पोखरा-‘हरियो डाँडामाथि हलो जोत्ने साथी'जस्ता बहुचर्चित गीतका गायक धर्मराज थापा अब सम्झनामा मात्रै रहनेछन्। ‘नेपालीले माया मार्योा बरिलै' भनेर प्रवासी नेपालीहरुलाई राष्ट्रिय भावना जागृत गर्ने गीतका सर्जकले मंगलबार सांसारिक दुनियाँको माया मारेका हुन्। विक्रम सम्वत १९८२ मा पोखराको बाटुलेचौरमा जन्मेका थापाले काठमाडौंको स्वम्यभूमा मंगलबार अन्तिम सास फेरेका थिए।नेपाली लोकसाहित्यको गहिरो अनुसन्धान तथा खोज र गायनमा अतुलनीय योगदान गरेका थापा केही वर्षदेखि विभिन्न रोगले थलिएका थिए। लोकसाहित्यको अनुसन्धानपछि खोजमूलक, कविता, गीत र संस्मरणका गरी तीन दर्जनभन्दा बढी पुस्तक लेखेका उनको काव्यकृति मंगली कुसुमले २०२५ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। साहित्यिक योगदानकै कदर गर्दै मदन पुरस्कार गुठीले थापालाई २०५७ सालमा जगदम्बाश्री पुरस्कार प्रदान गरेको थियो। गुठीका अध्यक्ष कमल दीक्षितका अनुसार यी दुवै पुरस्कार पाउने उनी अहिलेसम्मका एक्ला हुन्।
कविता लेख्दै २००६ सालतिर पोखराबाट काठमाडौं पुगेका थापाले कविताका पर्चा बनाएर सडकमा बिक्री गरेर सिर्जनाको श्रम लिने गरेको इतिहास सुनाउँछन् कवि तीर्थ श्रेष्ठ। ‘पैदलै हिँडेर नेपालका कुनाकन्दरादेखि नेपालीहरुको बसोबास रहेको भारतीय भूमिमा पुगी लोकगीत संकलन गर्ने उहाँबाहेक अहिलेसम्म अरु कोही छैन,’ श्रेष्ठ भन्छन्, ‘भारतीय भूमिका नेपालीमाझ त उहाँले राष्ट्रिय भावनाको जागरणै ल्याउनुभयो।’
२०१४ सालतिर तत्कालीन नेता केआई सिंहसँग मिलेर विद्रोह गरेपछि उनी जेल परेका थिए। जेलबाट निस्केलगत्तै थापा लोकजागरण गराउँदै भारतका दार्जिलिङ, कालिम्पोङ, भाक्सु, देहेरादुन, आसाम र मणिपुरसम्म पुगेका थिए।
सन् १९५३ तेन्जिङ शेर्पाले सगरमाथा आरोहणमा सफलता पाएपछि धर्मराजले ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा' भन्ने गीत गाएर उनको नायकीकरण गरिदिएका थिए। कवि श्रेष्ठ थापाले पोखराका गन्धर्वहरुलाई मूलधारमा चिनाउन भूमिका खेलेको बताउँछन्। ‘रेडियो नेपालमा सारंगी स्थापित गराउनुभयो,’ उनले भने, ‘गाइनेगाइने भनिने समुदायलाई गन्धर्व भनेर इज्जत दिनुभयो।’
रेडियो नेपालमा काम गर्दा गन्धर्व र सारंगीलाई देशव्यापी बनाउन थापाको भूमिका रहेको श्रेष्ठले बताए। गाउँगाउँ डुलेर ठेट नेपाली लोकगीत संकलन गरी गाउँदै ख्याति कमाएपछि थापालाई २०१३ मा जनकविकेशरी उपाधि प्राप्त भएको थियो।
तत्कालीन प्रधानमन्त्री केआई सिंह र शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटा पोखरा भ्रमणमा आउँदा पोखरा र बाटुलेचौर जोड्ने पुल निर्माण प्रस्ताव गरी त्यसअनुसारको काम गराएको थापाको योगदानलाई पोखरेलीले भुल्न हुँदैन भन्छन् श्रेष्ठ। ‘थापाकै प्रस्तावमा बनेको पुलकै कारण आजसम्म पनि पोखराको एउटा ठाउँ केआई सिंह पुलका नामले परिचित छ,’ उनले भने, ‘त्यही पुलदेखि बाटुलेचौरसम्मको सडकलाई धर्मराज थापा नामाकरण गर्नुपर्छ भन्ने राज्यसँग हाम्रो माग हो।’
बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना हुँदा थापालाई श्रेष्ठले भेटेका थिए। श्रेष्ठका अनुसार बाटुलेचौरको आफ्नै घरमा संग्रहालय बनाउने कवि थापाको इच्छा रहेको बताए। सानै उमेरदेखि काठमाडौं पुगे पनि पोखराप्रति कवि थापाको लगावलाई श्रेष्ठ सबै पोखरेलीले सम्मान गर्नुपर्ने बताउँछन्। भन्छन्, ‘यहाँसम्म कि काठमाडौं स्वयम्भूमा आफ्नो घर भएको ठाउँलाई उहाँले कास्कीचोक नाम दिनुभएको थियो। पोखरामै मृत्युवरण गर्ने उहाँको इच्छा थियो तर उपचारका लागि काठमाडौं नलगी सुख थिएन।’