काठमाडौं-आफ्ना गीत सुनाउन कलाकारहरु तँछाडमछाड गर्छन्। मानौं, उनीहरु आफ्नो गीतबाट अरुलाई प्रभावित पार्न चाहन्छन् र भरपूर प्रशंसा बटुल्न आत्तुर छन्। के एउटा कलाकारले गीत गाउनुको उद्देश्य यही हो त? गायक दीपक खरेल भने यो प्रश्नमा परम्परागत जवाफ दिँदैनन्। ‘म सर्वप्रथम आफूलाई आनन्दित बनाउन गीत गाउँछु, मेरो गीतले श्रोता पनि आनन्दित हुन्छन् भने त्यो थप सन्तुष्टिको विषय हुन्छ,' दीपकले भने, ‘संगीतलाई ध्यान वा पूजाको रुपमा लिन्छु। गीत गाउँदा सबैखाले चिन्ताबाट दूर हुन्छु।'आउँदो शनिबार ‘पलेँटी उत्सव'अन्तर्गत् आफ्नो एकल गायनमा एकसे एक रोमान्टिक गीत गाउने तयारीमा रहेका दीपक नागरिकसँगको भेटमा बढी आध्यात्मिक सुनिए। तीसको दशकको उत्तरार्द्धदेखि ४० को दशकको पूर्वार्द्धसम्म उनका गीतहरु लोकप्रिय भए। श्रोताले सधैं गुनगुनाइरहने मेलोडी उनका गीतहरुमा थिए। उनी भने आफैंलाई सोध्ने गर्थेँ, ‘मैले किन र कसको लागि गाउने?'
त्यतिबेला उनलाई महसुस भयो, संसारमा आनन्दित हुन मान्छेले अपनाउने माध्यमहरु अनगिन्ती छन्। तर, धेरैजसो माध्यमले दिने आनन्द भनेको निकै क्षणिक हुन्छ। दीर्घकालीन आनन्द चाहिँ उनले संगीतमै भेटे।
संगीतको आनन्दलाई ईश्वरप्राप्तिको आनन्दसँग तुलना गर्छन् उनी। संगीतबाट मान्छे र ईश्वरको दूरी नजिकिन्छ भन्दै उनले तर्क दिए, ‘सबै धर्मका अनुयायीहरुले ईश्वरको पूजा र अराधना गर्दा गीत गाउनुको कारण यही होला।' उनी विश्वास गर्छन्, ईश्वरले दिएको सबैभन्दा मिठो उपहार नै संगीत हो। ‘यसलाई धनी, गरिब, दुःखी र सुखी सबैले गाउँछन्, सुन्छन्,' उनले भने।
त्यो जमाना रेडियो नेपालको थियो। अरु स्टुडियो र प्रसारक संस्था नेपालमा थिएन। त्यसैले गीत रेकर्ड गर्न रेडियो नेपालमा ‘भ्वाइस टेस्ट' गर्नैपर्थ्यो। दीपकले पनि चलेको चलन चलाइदिए। र, ‘भ्वाइस टेस्ट'मा उत्तीर्ण भएपछि ढोकाहरु खुल्दैगए।
‘तिम्रो त्यो हँसिलो मुहार', ‘प्रतीक्षा गर', ‘तिम्रो हर प्रश्नको जवाफ', ‘बादल बनाइदेऊ', ‘कुन पापीले रंगाइहाल्यो' जस्ता सदाबहार गीत उनैले गाएका हुन्। आफूले गाएका गीतहरुमध्ये अधिकांश हिट भएकामा उनी आफूलाई भाग्यमानी ठान्छन्।
तर उनले गायनलाई पेशा बनाएनन्। आफ्ना गीतहरु छाइरहेकै बेला उनले सरकारी जागिर रोजे। देशका विभिन्न जिल्लामा सरुवा हुँदै उनी संगीतदेखि बिरानो भए। जागिरको व्यस्तताले गोपाल योन्जन र नारायण गोपालका संगीतमा गीत गाउन पाएनन्। ‘गोपाल दाइ र नारायण दाइ दुवैले मलाई गीत गाउन बोलाइसक्नुभएको थियो, तर म बाहिर जिल्लामा थिएँ, अवसर गुम्यो,' दीपकलाई अहिले पनि पछुतो छ।
जागिरको क्रममा उनी आफूलाई लगभग ‘अर्कै दुनियाँ'मा पुगेको ठान्थेँ। कलाकारिता वा घरको धन्दा उनी अफिसमा गर्दैनथे। तैपनि उनलाई गायकका रुपमा नचिन्ने सेवाग्रही कमै हुन्थे। उनी सम्भि्कन्छन्, ‘प्रशासकमात्र ठान्दा हच्किनेहरु म गायक दीपक खरेल नै हुँ भन्ने थाहा पाउँदा नजिकिन आउँथे।'
गत वर्ष उनले जागिरबाट स्वेच्छिक अवकाश लिइसकेका छन्। त्यसैले अबको समय संगीतलाई सुम्पिने योजना छ। २०७० सालको जेठमा ‘पलेँटी शृंखला'बाट पहिलोपटक एकल गायन प्रस्तुत गरेका दीपक केही हप्तापछि नवौं एकल एल्बम ‘अभिव्यञ्जना' ल्याउँदैछन्।
संगीतकार दीपक जंगमसँग बढी ‘कारोबार' गरेका दीपकले शक्तिवल्लभ, शम्भुजित बास्कोटा र न्ह्यू बज्राचार्यसँग पनि एकल एल्बमका लागि साँठगाँठ गरिसकेका छन्। ‘काम भनेको विचार र व्यवहार मिल्नेसँग गरिने हो, तर मैले नयाँ संगीतकारहरुका गीत पनि गाएको छु,' बताउने दीपकले आफूसँग सहकार्य गर्न चाहने युवा पुस्ताका गीतकार तथा संगीतकार थुप्रै पाएका छन्।
दीपकले गाउन थालेको ३५ वर्ष भइसक्यो। गायनमा एउटा युग बिताइसके पनि उनी आफूमा पहिलेकै जस्तो फुर्ति महसुस गर्छन्। ‘पहिलेभन्दा परिपक्व पनि भएको छु, मैले गीत र जीवनलाई पहिलेभन्दा अहिले बढी बुझ्छु, त्यसैले अहिलेको गायन अझ विशेष हुनेछ,' उनलाई सिर्फ एउटै कुरा खट्केको छ, ‘मेरो स्वरमा पहिलेको जस्तो ताजगी चाहिँ पक्कै छैन।'
नेपालयले जावलाखेलस्थित डिएभी स्कुलमा गर्न लागेको पलेँटी उत्सवमा बिहीबार आभास र शुक्रबार कुन्ती मोक्तानले गाउनेछन्।