काठमाडौं- चौथो इन्डियन आइडल सौरभी देववर्मा बिहीबार काठमाडौं आएकी छन्। लकी एस इभेन्ट एन्ड इन्टरटेनमेन्टले काठमाडौंको हात्तीसारस्थित 'द सोसाइटी'मा शुक्रबार गर्न लागेको 'इन्डियन आइडल लाइभ इन नेपाल' कन्सर्टमा सौरभीले गाउनेछिन्। कार्यक्रम सकिएपछि शनिबार मुम्बई फर्किने उनको योजना छ।
शुक्रबारको कन्सर्टमा कस्ता गीत सुनाउने योजना छ?
बलिउडका हिट गीतहरु गाउनेछु। दर्शक तथा स्रोताको फर्माइसलाई पनि पूरा गर्नेछु।
तपाईंको आफ्नै गीतचाहिँ सुनाउनु हुन्न?
यही महिना मेरो दोस्रो एल्बम 'फरियादे' रिलिज हुँदैछ। त्यो एल्बमबाट एउटा गीत सुनाउँछु।
नेपाली गीत चाहिँ?
त्यो चाहिँ कन्सर्टमै थाहा पाउनुहुनेछ दर्शकहरुले।
नेपाली गीत कतिको गाउनुभएको छ?
रेकर्ड त गरेको छैन। तर, दार्जिलिङतिर नेपाली दर्शकमाझ गाएकी छु।
भाषा बुझ्नुहुन्छ?
म बुझ्छु तर बोल्न सक्दिनँ। हाम्रो त्रिपुरातिर नेपालीहरु थुप्रै छन्। मैले नेपाली बुझेको चाहिँ इन्डियन आइडलका रनरअप कपिल थापासँग हङकङ, लन्डन, नेपाल र भारतका थुप्रै ठाउँमा कन्सर्टमा जाँदा हो। त्यहाँ यति धेरै नेपाली भाषा सुनियो कि, नबुझी रहनै सकिनँ।
इन्डियन आइडल भएपछि तपाईं आफ्नो राज्य त्रिपुरादेखि टाढिनुभएको हो?
त्रिपुरामै बसेर गायनलाई अगाडि बढाउन सजिलो छैन। त्यहीभएर मुम्बईमा बस्छु। स्टेज शोहरु गर्छु।
उत्तरपूर्व क्षेत्रका तपाईंजस्ता कलाकारहरुलाई मुम्बईमा काम गर्न गाह्रो होला नि?
गाह्रो नै छ। मेरो अनुहार हेर्दै हिन्दी भाषा बोल्न आउँछ भनेर सोध्ने गर्छन्। हाम्रोजस्तो अनुहारले हिन्दी गीत गाउँलान् भनेर त्यति विश्वास गर्दैनन्। तर, मुम्बईको संगीत क्षेत्रमा उत्तरपूर्वबाट आएर स्थापित भएका कलाकार थुप्रै छन्। गायक पापोन यसका एक उदाहरण हुन्।
तपाईंले हिन्दी कसरी सिक्नुभयो?
म बच्चादेखि टिभीमा हिन्दी कार्यक्रम हेर्थें। मैले पूनामा कलेज जीवन बिताएकी हुँ। त्यहाँको बसाइले पनि हिन्दी सिकायो।
तपाईं त्रिपुरामा कुन भाषा बोल्नुहुन्छ? त्यो भाषामा गीत गाउनुभएको छ?
हामी कोकबोरोक भाषा बोल्छौं। त्यो भाषामा गीत नगाउने सवालै भएन। फिल्म पनि खेलेकी छु। इन्डियन आइडल भएपछि हिरोइन भएर त्रिपुराकै 'बुखुक्नई' नामक फिल्म खेलेँ।
उत्तरपूर्वतिर बढी चासोका रुपमा लिइएको फिल्म 'मेरी कोम' हेर्नुभयो? त्यसमा प्रियंका चोपडालाई मेरी कोमको भूमिका दिइनु उचित लाग्यो?
मैले हेरेँ फिल्म। धेरैले यसमा चित्त दुःखाएका छन्। तर, चित्त बुझाउने कुरा के छ भने, फिल्ममा प्रियंकाबाहेक अरु थुप्रै कलाकार मणिपुरकै छन्। अनुहार नमिले पनि प्रियंकालाई हिन्दी भाषाका कारण लिइएको होला। उत्तर पूर्वतिर त्यति शुद्ध हिन्दी बोल्ने कलाकार पाउन गाह्रै होला।
तपाईंले धेरैजसो गाउँदै आएको नेपाली गीत कुन हो?
सरकारी जागिर। यो गीत गाउँदा दर्शकहरु निकै रमाएको पाएकी छु।