पोखरा—हिमाली क्षेत्रमा पाइने हिमचितुवाबारे चेतना फैलाउने उद्देश्य राखेर स्नो लियोपार्ड कन्जरभेन्सीले पोखरा आर्ट ग्यालरीमा कला प्रदर्शनी आयोजना गरेको छ। हिमचितुवा वैज्ञानिक डा. रड्नी ज्याक्सन र ललितकला प्रतिष्ठानका प्राज्ञ कलाकार रमेश श्रेष्ठले प्रदर्शनीको मंगलबार साँझ संयुक्त रुपमा उद्घाटन गरे।गएको जेठ/असारमा मुस्ताङको जोमसोम र मुक्तिनाथ पुगेर कलाकारले तयार पारेका चित्रकला प्रदर्शनीमा राखिएको छ। कलाकारहरु रमेश श्रेष्ठ, किरण रञ्जित, सूर्य बराइली, मनोज तामाङ, इशान परियार, जगत पुन, थमन सुनार, सम्झना राजभण्डारी, जीवनराज उपाध्याय र विधाता केसीका कला प्रदर्शनीमा छन्। ‘यी चित्रहरुले लोपोन्मुख प्रजातिको हिम चितुवाको बासस्थान र जीवनशैलीलाई उतारेका छन्,' कलाकार रमेश श्रेष्ठले भने।
तिहारका केही दिन रोकिएर त्यसपछि पनि प्रदर्शनी चल्ने आयोजक संस्थाका अनील अधिकारीले जानकारी दिए। ‘सर्वसाधारण सँगसँगै कलाकारलाई पनि हिमचितुवाबारे जानकारी होस् भन्ने हाम्रो उद्देश्य हो,' उनले भने।
तिहारका केही दिन रोकिएर त्यसपछि पनि प्रदर्शनी चल्ने आयोजक संस्थाका अनील अधिकारीले जानकारी दिए। ‘सर्वसाधारण सँगसँगै कलाकारलाई पनि हिमचितुवाबारे जानकारी होस् भन्ने हाम्रो उद्देश्य हो,' उनले भने।