‘बादलुको घुम्टो'ले कोउलुन पार्क छोपिँदा
१३ कार्तिक २०७१
•
८ मिनेट पाठ
‘बादलुको घुम्टो'ले कोउलुन पार्क छोपिँदा
हङकङ-कोउलुन पार्क, जहाँ यान्त्रिक दैनिकी सुरु गर्नुअघि हरेक बिहान मर्निङ वाक गर्न आइपुग्छन् हङकङेलीहरु। त्यही पार्कभित्रको एउटा गोरेटोमा फुत्त देखा परे उनी। पार्कमा छापिएका टायलहरुमा बरु गगनचुम्बी घरहरुका छायाँ देखिन्थे, बादलहरुका छायाँको चाहिँ नामोनिशान थिएन। क्याप, टिसर्ट, हाफ प्यान्ट र जुत्ता सबै सेतै पहिरिएर आइपुगेका उनी अर्थात् दिनेश सुब्बासँग भेट हुँदा जोकोहीलाई बादलको सम्झना आइहाल्छ। कोउलुन पार्कको भेट अपवाद हुने कुरै थिएन।




सबैले सम्झे दिनेशको संगीत, बुद्धवीर लामाको शब्द र यम बरालको स्वर मिसिएको त्यही सदाबहार गीत, ‘बादलुको घुम्टोले इलाम बजार छेकिँदा...।'

अघिल्लो दिन इलेमेन्ट्स प्लाजाको स्टारबक्स कफिमा जम्काभेट हुँदा दिनेशले भोलिपल्ट पार्कमै भेट्ने वाचा गरेका थिए। उनले वाचा बिर्सने कुरै थिएन। पार्क र त्यसवरपरको हिँडाइमा ‘गाइड'को भूमिका निर्वाह गर्दै उनले या मा तेईस्थित भवनको छैटौं तल्लामा रहेको आफ्नो फ्ल्याटसम्म डोर्यााए।

