‘धर्मराज आफैंमा एउटा आन्दोलन'
०३ कार्तिक २०७१
•
५ मिनेट पाठ
‘धर्मराज आफैंमा एउटा आन्दोलन'
पोखरा-‘लोकगीतमा गाउँठाउँका सुसेली र विरह व्यथामात्रै हुन्थे। तर धर्मराज थापाले लोकगीतमार्फत् समाजलाई क्रान्तिको आह्वान गर्नुभयो,' गायिका हरिदेवी कोइरालाले भनिन्, ‘उहाँ वास्तवमै लोकसंगीतको जग हाल्ने धरोहर हुनुहुन्थ्यो।' थापाले सारंगीलाई नेपालको मौलिक बाजाका रुपमा स्थापित गर्न अहम् भूमिका खेलेको उनले चर्चा गरिन्। असोज २७ मा दिवंगत भएका स्रष्टा थापालाई उनकै गृहनगर पोखराका कला तथा साहित्यप्रेमीले सोमबार हरिदेवीले झैं विभिन्न सन्दर्भसहित सम्झे।




पोखरेली युवा सांस्कृतिक परिवारले थापाको स्मृतिमा गरेको श्रद्धाञ्जली सभामा कवि तीर्थ श्रेष्ठले श्रुतिमधुर गायन सम्भव छ भनेर थापाले सबैभन्दा पहिला प्रमाणित गरेको बताए। ‘उहाँका गीतहरुमा रिमै, साइँलीजस्ता थेगोको प्रयोग पाइन्छ,' उनले भने, ‘ती सबै थेगोमा नेपाली माटोको सुगन्ध पाइन्छ।'
श्रेष्ठले प्रवासका नेपालीहरुमा राष्ट्रियताको भावना जगाउने अभूतपूर्व योगदान थापाको गायनले गरेको सुनाए। ‘यदि उनीहरुमा कसैले राष्ट्रिय भावना जगाएको हो भने त्यो धर्मराज थापाले जगाएको हो,' उनले भने, ‘त्यसको आज झन् आवश्यकता खट्केको छ। हिजो उहाँले नौडाँडा पुगेको नेपाली भनेर गाउनुभयो। आज नेपालीहरु समुद्रपारिसम्म पुगेका छन्, उनीहरुमाझ राष्ट्रिय भावना जगाउनुपर्ने आवश्यकता छ।'
२००६ सालमा पोखराबाट धर्मराज थापा काठमाडौं पुगेका थिए। यसलाई लिएर केहीले उनले पोखरालाई माया नगरेको आरोप पनि लगाउने गरेका छन्। श्रेष्ठ ती आरोपसँग असहमत देखिए। ‘उहाँ पोखरा छाडेर काठमाडौं नगएको भए आज नेपालले हाम्रो धर्मराज पाउने थिएन र पोखरेलीले पनि पाउने थिएनन्,' उनले भने, ‘आफूमा प्रतिभा छ भन्ने जानेरै उहाँ काठमाडौं जानुभयो, ऊ बेलाको पोखरामै बसेको भए त्यसरी चम्कन सक्नुहुन्थेन र गाउँगाउँका लोकभाकालाई राष्ट्रियकरण गर्न पाउनुहुन्थेन।' 
श्रेष्ठले धर्मराजलाई सिंगो आन्दोलनको संज्ञा दिए। उनले भने, ‘उहाँ आफैं एउटा आन्दोलन हुनुहुन्थ्यो, जसले नेपाली लोकसंगीतलाई नेपाल वाङ्मयको मूलधारमा जोड्नुभयो।' 
पोखरामा केआई सिंह पुल निर्माणका लागि थापाले पहल गरेको र पोखरा बाटुलेचौरका गन्धर्व समुदाय र उनीहरुका भाकालाई राष्ट्रियस्तरमा स्थापना गर्न भूमिका निर्वाह गरेको पनि श्रेष्ठले सुनाए। थापाको चाहनाअनुसार उनको निवास बाटुलेचौरमा संग्रहालय बनाउने दायित्व आफूहरुमा आएको उनले बताए। केआई सिंह पुलदेखि थापाको गाउँ बाटुलेचौरसम्मको सडकलाई धर्मराज मार्ग नामकरण गर्नुपर्ने माग उनले गरे। 
तेन्जिङ शेर्पाले सगरमाथा शिखरको सफल आरोहरण गरेपछि थापाले ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा' भनेर गाएको गीत नै पर्वतारोहणमाथिको पहिलो गीत भएको श्रेष्ठको धारणा थियो। हिमाल आरोहणको खुसीलाई राष्ट्रिय गौरवका रुपमा स्थापित गर्न त्यो गीतले बेजोड भूमिका खेलेको श्रेष्ठले बताए। गीत लेखन र गायनका अलाबा लोकगीतको अध्ययन अनुसन्धान गर्ने धर्मराज थापाको नाम नेपाली वाङ्मयबाट निकाल्ने हो भने त्यो वाङ्मय अधुरो हुने उनको भनाइ थियो। कार्यक्रममा कवि तेजनाथ घिमिरे, परिवारका अध्यक्ष सुरेश रानाभाट, साहित्य विभाग संयोजक प्रकाश ज्ञवाली र सचिव अर्जुन अधिकारीले पनि थापाप्रति शब्द श्रद्धाञ्जली अर्पण गरेका थिए।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस