हङकङ-उनको दैनिकी बित्ने हङकङ सहर कंक्रिटको चारकोशे झाडी हो। यो झाडीलाई दिनहुँ वारपार गर्दा उनलाई याद आइरहन्छ, दार्जिलिङका चिया कमान र बस्तीहरु। गाउँगाउँ, बस्तीबस्ती र कमानकमान हिँड्थिन् उनी। हङकङको झाडीमा एक्लै हिँड्नु परे पनि दार्जिलिङतिर उनको साथमा हुन्थे अरुणा लामा, डेजी बराइली, कुमार सुब्बा र कर्म योञ्जनहरु।संगतले नै थाहा हुन्थ्यो, उनी अर्थात् सरला गुरुङ पनि गायिका नै हुन् भनेर। दार्जिलिङको ‘कला मन्दिर' समूहसँग आवद्ध सरलाले खर्साङ रेडियोबाट भ्वाइस टेस्ट गरेकी थिइन्। त्यहीँको प्रमाणपत्रले रेडियो नेपालमा गाउन पाइन्।
दार्जिलिङ माइती र धरान घर भएकी सरला स्कुल जीवनदेखि नै गाउँथिन्। एकपटक स्कुलस्तरको गायन प्रतियोगितामा उनले पहिलो स्थान हासिल गरेकी थिइन्। त्यही सफलताले उनमा गायिका बन्ने आँट जन्माइदियो। त्यसपछि बहिनी सोफियासँग मिलेर गाउन थालिन्।
सोफियासँगै मिलेर उनले बद्री दुर्गा खरेलको शब्द–संगीत रहेको ‘लोग्ने मान्छेको जातै नराम्रो' गीत गाइन्। पेमा लामाको शब्द–संगीत रहेको ‘बस्यो बस्यो ऊसित प्रीत बस्यो' र दीप श्रेष्ठद्वारा रचित ‘आयो फेरि चैते हुरी'मा पनि सरलाको स्वर थियो। उनलाई चिनाउने गीत भने ‘मुटुको ढोका खोलेर' हो, जसमा दीप र उनको युगल स्वर सुन्न पाइन्छ।
रेकर्ड नभए पनि दार्जिलिङका स्टेजमा उनले थुप्रै गीत सुनाउँथिन्। पछि उदय सोताङले गाएको ‘वारि खोला पारिको खोला' र डेजी बराइलीको स्वरमा रेकर्ड भएको ‘बाडुली लाग्यो नि लाग्यो' जस्ता गीत श्रोताहरुले सरलाको आवाजमा धेरैपटक सुने। ‘त्यतिबेला गीत रेकर्ड गर्न अहिलेको जस्तो सजिलो थिएन, स्टुडियो पनि कोलकाता वा नेपालमा मात्र थियो, फुर्सद नमिलेर मेरो आवाजमा ती गीत रेकर्ड हुन सकेनन्,' उनले सुनाए।
दार्जिलिङमा हुने सांगीतिक गतिविधिमा सहभागी हुन नेपालबाट दीप श्रेष्ठ ओहोरदोहोर गरिरहन्थे। त्यहीबेला सरला र सोफिया दिदीबहिनीको दीपसँग चिनजान हुनपुग्यो। उनीहरुले धेरै गीतमा सहकार्य गरे। सोफिया र दीपको बिहे नै भयो।
सन् १९८८ तिर स्नातक सकिएपछि सिक्किम गइन् सरला। त्यहाँ कुनै करियर नदेखेपछि नेपाल आइन्। नेपाल आउनुको उद्देश्य गीत गाउनु नै थियो। तर उनले शिक्षण पेशा समेत अँगालिन्।
दीपसँग बिहे गरेकी सोफियाको गायन त्यति अगाडि बढेन। उनी एयरहोस्टेज बनेर वायुसेवातिर लागिन्। सरला चाहिँ हङकङ आइन्। अहिले वाईएमसिए हङकङमा कार्यरत् छिन् उनी।
हङकङमा आएपछि उनले दिनेश सुब्बासँग शास्तीय संगीत सिकिन्। ‘दिनेश दाइसँग मैले जीवनमै पहिलोपटक प्रशिक्षण लिएँ, दीप दाइसँग चाहिँ अनौपचारिक रुपमा आधारभूत कुरा सिकेकी थिएँ,' बताउने सरला हङकङमा हुने चिनियाँ कार्यक्रमहरुमा नेपाली गीत गाउने गर्छिन्।
‘दीप दाइसँग स्टेजमा गाएका तर रेकर्ड नभएका गीत थुप्रै बाँकी छन्, तिनलाई रेकर्ड गर्ने जाँगर पलाएको छ,' नाताले ज्वाइँ भए पनि सरला दीपलाई दाइ भन्ने गर्छिन्। उनले थपिन्, ‘दीप दाइले पनि हौसला दिनुभएको छ, अब केही महिनापछि एल्बम निकाल्छु।'
आफ्नो आवाज दीपले मन पराउँदै आएको उनको बुझाइ छ। दीपका अनुसार उनको आवाज माइक भ्वाइस हो रे। आफ्नो एल्बम निकाल्ने योजना त छँदैछ, त्यसबाहेक अर्को काम गर्ने उनलाई तीब्र चाहना छ, त्यो हो दार्जिलिङमा दीप श्रेष्ठको एकल साँझ।
‘हङकङमा आएर मैले दार्जिलिङका पुराना दिनहरु बिर्सेकी छैन, त्यहाँ दीप दाइको एकल साँझ हुनसक्यो भने धेरैलाई अतितको दुनियाँमा डुबुल्की लगाउने अवसर मिल्नेछ,' उनको उद्देश्य सुमधुर छ। तर, हङकङको हतार जिन्दगीमा समय कहिले जुर्ने हो, उनी स्वयं नाजवाफ छिन्।