साँघुरो हङकङमा अलि खुकुलो लाग्ने आफ्नो फ्ल्याटमा उनले एउटा चिटिक्कको म्युजिक रुम बनाएका छन्, जहाँ गीत रेकर्डिङको समेत सुविधा छ। महिनाको १० देखि १५ वटासम्म गीत रेकर्ड गरिदिन्छन् उनी। नेपालीमात्र होइन भारतीय र पाकिस्तानी समेत।
‘बादलुको घुम्टो' एउटा यस्तो गीत थियो, जसले गीतकार, गायक र संगीतकार तीनै जनालाई ‘हिट' बनाइदियो। तर, यो गीत हिट हुनुअघि दिनेश सुब्बा गायकका रुपमा अर्कै गीतबाट चर्चामा आइसकेका थिए। क्षेत्रप्रताप अधिकारीको शब्द र मानसिंह थुलुङको संगीत रहेको ‘तिम्रो हाम्रो मनको दुरी' २०४३ सालतिर धेरैको मुखमा झुन्डिएको थियो। दिनेशले यो युगल गीत उषाकिरण अधिकारीसँग गाएका थिए। 
गायनमा दिनेशलाई चिनाउने अर्को गीत थियो, ‘थाहा नपाई माया मेरो'। पवित्र सुब्बासँग गाएको यस गीतमा बुद्धवीरको शब्द र दिनेशकै संगीत छ। अरुण थापाको ‘तिमी हेर्छौ भने' र रामकृष्ण ढकालको ‘हाम्रो सुन्दर संसार' जस्ता गीतले पनि दिनेशको संगीतमा उचाइ थप्ने काम गरे।
नेपालको गीतसंगीत माहौलमा रमिरहेका दिनेशले हङकङलाई कर्मभूमि बनाएको १८ वर्ष बितिसक्यो। यो अवधि कति छिटो बित्यो उनलाई हेक्कै छैन। सायद हङकङको द्रूत जीवनशैलीले यस्तो महसुस गराएको हो।
२०५३ सालसम्म उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सहायक संगीत निर्देशकका रुपमा कार्यरत थिए। संगीतकार अम्बर गुरुङको मातहतमा उनको जागीर थियो। आफूले रोजेको क्षेत्र भए पनि जागीर र नेपाल दुवै छाड्न उनी बाध्य भए।
दार्जिलिङमा जन्मेहुर्केका दिनेशका बुबा र ससुरा ब्रिटिस आर्मी थिए। गोर्खालीका परिवारलाई आइडी उपलब्ध गराउने स्किमले उनी हङकङ तानिए। सुरुमा उनलाई नेपाल छाड्नु परेकोमा निकै पीडा भयो। किनभने संगीत र कलाको एउटा माहौल उनले गुमाउनुपर्योड।
तर, अचेल उनको बुझाइ बदलिएको छ। ‘त्यतिबेला नेपाल छाडेर ठिकै गरिएछ जस्तो लागेको छ,' उनी भन्छन्, ‘उता बसेको भए मेरो पेन्सन पाक्थ्यो होला, यता बसेर हङकङका नेपाली नानीहरुलाई संगीतमा डोर्या उने र हुर्काउने अवसर पाएको छु।'
हङकङका तीनवटा सरकारी स्कुलमा संगीत पढाइरहेका दिनेशको रचना संकलित ‘आमाकी नानी' एल्बमलाई हङकङ नेपाली पाठ्यक्रममा समावेश गरिएको छ। आफ्नो फ्ल्याटमा समेत संगीत कक्षा चलाउँछन् दिनेश। लगभग ३० जना विद्यार्थी नियमित धाउँछन्।
‘नेपालबाट टाढिए पनि संगीतसँग झन् नजिक भएको छु म, मलाई त्यही भएर कुनै दुखेसो छैन,' उनी थप्छन्, ‘हङकङका नेपालीहरुलाई म पूर्वेली र पाश्चात्य दुवै थरी संगीत सिकाउँछु।'
हङकङका प्रायः स्कुलहरुमा संगीतलाई अनिवार्य विषय बनाइएको छ। यसलाई सकारात्मक मान्ने दिनेश नेपालको शिक्षा प्रणालीले संगीत र कलाप्रति गरेको बेवास्तादेखि निराश छन्। ‘संगीत पढाइयो भने विद्यार्थीले संगीतमात्र होइन मानव संस्कृति, जीवन र अरु कला बुझ्ने अवसर पाउँछ,' उनी सुझाउँछन्, ‘उचित र यथेष्ट पाठ्यक्रमको विकास गरेर नेपालका स्कुलमा संगीतलाई अनिवार्य गर्नुपर्छ।'
बेलाबेला फाट्टफुट्ट गाइरहने दिनेशले भर्खरै आफ्नो एकल गायन रहेको पहिलो एल्बम ‘नितान्त' श्रोतामाझ ल्याएका छन्। सुरेन लिम्बु, विष्णु चाम्लिङ, विक्रम सुब्बा, टंक सम्बाहाम्फे, विष्णुनन्द चाम्लिङ र बुद्धवीर लामाका रचना समेटिएको ‘नितान्त'लाई हङकङमा विमोचन गरिएको थियो। यसअघि उनको संगीत रहेको एकल एल्बम आधा दर्जनजति निस्किसकेको छ।
हङकङमै बसोबास गर्ने गायक ज्ञान लिम्बुको एल्बम र अरु केही गीतको कम्पोजमा व्यस्त दिनेश मुड होइन योजनाअनुसार चल्छन्। हङकङका नेपालीहरुको एउटा क्वाइर ग्रुप तयार पारेर कार्यक्रम प्रस्तुत गर्ने एउटा खर्चालु सोच उनीसँग छ। उनलाई थाहा छैन, यो साकार हुन कति समय लाग्छ?
उनको छोरा निशाद हङकङका डिजे हुन्। ‘इनरकोर' भन्ने एउटा ब्यान्ड समेत छ निशादको। छोराले आफ्नो बिँडो थाम्छ कि भन्ने आशा दिनेशमा पलाएको छ। ‘अब बाँकी जीवन कता बिताउनुहुन्छ?' प्रश्न सुनेर एकछिन घोत्लिए उनी, ‘नातिनातिनीको निकै माया लाग्छ रे, त्यसैले हङकङ छोड्न सकिन्न होला।'
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस