यक्ष देव क्षेत्री, पोयुसाका उपाध्यक्ष सुरेश रानाभाट र सचिव प्रकाश ज्ञवालीले पनि सरोजगोपालप्रति शब्द श्रद्धाञ्जलि अर्पण गरेका थिए।