राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक
१७ कार्तिक २०७८
•
१ मिनेट पाठ
राजेश हमालले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक
अभिनेता राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ।




बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ। कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए। उनले आफू पाँच कक्षासम्म पढदा गीत गाउने गरेको स्मरण गराउँदै आफूलाई गायक बनाउन सहयोग गर्नु भएको भन्दै गीतकार शर्मा र निर्देशक पाण्डेप्रति आभार व्यक्त गरे।

यता, हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिए। उनले सो अवसर प्रदान गरेकोमा म्युजिक भिडियोका निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिए। भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडि जमेको देख्न सकिन्छ।
अर्को समाचार
पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर
०२ पौष २०८०
•
६ मिनेट पाठ
पर्दामा नयाँ अनुहार, निर्देशकलाई उचित बजार नपाइने डर
नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन्। अभिनयलाई करियर बनाउन चाहनेको सङख्या पनि बढ्दो पाइएको छ। यस वर्ष मात्र नयाँ अनुहारहरू पहिलो पटक पर्दामा देखिंदैछन्। अर्थात् चलचित्रबाट थुप्रै नयाँ अनुहार भित्रिदै छन्।




डेढ दशकअघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्ट लगायत कलाकारको दबाब थियो। उनीहरूको पोस्टर देख्दा मात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे। यद्यपि कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ पुस्ताको आगमन बढिरहेको छ।

पछिल्लो समय नयाँ पुस्ताको रूपमा प्रदीप खड्का, अनमोल केसी, सलिन मान बानियाँ, धीरज मगर, सुहाना थापा, अदिती बुढाथोकी, मिरुना मगर, उपासना सिंह ठकुरी, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई भनिन्छ।

उल्लिखित नामहरू निर्माता तथा निर्देशकको रोजाइमा पर्ने गरेका छन्। उनीहरूको उपस्थितिले व्यापारमा पनि प्रभाव पर्ने गरेको देखिएको छ। सोही कारण वितरक र प्रदर्शक पनि उल्लिखित नाममा विश्वस्त छन्। यद्यपि त्यो ठाउँसम्म पुग्ने उद्देश्य बोकेर सङ्घर्ष गरिरहेका कारण पनि नयाँ अनुहार पर्दामा देखिने क्रम रोकिएको छैन।

व्यावसायिक सुरक्षाका कारण प्राय: निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि केही नयाँ अनुहारले चलचित्रमा पाइला टेकिसकेका छन् भने केही तयारीमा छन्।

यस वर्षको पहिलो महिना वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल-६’ बाट आशीर्वाद क्षेत्रीले डेब्यु गरे। व्यावसायिक रूपमा उनको सुरुआत सफल नभए पनि सम्भावना बोकेको कलाकारको रूपमा हेरियो। आँचल शर्मा, पल शाह, वर्षा राउत, अनुभव रेग्मीजस्ता स्थापित कलाकारलाई पहिलोपटक निर्देशक विकाशराज आचार्य यसपटक भने असफल भए। तथापि नयाँ कलाकारको प्रवेशमा कमी आएको छैन।

गत असारमा प्रदर्शन भएको ‘बगान’ मार्फत अभिनयमा अभिनेत्री प्रमिला कार्की उदाइन्। टेलिभिजनकर्मीको रूपमा परिचित अभिनेत्री कार्कीले प्रायको मन जितिन्। व्यावसायिक रूपमा सफल मानिएको चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका छन्।

अभिनेत्री कार्कीले कलाकार नै निर्देशक हुँदा आफ्नो यात्रा सुरुआत सहज भएको बताइन्। “टेलिभिजनमा काम गरेका पनि क्यामेरासँग सहज थिएँ। अभिनयलाई गर्ने तरिका कलाकारकै शैलीमा बुझेपछि मैले पात्रलाई अपनाएँ। त्यसपछि मलाई निकै सहज भयो”, अभिनेत्री कार्कीले भनिन्।

उनका अनुसार पहिलो चलचित्रले चलचित्रकर्मी र दर्शकमाझ परिचित गराए पनि हाल विदेशमा रहेकाले अन्य काम गर्न सकेका छैनन्। यद्यपि छिटै चलचित्रमा देखिने तयारी उनको छ।

गत मङ्सिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुआत गरे। अभिनेता लिम्बू चलचित्र सम्बन्धी अध्ययन गराइने अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन्। उनले आफू सपनालाई साकार गर्न पाउँदा उत्साहित रहेको बताए। “डर, उत्साह, खुसी एकैपटक महसुस गरिरहेको छु।

'अध्ययनको क्रममा प्राप्त गरेको सिकाइलाई प्रयोग गरेको छु', अभिनेता लिम्बूले भने, 'पहिलो दिन नै गीतको छायाङ्कन भएकाले बेहोस थिएँ। सम्पूर्ण टोलीले सहजता दिलाएपछि काम गरेँ। प्राप्त गरेको अवसरलाई पूर्ण रूपमा प्रयोग गर्ने कोसिस गरेको छु।'

उनीझैं अभिनेत्री गिरी पनि आफूलाई ठुलो पर्दामा देख्दा उत्साहित छिन्। 'अभिनयलाई सरल रूपमा लिनु हुन्न भन्ने मैले महसुस गरे। यहाँ मेहनत निकै आवश्यक छ', अभिनेत्री गिरीले भनिन्,'आफ्नो अभिनयबाट दर्शकको मन जित्न मैले सक्दो कोसिस गरेकी छु। मैले पाइरहेको प्रतिक्रिया निकै सकारात्मक छ।'

उनले केही साङ्गीतिक श्रव्यदृश्य (म्यूजिक भिडियो) मा समेत काम गरिसकेका छन्। आगामी पुस २७ गते प्रदर्शन घोषणा गरिएको ‘पर्खी बसेँं तिमीलाई’ मार्फत अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले सुरुआत गर्दै छन्।

दीपक श्रेष्ठले निर्देशन गरेको चलचित्रमा युवा पुस्ताको प्रेम र त्यसमा आउने उतारचढावलाई चित्रण गरिएको अभिनेत्री बुढाथोकीले बताइन्।

'मैले चलचित्रमा रिमेक गरिएको कालो चस्मा बोलको गीतमा नृत्य गरें। बाल्यकालमा स्कुलमा धेरै पटक उक्त गीतमा प्रस्तुति दिएको थिएँ', अभिनेत्री बुढाथोकीले भनिन्, 'अभिनयमा रूचि हुनेलाई अहिले सहज भएको छ। हामीले आफ्नो सपनाबारे खुलेर घरमा भन्न सकेका छौं।'

उनले पहिलोपटक राम्रो टिम पाएकाले पात्रलाई न्याय गर्न सकेको बताइन्।

अभिनेता श्रेष्ठले पनि प्रेम कथानक चलचित्रमार्फत पहिलोपटक पर्दामा देखिन पाउँदा उत्साहित रहेको बताए। 'पहिलोपटक पर्दामा आफूलाई हेर्न उत्साहित छु। यो समयका लागि मैले सङ्घर्ष गरेको छु। यो अवसरमार्फत मैले अन्य मौका सिर्जना गर्नुछ', अभिनेता श्रेष्ठले भने,'आफूभन्दा अग्रज कलाकारहरूसँग अभिनय गर्दा सुरूमा केही असहजता भएको थियो। उहाँहरूले नै सहजता दिएपछि मैले केही दृश्यलाई ढुक्कसँग गरे।'

उनले केही दृश्य अभिनेता शिव श्रेष्ठसँग दिएका छन्। त्यस क्रममा उनलाई असभ्य रूपमा प्रस्तुत हुनु असहज भएको रहेछ। पुसमै प्रदर्शन हुने चलचित्र ‘चित्रा’मार्फत सन्तोष अधिकारीले पनि अभिनय सुरू गरेका छन्।

नेपाली चलचित्रको अन्य विधामा सक्रिय रहेका अधिकारीले आफू सुहाउँदो भूमिका पाएकै कारण नयाँ यात्राको सुरुआत गरेको बताए।

'मैले इभेन्ट गर्नुका साथै केही चलचित्रको निर्माण समेत गरेँ। साङ्गीतिक श्रव्यदृश्यमा काम गरिसकेपछि मलाई चलचित्रमा प्रस्ताव आयो। सक्छु भन्ने लागेर अभिनय गरे', अभिनेता अधिकारीले भने।

काठमाडौंमै छायाङ्कन भइरहेको चलचित्र ‘११ः५५’ मार्फत सागर खनालले अभिनयको सुरुआत गरेका छन्। पहिलोपटक निर्देशन गरिरहेका केशव पाण्डेसँग राम्रो काम भइरहेको उनले बताए।

'अभिनय कक्षा र नाटक हुँदै चलचित्रसम्मको यात्रा सहज थिएन। तर, परिश्रमले फल दिन्छ भन्ने विश्वासले आज मलाई ठुलो पर्दासम्म ल्याएको छ। मैले आफ्नो पात्रलाई जीवन्त बनाउने प्रयास गरेको छु। सम्पूर्ण वर्गका दर्शकलाई मन पर्ने छ भन्ने लागेको छ', अभिनेता खनालले भने।

चलचित्र ‘फर्कीफर्की’ मार्फत रवि काफ्ले, सम्वृद्धि अर्याल पनि पहिलो पटक पर्दामा देखिंदै छन्। आगामी जेठ ११ गते प्रदर्शन गर्ने तय गरिएको चलचित्र छायाङ्कन पोखरामा भइरहेको छ। निर्माण शैलीमा परिवर्तन आएसँगै चलचित्र भवनमा नयाँ पुस्ता दर्शक बनेर छिरेझैं चलचित्रमा पनि नयाँ पुस्ताको आकर्षण देखिन्छ। यसमा कोही पढेर आएका छन् त कोही परेर। तर, जसरी आए पनि कामले प्रभावित गर्न सक्दा नेपाली चलचित्र क्षेत्र र नयाँ कलाकार दुवैको भविष्य उज्जवल रहेको निर्देशक पुर्नेन्दु झाले बताए।

'नयाँ पुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्ज्वल रहेको सङ्केत गर्छ। उनीहरूको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त छु। सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ', निर्देशक झाले भने। पहिलो निर्देशकीय चलचित्रमा अभिनेता सौगात मल्ल, निखिल उप्रेती जस्ता स्थापित कलाकारसँग काम गरेका निर्देशक झाले तेस्रो चलचित्रमा नयाँ कलाकारलाई अनुबन्धित गर्ने बताए।

निर्देशक नवल नेपालले नयाँ पुस्ता अनुहारको कमि अहिले महसुश गरिरहेको छ। स्थापित अनुहारलाई पारिश्रमिक दिन नसक्ने निर्माता तथा निर्देशकका लागि नयाँ अनुहार सहयोगी हुने उनले बताए।

'हिजो पनि विकल्पकै रूपमा आएका कलाकारहरू अहिले स्टार हुनुहुन्छ। हामीले नयाँ अनुहार नल्याए परिवर्तन देखिंदैन। तर, यसमा वितरक र प्रदर्शकको पनि उत्तिकै सहकार्य हुनुपर्छ। नयाँ अनुहार हुँदा उचित बजार नपाइने डर हुनु हुँदैन', निर्देशक नेपालले भने।

चलचित्र वितरक करण श्रेष्ठले वितरण गरेका अधिकांश चलचित्रमा नयाँ अनुहार छन्। नयाँ चलचित्रबारे सुरुआतमा विश्वस्त गर्न प्रदर्शकलाई गाहे नहुने होइन। यद्यपि देखिने प्रचार सामग्रीले सहज बनाउने वितरक श्रेष्ठले बताए।

'नयाँ अनुहारले अवसर पाएर नै पुरानो हुने हो, त्यसैले उनीहरूलाई सघाउनै पर्छ। म नयाँ अनुहार भएका चलचित्रकर्मीलाई प्रचारप्रसार ध्यान दिन आग्रह गर्ने गर्छु। यसले चलचित्रसँगै उदाउँदै गरेका कलाकारलाई फाइदा पुग्छ', वितरक श्रेष्ठले भने,'चलचित्र भवनमा दर्शक बढेसँगै व्यापार बढ्ने भएकाले सुरुआती समयमा हाम्रो भूमिका महत्त्वपूर्ण भए पनि अन्ततः विषयवस्तुले नै आकर्षण गर्नुपर्छ।'

यस वर्ष उनले ‘बगान’, ‘दुई कदम’ वितरण गरिसकेका छन् भने ‘पर्खी बसें तिमीलाई’ वितरण गर्दै छन्। उल्लिखित चलचित्रमार्फत पाँच नयाँ अनुहारले चलचित्रनगरीमा प्रवेश पाएका छन्।
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस